पाइलट र को–पाइलटलाई प्रश्नः यस्तो पनि पार्टी एकता हुन्छ ?

एमाले र माओवादीबीच पार्टी एकता निश्चितप्रायः भइसकेपछि सुनिने एउटा शंकादायी आवाज थियो, ‘एमाले र माओवादी अर्थात् नेपालमा कम्युनिष्ट सिध्याउनकै लागि पार्टी एकता हुन लागेको हो । कोही हौसिनु पर्दैन ।’ तत्कालिन समयमा यो कुरा पत्याउन कठिन थियो । घटनाक्रमहरुले शंकालाई सत्यमा परिणत हुन दिएन । 

 

गठबन्धन बनाएर चुनाव लड्दा दुबै पार्टीका कार्यकर्ताले धोका दिएनन् । गठबन्धनले दुईतिहाई नजिक सिट जित्यो । त्यसपछि पार्टी एकता भयो । दुई अध्यक्ष बने । केन्द्रीय पदाधिकारी पनि टुंगियो । सरकारमा सहभागी हुने कुरामा पनि खासै विवाद भएकोजस्तो देखिएन । अध्यक्षद्वयले ठूलो जहाज हाँक्न दुई पाइलट आवश्यक रहेको हल्का तर्क गरे । तर, को सिनियर पाइलट, को चाहिँ को–पाइलट भन्ने थाहा भएन । यद्यपि, ठिकै ढंगमा अघि बढ्दै थियो । जब जिल्ला, प्रदेश र जनवर्गीय संगठनमा भागबण्ड मिलाउन पर्ने बेला आयो, तब दुवै पूर्वपार्टीलाई ‘पिसाबको पहिरो’ भएको छ ।

 

देशैभर पार्टी समायोजन तनाग्रस्त भइरहँदा सिन्धुपाल्चोकको एउटा गाउँपालिका–काठमाडौं सम्पर्क मञ्चमा भएको घटना रोचक छ । दुवै पार्टी एक भएपछि बलेफी गाउँपालिका–काठमाडौं सम्पर्क मञ्च बन्यो, नाममा नेकपा झुण्ड्याइयो । तर, केहीदिन अघि सम्पर्कमञ्चले काठमाडौंमा एउटा कार्यक्रम गरेछ । ब्यानर नेकपाको, तर पूर्वएमालेवाला पदाधिकारी तथा सदस्यहरुलाई थाहा नै नदिई । मञ्चमा भने जिल्लाका दामी राजनीतिक खेलाडीका रुपमा चिनिएका एक पूर्वएमालेका नेता देखिन्थे । उनीबाहेक पूर्वएमालेका कोही थिएनन् । अतिथि पनि पूर्वमाओवादीका, सहभागी पनि पूर्वमाओवादी मात्रै । यो कुराले पूर्वएमाले वृत्तमा ठूलै विवादको रुप लियो । लिइरहेको छ ।

 

यो त एउटा सामान्य घटना मात्रै हो । यस्तो प्रवृत्ति देशैभर मौलाएको छ । पूर्वमाओवादी नेकपामा कसरी जबरजस्ता हाबी हुने ? भन्ने रणनीतिमा छ । पूर्वएमाले गुटभित्रको रस्साकस्सीमा मस्त छ । नेपाली राजनीतिमा चरम तरल जनमत भएको पूर्वमाओवादी र ठोसप्रायः पूर्वएमालेको संगठनबीचको समायोजन वास्तवमै चुनैतीपूर्ण बन्दै गएको छ ।

 

माओवादी संसदीय राजनीतिमा आएको पृष्ठभूमि र एमाले आएको पृष्ठभूमि फरक छ । जसकारण दुबै पार्टीका कार्यकर्ताको सोच, शैली र व्यवहार मिलाउने कुरातर्फ नेतृत्वले खासै ध्यान दिएको छैन । प्रशिक्षण त धेरै परको कुरा सामान्य सूचना आदानप्रदानमा पनि अहिले नेकपामा समस्या भएको छ । यसले दुई पार्टी समायोजनालाई निकै अप्ठेरो पार्ने निश्चित छ । सरकार सञ्चालनका मामलामा देखिएका तिता सत्यहरु त आमकार्यकर्ता र जनतामाझ छर्लङ्गै छ ।

 

पछिल्ला घटनाक्रमले संकेत गर्छ कि, मानिसहरुले पहिला गरेको शंका सत्यमा परिणत हुने त होइन ? कतै नेपालमा कम्युनिष्ट सिध्याउन कसैले खेलेको चालबाजीमा एमाले–माओवादी एकात भएको त होइन ?

 

 

 


थप समाचार

प्रहरीको २३६ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई

  • 9 minutes ago
प्रहरीको २३६ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई

काठमाडौं । सरकारले नेपाल प्रहरी अन्तर्गत रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा दिने निर्णण गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री पोखरेललाई

  • 16 minutes ago
कार्यवाहक प्रधानमन्त्री पोखरेललाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छिन् । प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखर

शान्ति वार्तामा भारतले अहंकारी अभिव्यक्ति दिएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान दुःखी

  • 19 minutes ago
शान्ति वार्तामा भारतले अहंकारी अभिव्यक्ति दिएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान दुःखी

इस्लामावाद, पाकिस्तान । नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने बिषयलाई



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।