साँच्चै, बा हुन त गाह्रो पो रहेछ !

आमाले हिँड्ने बेलामा भनेकी थिईन्,  ‘छोरा राम्रोसँग पढेस्, नखाने कुरा नखानू, नगर्ने काम नगर्नू, घरको दुःख सम्झेस्, ठूलो मान्छे बनेस्, तँलाई तेरो आमाको आशीर्वाद लाग्नेछ ।’

 

बुबा घर पछाडिको बारीमा कोदोको बीऊ गोड्दै हुनुहुन्थ्यो । भाई मकै दोहो¥याउँदै थियो । बैनीहरु घाँस काट्न जाने अन्तिम तयारीमा जुट्दै थिए । म भने बुबाले बिहान सहकारीबाट ऋण ल्याएको दुई हजार रुपैयाँ, एक पोको सिन्की, एक मुठो साग, एक पोको मासको दाल, बैनीले बिहान भुटिदिएकी तीन÷चार घाँन मकै र आमाको आशिर्वाद बोकेर पढ्नको लागि शहरको यात्रामा निस्किएँ । 

 

मेरो यात्रासँगै बाआमाका सपना पनि थियो । अझ भनौं एक भारी सपना बोकेर हिंडे । यात्राभर गह्रौं सपनाले मलाई थिलथिल्याएको थियो । बि.ए सक्न लागेको म–  बुबाकै पसिना बोकेर शहर भित्र छिर्नु पर्दाको पीडालाई भुल्न मलाई कठिन थियो । धेरै पटक बुबाले ‘अब आफूले पढ्ने खर्चको जोहो आफैंले गर ।’ भन्नुभएको कुरा सियो बनेर घोचिरहेको थियो– आप्mनै अक्षमताको बोधले । 

 

शहर अवतरण गरिसकेपछि पनि मलाई आमाको च्यातिएको चौबन्दी, कर्कटपाता भैसकेको बुबाको गाला, हिँड्ने बेलामा आमाको आँखामा छचल्किएको आँसुको सम्झना र उहाँहरुको सपनाको भारीले थलिएको मनलाई सान्तोना दिन वा भनौं थकाई मेट्न एक पेग नलगाई चित्तै बुझेन । त्यहीं दुई हजार रुपियाँबाट तीन सय रुपियाँ खोट्याएँ । डेड पाउँ कुखुराको मासु र एक क्वाटर खुकुरी रम र तीन वटा सूर्य चुरोट । बाआमाको सपना, दुःख र आँसु सम्झेर एकैछिन खाएँ, पिएँ, रमाएँ र अन्त्यमा रुँदै खाना नै नखाई सुतें ।

 

०००

 

धारिलो बनेका सपना पूरा गर्न शहरको कोलाहलभित्र व्यापक प्रयासहरु भयो । सर्टिफिकेट र नागरिकताको फोटोकपी सिरान हालेर रत्नपार्कमा घण्टौं वताउँदाका पट्यारलाग्दा क्षणहरु सम्झँदा अहिले पनि उदासिनाले गाँज्छ । चिनेजानेका नेता, गाउँले, नातेदार सबै सबैलाई कामको मौका मिलाईदिन बिन्ति विसाएँ । सबैतिर असफल । कथित शुभचिन्तकहरुको शुभचिन्ताले पनि काम गरेन । अभावका पहाडहरु चुलिंदै जाँदा मातापिताका सपनाहरु चुहिदैं थियो । तर, चिन्ताबाट बँचेको समयमा पढेता पनि स्नातक तेस्रो बर्षको परीक्षा सकेर घर गएँ । एउटा गरुङ्गो मन बोकेर, उही नालायकको स्टिकर टाँसिएको अनुहार बोकेर ।

 

