बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि

  • शनिबार, १६ भदौ, २०७५
  • 3 weeks ago
  • नेपाल

काठमाडौँ ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । 

 

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीकाअनुसार, यही भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुने उक्त संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०/३० जना सैनिकको सहभागिता हुनेछ । 

 

सदस्य राष्ट्रका सैनिकको पहिलो पटक हुन लागेको उक्त संयुक्त अभ्यास प्रतिआतङ्कवाद र विपद् व्यवस्थापन विषयमा केन्द्रित रहने छ । 

 

यस्ता अभ्यासले एक अर्का मुलुकका सेनाबीच घुलमिल हुन, क्षमता बुझन, विपद्को समयमा मिलेर खोज तलास, उद्धार र राहतको जिम्मेवारी पूरा गर्न तथा अरु सहयोग आदानप्रदान गर्न सजिलो हुने विश्वास गरिएको छ । 

 

उक्त अभ्यासको निरीक्षण गर्न सदस्य राष्ट्रका सेना प्रमुखसमेत पुना पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

 

 पछिल्ला समयमा विपद् व्यवस्थापन र प्रतिआतङ्कवादका विषयमा केन्द्रित रहेर विभिन्न देशका सैनिकबीच यस्ता संयुक्त अभ्यासले निरन्तरता पाउँदै आएको छ । 

 


थप समाचार

अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

  • 5 hours ago
अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

  • 5 hours ago
एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि) मा बढुवा भएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

ललितकलामा भविष्य खोज्दै विद्यार्थी

  • 5 hours ago
ललितकलामा भविष्य खोज्दै विद्यार्थी

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयअन्तर्गत ललितकला विषयको स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीको सामूहिक चित्रकला प्रदर्शनी शनिबारबाट नेपाल कला परिषद्मा सुरु भयो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।