Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनस्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव?

स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव?


काठमाडौँ। दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क एड्भेञ्चर २०२३ सम्पन्न भएको छ। शैलुङको पर्यटन प्रवर्द्धनका लागि स्पार्क कारले आयोजना गरेको तीन दिने कार्यक्रममा दर्जन बढी कलाकारहरू सहभागी थिए।

सय थुम्काहरूको सङ्गम शैलुङ धार्मिक एवम् पर्यटकीय क्षेत्र हो। यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ’हिल स्टेसन’ हो। प्रकृति र पर्यावरणको उत्तम सङ्गम रहेको शैलुङ पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको छ।

सय वटा थुम्काहरू मिलेर बनेको शैलुङमा फराकिला हिमशृङ्खला, आकर्षक सूर्योदय र सूर्यास्त, स्थानीय संस्कृति, रैथाने परिकार, चौँरी गोठ र गोठाले जीवनसँगै चिसो अनि शान्त मौसमको अनुभव लिएका छन्।

कलाकारहरूमध्ये धेरै जसोले आफू शैलुङमा पहिलो पटक आएको अनुभव सेयर गरे। उनीहरूले पहिलो पटक शैलुङ आउँदा निकै गर्व लागेको समेत सुनाए। स्पार्क कारको यस कार्यक्रमलाई उनीहरूले निरन्तरताको शुभकामना समेत दिए। कलाकारहरूले पहिलो पटक क्याम्पिङ टेन्टको मज्जा लिएको समेत सुनाए।

विजय लामा, क्याप्टेन तथा कलाकार
शैलुङ निकै नै रमाउन पायौँ। यस किसिमको कार्यक्रमले मुलुकको पर्यटन एवम् आर्थिक रूपान्तरणमा उल्लेख्य सहयोग पुग्छ। स्पार्क कारको यस किसिमको काम आफैँमा साहसिक हो भन्ने मलाई लाग्छ।

साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै ’वाउ’ मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्ष रूपमा स्थलगत अवलोकन गरें। यस ठाउँका कारण स्थानीयको भविष्य उज्ज्वल बन्ने सम्भावना देखेँ। अब स्थानीय सरकारले यस ठाउँको प्रवर्द्धन र विकास गर्न सक्नुपर्छ।

निखिल उप्रेती, एक्सन स्टार
तीर्थ त्यत्तिकै तीर्थ भएको हुँदैन। त्यहाँ जाँदा मानिसको शारीरिक र मानसिक रूपमा स्वस्थ हुने भएर पनि त्यस ठाउँ तीर्थस्थल बनाइएको हुन्छ। शैलुङ बुद्धले टेकेको ठाउँका रूपमा पनि महत्त्वपूर्ण छ। मैले यस ठाउँमा आउँदा निकै आनन्दित महसुस गरें।

प्रेम राजा महत, लोक गायक
नेपालको पर्यटकीय हिसाबले निकै सुन्दर स्थानका रूपमा शैलुङ रहेछ भन्ने थाहा पायौँ। शैलुङकै विशेषता समेटेर मैले गीत लेख्ने सोच बनाएको छु। यहाँबाट जता हेर्यो उतै सुन्दर लाग्छ। स्वर्गको टुक्रा नै हो जस्तो लाग्छ शैलुङ।

यश कुमार, गायक
जहाँ जहाँ सहज तरिकाले पुग्न सम्भव छैन। नेपालको यती सुन्दर ठाउँमा सहजै गएर घुम्न सकिएको छैन, त्यसको माध्यम बनेर स्पार्क कार आउनु मेरो विचारमा यो नेपालमै पहिलो हो। यसरी २०० जना हाराहारीमा टिम बनाएर पिकनिक जस्तै सबैसँग खुसी साटासाट गरेर नजिक हुने कार्य भएको छ, जसले निरन्तरता हुनुपर्छ। समयलाई मैले जितेँ, भिटामिन नै पाएँ भन्ने फिल भएको छ। यहाँ आइसकेपछि म केही यहीँसँग सम्बन्धित रचना गर्ने वा गाउने काम गर्छु भन्ने सोच आएको छ। अब प्रकृतिसँग सम्बन्धित गीत बनाउँछु भन्ने सोच आएको छ।

सन्दीप क्षेत्री, कमेडियन
नेचरसँग नजिक हुन पाइयो। भौगोलिक हिसाबले यो विकट ठाउँ रहेछ। केही आधारभूत चीजहरू जस्तैः शौचालय अलिक राम्रो भइदिएको भए झनै राम्रो हुने रहेछ। विभिन्न मुलुकहरूमा घुम्न गएका थियौँ। भर्जिनियाँको गुफामा एक पटक छिरेको थिएँ। गुफा प्राकृतिक नै थियो तर त्यहाँ सुविधा सम्पन्न थियो। त्यसरी एक्ससेस दिनुपर्छ। प्रकृतिलाई नै तुलना गर्ने हो भने यहाँ आधारभूत चीजहरूको विकास हुँदा कति सुन्दर हुन्थ्यो। हामीले धेरै राम्रो चिज पाएका छौँ, तर त्यसको भ्याल्यु क्रेट गर्न भने सकिरहेका छैनौँ

