IIMS College

ISMT

HUB Education

बेवारिसे शव जलाउनेको कथाः शौचालयको पानी समेत पिएको छु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

राज्यले पनि व्यवस्थापन गर्न नसकेको बेवारिसे शवको दाहसंस्कार गर्दै आएका व्यक्ति हुन् विनयजंग बस्नेत । उनले आफ्नै धन सम्पत्ति खर्चेर समाज सेवाको सुरुवात गरेका हुन् । उनै विनय हाल ‘बा आमा’ घरको निर्माण गरिरहेका छन् भने कूलत तथा लागूऔषधको दुव्र्यसनीमा फसेकाहरुलाई काउन्सिलिङ पनि गरिरेहका हुन्छन् । उनै विनयसँग नेपालीपत्रको लागि सुवास गौलीले गरेको कुराकानीको अंशः

 

तपाई निकै लामो समय कुलतमा फस्नुभएको थियो, यसको दलदलबाट कसरी निस्कनुभयो ?

तपाईले समाजले बुझ्नुपर्ने कुरा सोध्नुभयो । म झण्डै १३ वर्षसम्म कुलतको दलदलमा फसेको मान्छे हुँ । त्यसपछि म तीन महिना मनोसामाजिक उपचार पद्घतीमा बसे र जीवनलाई नियाले । त्यहाँ पुगेपछि मैले आफूले बाँचेको जीवनको बारेमा बुझ्ने मौका पाए । भनिन्छ नि ‘टु मच इगो विल किल यु’ भन्याजस्तै मलाई मेरै घमण्डले मारिरहेको थियो । आफन्त तथा साथीहरुले मलाई त्यो दर्दनाक अवस्थाबाट निकाल्ने प्रयास नगरेका होइनन् तर, मलाई आफ्नै त्यो कहालीलाग्दो प्यारो थियो । मैले व्यथित गर्दै आइरहेको जीवनमा उनीहरुले डाहा गरेको जस्तो लाग्थ्यो मलाई । तर, बिस्तारै मलाई त्यो अवस्था ठिक होइन रहेछ भन्ने लाग्यो । त्यो समयमा मैले मेरा परिवार, आफन्त, साथीभाई लगायत सबैलाई गुमाइसेकेको थिएँ । अनि, मलाई होइन अब म मेरो बचेको जीवनलाई राम्ररी जिउँछु भन्ने लाग्यो । 

 

तपाई त राम्रो परिवारमा नै हुर्कनुभएको मान्छे, कसरी कुलतमा फस्नुभयो ?

मेरो आफन्तहरुमा म जेठो छोराको रुपमा जन्मिएको कारणले गर्दा मैले परिवारबाट साँच्चै राम्रो माया पाएको थिए । म सधँै अरुको अंगालोमा हुन्थे रे । मेरो बुबा तत्कालिन महालेखाको सहसचिव । बुबाको हात समातेर हिड्दाँ पनि शान हुन्थ्यो । मायाकै कारण मलाई कसैले केही भन्न सकेनन् । मलाई भने घमण्डले पेल्दै गयो र म नराम्रो बाटोमा हिड्न पुगे । मेरो संगत पनि राम्रो भए । ‘एभ्वाइड ब्याड सर्कल’ भन्ने कुराको विपरित दिशामा म हिँडे । 

 

खासमा सुधारिएको जीवनले कस्तो अर्थ राख्दो रहेछ ?

अहिले सन्तोष गर्ने ठाउँहरु छन् । हिजोको दिनमा म आफ्नै कारणले जुन अवस्थामा थिएँ त्यो साँँच्चै कहालीलाग्दो थियो । मलाई कूलतमा नलाग भनेर सम्झाउनेहरुविरुद्ध मेरो खुसी खोस्न खाजेको भान हुन्थ्यो मलाई । आजको दिनमा मैले साँच्चै नयाँ जीवन पाएको छु । मैले छोरीको स्कुल फि तिर्न लगेको पैसा पनि रक्सी पिएर सक्याएको छु । सबैजना मबाट टाढा भइसकेका थिए । मैले खान नपाएका दिनहरु पनि छन् । सबैले नपत्याएर मैले शौचालयको पानी पनि पिएको क्षण छ । छोरीले मलाई बाबा भन्न छोडिसकेकी थिइन् । मेरो श्रीमतीले छोडिसकेकी थिइन् । अहिले ति सबै कुराहरुबाट म बाहिर निस्केको छु । बाँकी रहेका जीवन राम्ररी जिउने प्रयास गरिरहेको छु । अरुको सेवा गर्ने प्रयास पनि गरिरहेको छु । यसैकारण हिजो नपत्याएकाहरुले मलाई ऋण दिने भइसकेका छन् । 

