Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसुन तस्करी प्रकरणमा ५० जना संलग्न, अझै १८ जना फरार

सुन तस्करी प्रकरणमा ५० जना संलग्न, अझै १८ जना फरार


काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट ‘ब्रेक शु’को स्वरुपमा भित्रिएको ६० किलो सुन तस्करी प्रकरणमा ५० जना संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । ब्यूरोको अनुसार २३ विदेशीसहित ५० जना संग्लन्न रहेका छन्।

सुन तस्करीहरुले हङकङबाट नेपाल हुँदै भारतसम्म लगेर सुन बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको सीआईबीले जनाएको छ। सीआईबीले २७ नेपाली र २३ विदेशी नागरिकलाई प्रतिवदी बनाउन रायसहित आजै सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ।

यस प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन्। फरारमध्ये १४ विदेशी र चार नेपाली हुन्।

तस्करहरुले ७ वटा नेपाली कम्पनी खोलेर त्यसैमार्फत कारोबार गरेको पनि खुलेको छ। ७ मध्ये ६ ओटा कम्पनीबाट भित्राइउको सामानमा कुनै न कुनै रुपमा सुन ल्याइएको देखिएको प्रहरीको भनाई छ। एउटा कम्पनीबाट भने सामान भित्राएको नदेखिएको र त्यसमार्फत पनि भित्राउने तयारी भईरहादा व्रेक लागेको हुनसक्ने सीआइबीले जनाएको छ।

साउन ४ गते सिनामंगलबाट ब्रेक शुमा लुकाएर ल्याएको अवैध सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमति

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको

सांसद हसिना खानद्वारा शपथ ग्रहण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्

दीपेश पुन धरौटीमा रिहा

बुटवल । सुप्रिम सहकारी ठगीमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन्। उनलाई जिल्ला अदालत रुपन्देहीले

बेपत्ता विपिन जोशीको सकुशल उद्धार गरिदिन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको

स्वीकृतिबिना निर्माण कार्य गर्नेलाई कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको

भारतीय नागरिकको अपहरण गरी हत्या

काठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको

Techie IT