IIMS College

ISMT

HUB Education

चिपालुले बेलायतमा लाखे नाच देखाउन थालेको २० वर्ष पूरा

  • सोमबार, ६ माघ, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

तस्विर : शिव भण्डारी

 

लण्डन । कलाकार विनोद चिपालुले बेलायतमा लाखे नाच देखाउन लागेको २० वर्ष पूरा भएको छ । यसै अवसरमा उनले आइतवार लण्डनको वुल्वीचमा एक कार्यक्रम आयोजना गरी आफ्ना भावी योजनाहरु समेत सार्वजनिक गरेका छन् । 

 

उनले आफ्नो व्यक्तिगत पहलबाट संकलित कोषबाट नेपालका विभिन्न ४ च्यारिटी संस्थालाई सहयोग गर्ने भएका छन् । यसै साता नेपाल जान लागेका चिपालुले ३ लाख रुपिया सहयोग गर्ने बताएका छन् ।  

 

बेलायतमा लाखेनाच देखाउन लागेको २० वर्ष पुगेको अवसरमा केहि महिनापछि बेलायतमै एक विशेष कार्यक्रम समेत गर्ने उनको योजना छ । कार्यक्रममा बेलायतबासी कलाकार सरिता महर्जनका दुई दर्जन चित्रकला प्रदर्शनी पनि गरिएको थियो । 

 

 

ईनास यूकेका वर्तमान अध्यक्ष समेत रहेका चिपालुलाई शुभकामना दिन बेलायतस्थित नेपाली समुदायका अगुवा, कलाकार र पत्रकार समेत पुगेका थिए । 

 

कार्यक्रममा गायक दिपक थापा, पासा पुच साउथ ईस्ट अध्यक्ष सुशिल प्रजापति, आरजिएनएसकी सचिव ज्योत्सना बस्नेत, दिदीबहिनी समुहका श्रद्धा थापा र अञ्जना थापा, प्रतिभा नक्षेत्र अध्यक्ष सिम्मी पुन लगायतले चिपालुलाई शुभकामना दिएका थिए ।

 

ईनास यूकेका महासचिव सञ्जय कँडेलले चिपालुको अभियानमा सहयोगका लागि आव्हान गरेका थिए । 

 

 

सन् २००० मा बेलायत आएका चिपालुले त्यससयता यहाँका विभिन्न नेपाली संघसंस्थाका कार्यक्रमहरुमा निरन्तर लाखेनाच देखाउने गरेका छन् । उनले नेपालीबाहेक भारतीय र स्थानीय बेलायती समुदायमाझ पनि थुप्रै पटक नेपाली सांस्कृतिक लाखे प्रस्तुत गरेका छन् । 

 

बेलायत आउनुअघि नेपालमा दर्जनौ चलचित्रमा कलाकार र प्राविधिकका रुपमा काम गरिसकेका चिपालुले बेलायतमा नेपाल चिनाउने प्रयासमा लाखेनाच देखाउँदै आएको बताउँछन् । 

 

 

 


थप समाचार

बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

  • 8 minutes ago
बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । कमिसन बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएर सूचना, सञ्चार तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ब

काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

  • 13 minutes ago
काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

एजेन्सी । भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

टर्कीमा भूकम्प

  • 18 minutes ago
टर्कीमा भूकम्प

एजेन्सी । अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।