छोरो घर आएको मौका छोपेर पिताले गुनासाका पोकाहरु फुकाउन थाल्नु भो । सुरुवातमा व्यावहारिक गुनासाहरुः लैनो गाईले पनि दुध दुहुन वस्दा लात्ती बर्साउछ, दुध लुकाउछ, गामवेंसीको खेती काम गर्न दुख भो, आमाको ढाड दुख्ने रोग फेरि बल्झियो, ऋणले डुब्यो आदी ।

 

बुबा मेरो प्रतिक्रिया सुन्न आतुर हुनुहुन्थ्यो । म भने शब्द साँचोको खोजीमा गमिरहें । सायद मेरो मौनताले उहाँलाई निराश वनायो ।

 

जुरुक्क उठेर बगलीभित्रको चौतारी चुरोट झिकेर अँगेनाको अगुल्टोमा सल्काउनु भो । तनावी चुरुट तान्दै फेरि भन्नुभो– नबोलेर ब्यावहार नचल्ने कुरा, मबाट यस्तो अपेक्षा नगरेको कुरा आदी ? गुनासोको दोस्रो खण्डमा मेरो अब्यवहारिकपनले आफू विक्षिप्त हुनु परेको दयनीय अभिब्यक्ति । मानौं, त्यो कुनै घाईतेको चित्कार थियो, पीडितको रोदन थियो, अन्र्तमनको क्रन्दन थियो । पिताको दुखाईले मलाई चह¥याई रहेको थियो । तर, म  नाजावाफ थिएँ । पिताको दुखाइको कारण अथवा घाउको कारण म आफैं हुनुपर्दाको ग्लानीले म विशाक्त थिए ।

 

गुनासोको तेस्रो खण्डमा उहाँले मलाई मेरा समकालिन साथीहरुसँग दाँज्नु भो । फलानोले काठमाडौमा घर बनायो, फलानो भटभटे चढेर हिँडछ, फलानेले बिहे गरेर काठमाडौंमा स्वास्नी र छोरा छोरी पालेर वसेको छ । तँ भने पत्रकार वन्छु, साहित्यकार बन्छु भनेर हिँड्छस । मैले त पहिल्यै ‘मास्टरी पढ् जागिर पाईन्छ’ भनेथें, मेरो कुरो खाइनस् आदी ।

 

मैल मौन मुल्याङ्कन गरेँ पिताका तथ्यपरक तर्कहरुको । सोचें, कतै म अब्यवहारिक र अनुत्पादक क्षेत्रतिर हात लम्काईरहेको त छैंन । उत्तिनैखेर तर्कहरुको अर्थ खोतल्न थालें मनमनै । के काठमाडौको माटोलाई सरकारी खातामा दर्ता गर्नु मात्रै जिन्दगीको प्रगति हो र ! बिहे गर्नु र बच्चा जन्माउनुलाई जीवनको उच्च व्यवश्थापन भन्न मिल्छ र ! यदि बच्चा जन्माउने कुरा नै प्रधान हो भने म पनि धेरै वर्ष पहिले नै बच्चा जन्माउन सक्ने क्षमता राख्दथें । नमस्कारको पनि खरिदबिक्री हुने यो समाजमा भटभटे चढ्नु र जग्गा जोर्नुलाई मात्रै प्रगति मानिंदो रहेछ । यहि समाजमा अभ्यस्त भइसकेका मेरो पिताको यो मानसिकतालाई म हाँक दिंदै  भन्न मन लाग्छ ‘ बुबाले मलाई जस्तो मैले पनि उहाँलाई धनी, कार चढ्ने, अमेरिका बस्ने, सुटेटवुटेट अर्काका बाउहरुसँग दाँजें भने कति नरमाइलो लाग्ला !’ तर मैले यो प्रतिक्रिया जनाईंन । किनकि यसले उहाँको मर्ममा चोट भन्दा बढ्ता अरु केही दिंदैनथ्यो ।

 