 

 

बेवारिसे शव जनाउने सोच चाँहि कहाँबाट आयो ?

मेरो बुबा (श्याम बस्नेत)को मृत्यु पनि बेबारिसे भएको हो । बुबा झण्डै १५ वर्षअघि बिहानै गुरुबाकोमा जाने भनेर निस्कनुभएको थियो । त्यो दिन फर्कनुभएन । हामीले सोधखोज गर्दा टिचिङ अस्पतालको बेवारिसे शव गृहमा बुबाको शव भेटियो । बुबाको शवसँगै अन्य ५–७ वटा शव पनि थिए । उनीहरुको शव निकै क्षत विक्षत अवस्थामा थियो । शव गृहमा काम गर्ने एक व्यक्तिले उक्त शवहरु बेवारिसे हुन् । तपाईले चाँहि भेट्नुभयो उनीहरुको शव चाँहि यतिकै सड्छ भने । बुबाको शव ल्याएर दागबत्ति दिइरहँदा आर्यघाटका शव दहन गर्ने ठाउँहरु खाली देखेँ । उनीहरुको पनि दाहसंस्कार गर्न पाए आत्माले शान्ति पाउँछ भन्ने लाग्यो । बुबाको शव जलाउँदा–जलाउँदै एक दिन सुध्रिएर यही काम गर्छु भन्ने सोच पलाएको थियो । दाहसंस्कारमा पनि म एक्लो थिए । किनकी म बदनाम भइसकेको थिएँ । मलाई त्यो बेलामा नै यही काम गर्छु भन्ने लागेको थियो ।

 

खासमा तपाई अध्यक्ष रहनुभएको संस्था एक्सन फर सोसल चेन्ज के हो र यो कसरी चलिरहेको छ ?

एक्सन फर सोसल चेन्ज संस्थाको अध्यक्ष म छु । त्यस्तै, अन्य सदस्यहरु पनि सक्रिय भूमिकामा हुनुहुन्छ । यस संस्थाले शवको दाहसंस्कार गर्दै आएको छ । यसका पनि बिभिन्न चरणका प्रक्रियाहरु हुन्छन् । आधिकारिक निकायबाट स्वीकृति लिने कामदेखि घाटमा ल्याउँदासम्म चरणहरु अलग–अलग हुन्छन् । त्यस्तै, हामीले ‘बा आमा’आश्रमको निर्माण पनि थालिरहेका छौं । यस आश्रम गृहमा हामीले बेबारिसे व्यक्तिहरुलाई राख्ने सोच बनाएका छौं । भने कूलतमा फसेकाहरुको लागि परामर्शको काम पनि गरिरहेका छौं । 

अहिले हाम्रो संस्था टिक्न गाह्रो भइरहेको छ । साथीभाइहरुले सहयोग गरिरहनु भएको छ । तर, सँधै मागेर संस्था चलाउनु पनि राम्रो होइन भन्ने मेरो बुझाई छ । त्यसैले सुरुवातदेखि नै मैले यो कामको थालनी पैत्रिक सम्पत्तिलाई धितो राखेर १८ लाख कर्जा लिइसकेको छु । डेढ दुई लाख हाते ऋणहरु छन् । अझै पनि यसरी नै संस्था चलिरहेको छ । भक्तपुर जिल्लाबाट एउटा बेवारिसे शवको दाहसंस्कारको लागि ५ हजार रुपैयाँ आउने भन्नुभएको छ । तर, त्यो रकम पर्याप्त हुँदैन तै पनि यो समाचार हाम्रो लागि सुखद् हो । आफन्त, मेरा क्याम्पस पढ्ने साथी र, यो कार्यमा मेरो परिवारको भरपुर सहयोग छ । 

 

हालसम्म तपाईका हातले कति शवको दाहसंस्कार गर्नुभयो ? यी शवहरु जलाउने प्रक्रिया पनि छन् होला नि ?

