IIMS College

ISMT

HUB Education

विनियाेजन विधेयकमा खर्च कटौती गर्ने पाँच प्रस्ताव प्रस्तुत

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमाथि प्रतिनिधिसभामा जारी छलफलका क्रममा खर्च कटौतीका पाँच प्रस्ताव प्रस्तुत भएको छ ।

 

 बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या र रक्षा मन्त्रालयको विनियोजनका क्रममा खर्च कटौतीका प्रस्ताव प्रस्तुत भएको हो ।

 

नेपाल मजदूर किसान पार्टीका  प्रेम सुवालले प्रधानमन्त्री कार्यालयको विनियोजन विधेयकको छलफलका क्रममा प्रधानमन्त्रीको उपस्थिति गराउन सभामुखसँग माग गरे । नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेका जग्गा सम्बन्धित स्थानीय तहलाई दिई ट्रष्ट खारेज गर्न उनले माग गरे । जिल्लाजिल्लाका अस्पतालमा बाल र स्त्रीरोग विशेषज्ञ व्यवस्था हुनुपर्ने र  विदेश उपचारमा जानु नपर्ने व्यवस्था मिलाउन सांसद सुवालले माग गरे ।

 

ध्वनि प्रदूषण गर्ने उद्योग हटाउन तथा भक्तपुरलाई सांस्कृतिक शहर घोषणा गरी संरक्षण गर्न ध्यानाकर्षण गराउँदै उनले विनियोजन विधेयक, २०७६ अन्तर्गत प्रधानमन्त्री कार्यालय, स्वास्थ्य, रक्षा र संस्कृति मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय तथा राष्ट्रपति एवं उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी प्रस्ताव प्रस्तुत गरे । 

 

नेपाली काँग्रेसका देवेन्द्रराज कँडेलले स्थानीय तह र प्रदेशले गर्ने काम सङ्घीय सरकारको बजेटमा आएको बताए । वाइड बडीलाई तामझामका साथ स्वागत गरिए पनि भ्रष्टाचारले नेपाल वायु सेवा निगम धराशायी भएको सार्वजनिक रुपमा सञ्चारमाध्यममा आएको तर्फ सरकारको ध्यान नगएको उनले बताए । मन्त्रालयको खर्च रकममा रु १०० घटाइयोस् भनी सांसद कँडेलले प्रस्ताव प्रस्तुत गरे । (रासस)


थप समाचार

मोउरिन्हो टोटनहमको प्रशिक्षकमा नियुक्त, टोटनहमलाई दिलाउन सक्लान् त उपाधि ?

  • 9 minutes ago
मोउरिन्हो टोटनहमको प्रशिक्षकमा नियुक्त, टोटनहमलाई दिलाउन सक्लान् त उपाधि ?

एजेन्सी । सन् २०१८ डिसेम्बारमा म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएका प्रशिक्षक जोसे मोउरिन्होलाई टोटनहम क्लबले सफलता पाउने विश्वास गर्दै प्रशिक्षक पदमा नियुक्त गरेको छ ।

कृषकमा खुशियाली : सिँचाइ आयोजना सम्पन्न

  • 14 minutes ago
कृषकमा खुशियाली : सिँचाइ आयोजना सम्पन्न

परासी । तुरिया सिँचाइ आयोजना सम्पन्न भएपछि यस क्षेत्रका कृषक हर्षित भएका छन् ।प्रदेश नं ५ सरकारको ठूलो लगानीमा पश्चिम नवलपरासीको रामग्राम–१५ शुक्रौलीमा तुरिया सिँचाइ आयोजनाको निर्माण कार्य सम्पन्न भए

पहाडी मुलको समृद्धिका लागि मात्रै सरकार लागिपरेकाे छ : डा. भट्टराई

  • 22 minutes ago
पहाडी मुलको समृद्धिका लागि मात्रै सरकार लागिपरेकाे छ : डा. भट्टराई

रौतहट । समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार पहाडी मुलका नागरिकको विकास र समृद्धिको लागि मात्रै लागिपरेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्ट



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।