Techie IT
२०८१ वैशाख ४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालईः ले भने, हामीसँग कुरा गर्न मेयर बालेन होइन, एक नगर प्रहरी आएका थिए

ईः ले भने, हामीसँग कुरा गर्न मेयर बालेन होइन, एक नगर प्रहरी आएका थिए


काठमाडौँ। भियन्ता ईः ले आफूहरूलाई भेट्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नभई एक जना नगर प्रहरी आएको प्रष्ट पारेका छन्।

मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्तालाई आफू उपस्थित भएर संवादको लागि बोलाउँदा नआएको कुरा सामाजिक संजालमा पोस्ट गरेको केही समयपछि अभियान्ता ईःले आफूहरूलाई भेट्न मेयर बालेन शाह नभई एक जना नगर प्रहरी आएको प्रष्ट पारेका हुन्।

अभियन्ता ईः लगायतका कुरा सुन्न आफू उनीहरू उभिइरहेकै ठाउँमा पुगेको दाबी गर्दै मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखेका थिए। त्यसको जवाफमा ईःले आफ्नो सामाजिक संजालमा लेखेका छन्, ‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करिब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए, त्यसोभए मेयरले भेट्दैन।’

प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा आउनुभएनः मेयर बालेन




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वविद्यालयमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन्। विश्वविद्यालयहरूमा

प्रहरीका १९ जना डीएसपीहरूको पदस्थापन

काठमाडौँ । प्रहरीको जनपदतर्फ इन्स्पेक्टरबाट डीएसपीमा बढुवा नियुक्ति भएका १९ जनालाई पदस्थापन गरिएको छ । सोमबार प्रहरी महानिरीक्षक वसन्त कुँवरले

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको

वैवाहिक बलात्कारमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी जेल चलान

काठमाडौँ । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन् ।

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

काठमाडौँ । यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई

संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको हो: सञ्चारमन्त्री

काठमाडौँ । सरकारले संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताएको छ । आइतवार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक भएपछि सञ्चारकर्मीहरुले

Techie IT