हालसम्म मैले २०४ वटा शवको दाहसंस्कार गरिसकेको छु । यी शवहरु त्यसै जलाउन पाँइदैन । सुरुमा प्रहरीबाट मुचुल्का उठाउने काम हुन्छ । त्यसपछि सम्बन्धित अस्पतालमा गएर पोष्टमार्टमा गर्ने काम हुन्छ । हामीले केही महिनाअघि प्रहरी प्रशासनसँगको छलफलपछि एउटा समिति बनाएका छौं । बेबारिसे शव जलाउने काम बिनयजीको संस्था ‘एक्सन फर सोसल चेन्ज’ भन्ने छ उक्त संस्थालाई दिने भन्ने कुरा भएको छ । २३ जिल्लामा हाम्रो शाखा पुगिसकेको छ । यी शाखाहरुसँगको समन्वयमा हामीले शव जलाउँदै आएका छौं । बेबारिसे शवको बारेमा मलाई खबर आउँछ । 

 

तपाईले शव जलाइरहँदा वा जलाईसकेपछि मृतकका अफन्तहरुले भेट्नुभएको छ ?

मलाई अहिलेसम्म ४–५ सय जना हराएका व्यक्तिहरुको फोटो प्राप्त भएका छन् । मेरो बुबा, आमा, भाई, साथी हराएको भन्दै फेला पार्नुभएको खण्डमा सम्पर्क गर्न भन्नुहुन्छ । मैले शव जलाइरहँदा पनि मृतकका आफन्तहरु आउनुभएको छ । एक जनाको शव जलाइरहँदा तीन जना दाजुभाई आउनुभयो र आजबाट हामी चार जना भयौं भन्नुभयो । त्यो समयमा मलाई निकै खुसी लागेको थियो, त्यो पैसाले किन्न नसकिने खुसी हो । तर, कतिपय मान्छेहरु हामी खोजिरहेका थियौं केही दिन राख्नुभएको भए हुन्थ्यो नि भन्नुहुन्छ । मैले प्रशासनको अनुमतिमा शव जलाउने भएकोले त्यस्ता व्यक्तिहरुलाई प्रहरीहरुले जवाफ दिनुभएको छ । मान्छे बाँचुञ्जेल बेबारिसे तरिकाले बाँच्ने परिवारले वास्ता नगर्ने अनि मरेपछि पनि कुर्नुपर्ने यतिका दिन के गर्नुभएको थियो भन्नुहुन्छ । मान्छे मरिसकेपछि चिन्ता गर्नुभन्दा पनि बाँच्दैमा केही गर्नुपर्छ भनेर नै मैले ‘बा आमा’घर निर्माण गरिरहेको हो । 

 

तपाईले थाल्नुभएको ‘बा आमा आश्रम’को काम कहाँ पुग्यो ?

यो आश्रम मेरो जग्गामा बनिरहेको छ । धेरै खर्च गरेर अत्याधुनिक भवन निर्माण गर्न लागेको होइन । थोरै खर्चमा ट्रस्टलाई नै आश्रम बनाउन लागेको हुँ । अब यसको छनो हाल्ने र फनिसिङको काम बाँकी छ । यसको लागि पनि केही सहयोगहरु आएका छन् । हालसम्म यसको लागि साढे ७ लाख रुपैयाँ खर्च भइसकेको छ । तर, मलाई दिनभरी भागेर राति डिस्को गएकोजस्तो गर्नुछैन । सकेसम्म आफूसँग भएको झिकिरहेको छु । आफूसँग पैसा हुँदाहुँदै अरुको गोजीको पैसाले भात खानुछैन । कसैले आएर सहयोग गर्नुहुन्छ भने आश्रमको यो काम म गर्छु भन्नुहुन्छ भने सहयोग गर्न सक्नुहुन्छ । 

 

 

राज्यले गर्नुपर्ने काम विगत पाँच वर्षदेखि गरिरहनु भएको छ । राज्यबाट पनि त अपेक्षा छ होला नि त ?