तर, म एउटा यस्तो घेरा भित्र थिएँ, बुबालाई मैले प्रतिक्रिया जनाउनै पथ्र्याे । शब्दको असली साँचो खोजें– ‘बुबा निराश नहुनुहोस्, पढाई भर्खर सकिदैंछ, अब म जसरी पनि जागिर खान्छु ।’ पुलुक्क हेरें, निराशा ब्याप्त बुबाका आँखाहरु । मझेरीमा प्युरी कात्दै गरेकी आमाको अनुहार । त्यतिबेला थाहै नपाई मेरो पनि आँखा रसाएछ । निराश अनि लाचार हँुदै बाहिर निस्कएँ । उन्मुक्तिको दीर्घ निश्वास तानें । मानौं, भर्खर जेलवाट मुक्त कैदी हुँ म ।

 

कस्तो कमलो मन र खुकुलो आँखा मेरो, बरर.. आँसु पो झरेछ ।

 

बुबाको निष्कर्ष गुनासो मैले सुनिनँ वा सुन्न सकिनँ । यद्यपि, म सहज अनुमान गर्नु सक्छु– उहाँको केन्द्रीय गुुनासोको निष्कर्ष र सुझावको । केन्द्रीय गुनासो वा सुझाव यहिं हुन सक्थ्यो – पैसा कमाउनु पर्छ, अब बिहे गर्नु पर्छ । तर तत्काल यि दुवै सम्भावना दूर थिए मेला लागि । 

 

तर अहिले परिस्थिति बदलिएको छ । म आज आफैं बा भइसकेको छु । छोरीले बिहानै फोन गरेर ‘मैले बाबाको मुख कसरी हेर्ने ?’ भनेर सोधी । ‘मैले फोटोमा हेरन छोरी’ भनेँ । उसले ‘नौटङ्की बाबी’ भनेर फोन काटी । बरु मैले यो लेख तयार पार्दासम्म बुबालाई फोन गरेको छैन । सोच्दैछु, बा हुन कठिन रहेछ । बालाई हेर्न दृष्ट्रिकोण उमेर समूह नै पिच्छे फरक हुँदो रहेछ । 

 


थप समाचार

काँग्रेस सांसदकाे अवराेधका कारण राष्ट्रियसभा बैठक एक हप्ता स्थगित

  • 10 minutes ago
काँग्रेस सांसदकाे अवराेधका कारण राष्ट्रियसभा बैठक एक हप्ता स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक आगामी १४ गते सोमबारसम्मलाई स्थगित भएको छ । काँग्रेस सांसदहरूले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील

फिल्म ‘दंबग ३' मा सलमान खानलाई टक्कर दिन भिलेनकाे राेलमा देखिदैछन् यी अभिनेता

  • 15 minutes ago
फिल्म ‘दंबग ३' मा सलमान खानलाई टक्कर दिन भिलेनकाे राेलमा देखिदैछन् यी अभिनेता

पछिल्लो समय रिलिज भएको सलमान खानको फिल्म रेस ३ ले बक्स अफिसमा खासै कमाल गर्न सकेन । तर, उनको फिल्मले निर्मातालाई घाटा पनि बनाएको छैनन् । एकपछि अर्को फिल्ममा भने उनी व्यस्त रहेका छन् ।

काँग्रेस पूर्व सांसदकाे नेकपा प्रवेशप्रति परिवारजन आश्चर्यचकित

  • 35 minutes ago
काँग्रेस पूर्व सांसदकाे नेकपा प्रवेशप्रति परिवारजन आश्चर्यचकित

काठमाडौं । नेपाली काँग्रेस चितवनका पूर्व कार्यवाहक सभापति एवँ पूर्व सांसद तीर्थराज भुसालको नेकपा प्रवेशप्रति उनका परिवारजनले आश्चर्य प्रकट गरेका छन् । नेता भुसालले चालेको उक्त कदमलाई उनकै श्रीम



जीवनशैली/स्वास्थ्य

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

हार्दा–हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक–पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।

विचित्र विश्व

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउटा अजबगजबको विकास गरेर देखाउनेमा पर्छ दुबई ।