बिमस्टेक सम्मेलनको आज अन्तिम दिन, ‘ग्रिड इन्टरकनेक्सन’ समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन शुक्रबार दिउँसो सकिँदैछ । 

 

बिहिबारदेखि सुरु भएको बैठकमा सदस्य राष्ट्रहरुले आपसमा कनेक्टिभिटि गर्नुपर्नेमा जोड दिएका छन् । 

 

उनीहरुले सार्क सम्मेलनलाई प्रभावित नगर्ने गरी नै बिमस्टेकलाई अगाडि बढाउने प्रतिबद्धता पनि जनाएका छन् । 

 

के छन् अन्तिम दिनका कार्यक्रम 

सम्मेलनको दोस्रो तथा अन्तिम दिन बिहान ८ बजे सहभागी सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा  ‘रिट्रिट’ दिँदैछन् । 

 

रिट्रिट सकिएपछि बिमस्टेक घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । 

 

सम्मेलनको दोस्रो सत्र विहान १०ः३० बजे सुरु हुनेछ ।

 

उक्त दोस्रो सत्रमा उर्जा आदान–प्रदानका लागि ‘ग्रिड इन्टरकनेक्सन’ समझदारी पत्रमा हस्ताक्षर गर्ने सहमति भइसकेको छ । 

 

ट्रान्सपोर्ट कनेक्टिभिटीको गुरुयोजना निर्माण तथा आतंकबाद र अन्य अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुने  बताइएको छ । 

 

त्यसपछि काठमाडौं घोषणापत्र जारी गरी दिउँसो उक्त सम्मेलन समापन हुनेछ । 

 

विशेष कारण जनाउँदै बंगलादेशी प्रधाानमन्त्री शेख हसिना वाजेद भने बिहान ११ बजे नै बंगलादेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

 

घोषणापत्र जारी भएपछि पाँचौ शिखर सम्मेलन आयोजना गर्ने श्रीलंकाको प्रस्तावबारे श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले मन्तव्य राख्ने र पारित गर्ने कार्यक्रम रहेको छ । 

 

त्यसपछि प्रधानमन्त्री ओलीले समापन मन्तव्य राखेसँगै बिमस्टेकको चौथो शिखर सम्मलेन सकिनेछ । 

 

सम्मेलन सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलंकाका राष्ट्रपति सिरिसेनाबीच द्विपक्षीय भेटवार्ता हुनेछ । त्यस क्रममा नेपाल र श्रीलंकाबीच एउटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

 

त्यसैगरी नेपाल र भारतका प्रधानमन्त्रीबीच पनि द्विपक्षीय वार्ता हुनेछ । सो क्रममा रक्सौल–काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुनेछ । 

 

त्यसैगरी मोदीले भारतीय सहयोगमा पशुपतिनाथ मन्दिरमा निर्माण गरिएको धर्मशाला पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ । 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 2 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 7 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 7 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।