हामीलाई ललितपुर महानगरपालिकाले गज्जबको आश्वसन दिनुभएको छ । मलाई चिरिबाबु महर्जनले मेयर भइसकेपछि सहकार्य गरेर काम गरौं भनेर आफैले फोन गर्नुभएको थियो । सुरुसुरुका दिनमा उहाँले पाटन अस्पतालको शवको लागि एक जना मान्छे र ट्रक दिनुहुन्थ्यो । त्यस्तै, केही शवको दाहसंस्कारको लागि रकम पनि दिनुभएको हो । बा आमा घरको शिलान्यासको बेला मन्त्री थममाया थापा तथा मेयर साप पनि आउनुभएको थियो । महालक्ष्मी नगरपालिकाले पनि केही आर्थिक समयोग गर्नुभएको छ । तर, त्यो सहयोग पर्याप्त छैन । 

 

तपाई जनचेतनामूलक कार्यक्रममा पनि सहभागी हुनुहुन्छ है ? के–के गर्नुहुन्छ ?

मैले लागूऔषध दुव्र्यसनीबाट बेवारिसे बसेका मान्छेहरुलाई निशुल्क उपचार गरिरहेका छौं भने परामर्श दिने काम पनि गर्छौं । मैले यस्ता जनचेतनामूलक कार्यक्रमहरु गाउँ गाउँमा गएर गर्ने गरेको छु । यस्ता कार्यक्रमहरु धेरै जिल्लाहरुमा भइसकेका छन् । आफ्नै खर्चमा यस्ता कार्यक्रमहरु हुँदै आएका छन् । कार्यक्रमको प्रभावकारिताको लागि कलाकारहरु पनि लिएर जाने गरेको छु । काभ्रेको कोशीपारीमा पनि आश्रम खोल्ने सोच बनाइरहेका छौं । काठमाडौँमा भन्दा त्यहाँ खोलिने आश्रम बढी प्रभावकारी हुने हामीले देखेका छौं । यसमा तपाईहरु सबैको सहयोग छ ।

 

अब तपाईको जीवन कसरी अघि बढ्ला ?

अब कति नै बाँचिएला र ! २०–३० वर्ष नै त होला । बाँकी जीवन पनि समाज सेवामा खर्चिनेछु । कोही पनि सडकमा बेसाहार भएर लडेको/मेरेको देख्न नपरोस् । जीवनमा भव्य गरेमा बस्ने, गाडी चढ्ने सोच छैन । बेवारिसेहरुले भनेको बेला दागबत्ति पाउन् । बा आमा घर प्रत्येक जिल्लामा बनाउने सोच छ । यसको लागि सबैको सहयोगको अपेक्षा गरेको छु । 

 

 


थप समाचार

इक्वेडरमा सरकार र प्रदर्शनकारीबीच विरोध प्रदर्शन रोक्न सहमति

  • 3 minutes ago
इक्वेडरमा सरकार र प्रदर्शनकारीबीच विरोध प्रदर्शन रोक्न सहमति

एजेन्सी । इक्वेडरका राष्ट्रपति र आदिवासी नेताहरुबीच विगत १२ दिनदेखि जारी देशव्यापी विरोध प्रदर्शन तत्काल रोक्न आइतबार सम्झौता भएको छ ।

कुर्द र दमास्कसबीच समझदारीको घोषणा

  • 8 minutes ago
कुर्द र दमास्कसबीच समझदारीको घोषणा

एजेन्सी । टर्की–सिरिया सीमाक्षेत्रमा टर्कीले सिरियाली भूमिभित्र आक्रमण गर्न थालेपछि त्यस क्षेत्रमा सक्रिय सिरियाली कुर्दहरुले सिरियाको सत्ता पक्षसँग सम्झौता गरेका छन् ।

गाडीकाे ठक्करबाट रत्ननगरमा एकजनाकाे मृत्यु

  • 12 minutes ago
गाडीकाे ठक्करबाट रत्ननगरमा एकजनाकाे मृत्यु

चितवन । चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।