बिम्स्टेकः वरिष्ठ अधिकारीको बैठक भोलि

  • सोमबार, ११ भदौ, २०७५
  • 4 weeks ago
  • अर्थ

काठमाडौँ ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौँथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक भोलि बस्दैछ । 

 

बैठकमा सहभागी हुन सदस्य राष्ट्रका परराष्ट्र÷विदेश मन्त्रालयका सचिव आज साँझसम्म नेपाल आइपुग्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

 

वरिष्ठ अधिकारीहरुको यो १९ औँ बैठक हो । उहाँहरुको स्वागतमा मन्त्रालयका सचिव शङ्करदास बैरागीले आज साँझ रात्रिभोजको आयोजना गर्नुहुनेछ । उक्त कार्यक्रममा उहाँहरुबीच मङ्गलबार बिहान बस्ने बैठकका बारेमा अनौंपचारिक छलफलसमेत हुनेछ ।

 

 वरिष्ठ अधिकारीको बैठकमा शिखर सम्मेलनका सारभूत विषय, सिफारिस गर्ने विषयगत क्षेत्रगत र यस अघिका उपलब्धिको पुनरावलोकन तथा कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धमा छलफल हुने मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए । 

 

सो बैठकपछि भदौ १३ गते सदस्य राष्ट्रका परराष्ट्र÷विदेश मन्त्रिस्तरीय बैठक हुनेछ भने भदौ १४ र १५ गते राष्ट्राध्यक्ष÷सरकार प्रमुखको शिखर सम्मेलन हुनेछ । 

 

वरिष्ठ अधिकारीको बैठकले सुझावसहित प्रतिवेदन मन्त्रिस्तरीय बैठकमा पेश गर्नेछ । उक्त सुझावमाथि भदौ १३ गतेको मन्त्रिस्तरीय बैठकमा छलफल हुने सहप्रवक्ता ढकालले बताए । 

 

बैठकमा बिम्स्टेकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सहयोगका क्षेत्रलाई प्राथमिकताका आधारमा र समूहीकृत गर्ने, संस्थागत सुधार सुदृढिकरणलगायत विषयमा छलफल र परामर्श हुनेछ । मन्त्रिस्तरीय बैठकपश्चात भदौ १४ गते शिखर सम्मेलन शुरु हुनेछ । 

 

सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले बिम्स्टेक राष्ट्रका नेतासँग भेटवार्ता गर्नुका साथै उहाँहरुको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । 

 

सोही दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको सम्मानमा विविध सांस्कृतिक कार्यक्रमसहित रात्रिभोजको आयोजना गर्नुहुने कार्यक्रम छ । भदौ १५ गतेको सम्मेलन अघि शीर्ष नेताहरुबीच अनौपरिक भेटघाटसमेत हुनेछ । त्यसपछि औपचारिक बैठक हुने र घोषणा पत्र जारी हुनेछ । 

 

यस सम्मेलनमा नेपालले खासगरी सम्पर्क सञ्जाल विस्तार, बौद्ध परिपथ, हिमालय अर्थनीति, बिम्स्टेकको बडापत्र निर्माणलगायत विषयमा जोड दिने मन्त्रालयले जनाएको छ । 

 

बिम्स्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो । बङ्गलादेश, भारत, म्यान्मा, श्रीलङ्का थाइल्याण्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र हुन् । 

 

बिम्स्टेकमा हाल व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरीबी निवारण, प्रतिआतङ्कवाद र अन्तर्राष्ट्रिय अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तन गरी सहयोगका १४ क्षेत्र निर्धारण गरिएका छन् । 

 

शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिनुहुनेछ । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले शिखर सम्मेलनको अध्यक्षता गर्नुहुनेछ । जसमा पारस्परिक सहायताका क्षेत्रमा बिम्स्टेकले हालसम्म गरेका प्रगतिको समीक्षा हुुनुका साथै उक्त सङ्गठनका भावी काममा दिशानिर्देश गर्नेछ । बिम्स्टेक सदस्य राष्ट्रमध्ये नेपाल र भुटान भूपरिवेष्टित् छन् । 

 

 

तसर्थ नेपालले अन्य पाँच सदस्य राष्ट्रसँग गहिरो सम्पर्क सञ्जाल बनाउने बारेमा समेत जोड दिने बताइएको छ । 

 

बिम्स्टेकको पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्ड, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यान्मामा सम्पन्न भइसकेको छ । त्यसैगरी हालसम्म बिम्स्टेकका परराष्ट्रमन्त्रिस्तरीय १५ बैठक र वरिष्ठ पदाधिकारीस्तरीय १८ बैठक सम्पन्न भएका छन् । 

 

नेपाल सन् २००४ मा यसको सदस्य बनेको हो । बिम्स्टेक क्षेत्रमा विश्व जनसङ्ख्याको झण्डै २१ प्रतिशत अर्थात् करीब डेढ अर्ब जनसङ्ख्याको बसोवास छ । सन् २०१४ मा यसको सचिवालय बङ्गलादेशको ढाकामा स्थापना गरिएको हो । 

 

 


थप समाचार

अधिकांश जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन बाँकी

  • 7 minutes ago
अधिकांश जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन बाँकी

अत्तरिया । प्रदेश नं. ७ का कूल ८८ स्थानीय तहमध्ये ६६ स्थानीय तहका जनप्रतिनिधिले अझै आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । कैलाली र कञ्चनपुर जिल्ला समन्वय समितिसहित २२ नगर तथा गाउँपालिकाका जनप्रतिनिधिले

नेपाल टेलिभिजनका पूर्वअध्यक्ष दाहाल नेकपामा प्रवेश

  • 15 minutes ago
नेपाल टेलिभिजनका पूर्वअध्यक्ष दाहाल नेकपामा प्रवेश

काठमाडौँ । नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल नेपाली काँग्रेस छाडेर आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्र

‘टेष्टी’ अरिंगालः कालो रातोको तुलनामा महंगो

  • 30 minutes ago
‘टेष्टी’ अरिंगालः कालो रातोको तुलनामा महंगो

गोरखा । प्रधानमन्त्री केपी ओलीले भनेको आक्रामक अरिंगालभन्दा धेरै यहाँ ‘टेस्टी’ अरिंगालको चर्चा छ । प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै आक्रामक बन्नू, खनिनू भनिरहँदा यहाँ अरिंगाललाई पारखीह



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।