बुद्धि सागर, लेखक
शैलुङ बसाई निकै नै रोचक रह्यो। यस ठाउँमा पहिलो पटक आएको हुँ। काठमाडौँबाट नजिकैको दूरीमा रहेको यो ठाउँ निकै नै विशेष रहेछ। भुईंकुहिरो आयो, काठमाडौँमा ५५,५६ सालतिर भुइँकुहिरो देखिन्थ्यो, अहिले छैन। यहाँ भुइँकुहिरो देखेपछि म नोष्टाल्जिक बन्न पुगेँ। केही न केही लेखिरहने व्यक्ति भएकाले म यहाँ देखेका कथा तथा परिवेशहरूले कहीँ न कहीँ स्थान पाउँछन्। यहाँको मानिसहरू अझै पनि पाहुनालाई भगवान मान्ने हुनुहुँदो रहेछ। हाम्रो ठाउँको प्रचार गर्नका लागि स्थानीयहरूको सामूहिकता देखेँ, जसले खुसी दिलायो।

राजेश घतानी, चलचित्र निर्माता, गायक तथा उद्घोषक
स्पार्कको यस किसिमको कार्यक्रममा म पहिलो पटक आएको थिएँ। धुलिखेलदेखि नै स्वागत सम्मानमा रमाउँदै आउन पाइयो। रैथाने परिकारको स्वादले हामीलाई निकै नै रोमाञ्चित बनायो । मलाई रामेछाप भन्नेवित्तिकै एकखाले आत्मीयता आउँछ। मलाई रामेछापको मन्थली जान मन छ। लामो यात्राको करिअरमा यो दुई दिने बसाईले मनमा अमिट छाप पार्यो। अविस्मरणीय बन्यो। स्पार्क टिमलाई म मुरमुरी धन्यवाद दिन चाहन्छु।

गरिमा शर्मा, मोडेल
मेरो लागि यो ठाउँ निकै महत्त्वपूर्ण रह्यो। धेरै जनासँग चिनजान भयो, साथीहरू बनाइयो। मैले शैलुङ आउनका लागि भनेर ड्रोन किनेको थिएँ, यहाँ आएर सिक्न पाएँ। टेन्टमा सुत्नु पनि मेरो लागि नयाँ नै थियो। मलाई एकदमै मज्जा लाग्यो। स्टे वाइल्ड विथ चौँरी नामअनुसार नै हामीले अनुभव संगाल्यौँ। म घुम्न रुचाउने व्यक्ति हुँ, स्पार्कले आगामी दिनमा पनि घुम्ने काममा सम्झिन्छ भन्ने विश्वास छ।

रिना थापा मगर, कलाकार
म एक दिन ढिला यस एडभेञ्चरमा आएको थिएँ प्रेम राजा महत दाइसँगै आएको थिएँ। सोचेभन्दा धेरै रमाइलो भयो कार्यक्रम। एकदमै अविस्मरणीय रह्यो कार्यक्रम। धेरै प्रतिष्ठित व्यक्तिहरूसँग एकै पटक भेट्ने तथा चिन्ने अवसर मिल्यो, जुन काठमाडौँमा सम्भव थिएन। यहाँ यति धेरै संस्कृतिहरू स्थानीयहरूले बचाएर राख्नुभएको देखेँ, यसले मलाई निकै आनन्दित बनायो। हामी घुम्न जाँदा दुबई, कतार, बाली घुम्न जान्छौँ। म उहाँहरूलाई आह्वान गर्न चाहन्छु, नेपालभित्रका ठाउँहरू घुमौँ, यहाँको हावापानीको आत्मीयता अन्य ठाउँमा पाइँदैन।

कैलाश कार्की, कमेडियन
स्पार्कको पहिलो एडभेञ्चर कार्यक्रममा जान पनि मैले भ्याएको थिएँ। यसपाली पनि निकै रमाइलो भयो । आशा छ, अर्को पटक पनि म सहभागी हुन पाउँछु। एकदमै विशिष्ट मानिससँग भेट भयो, उहाँहरूले तीस, चालिस वर्षमा भोग्नुभएको कुरालाई तीन दिनमै पढ्न र बुझ्न पायौँ। यो मेरालागि निकै महत्त्वपूर्ण रह्यो। मलाई यहाँ मेरो जन्म ठाउँ सोलुखुम्बुकै याद आयो । हिउँ पर्ने ठाउँमा अहिले चिसो छ तर हिउँ परेको छैन। मलाई यसले निकै कनेक्ट गरायो, बालापन सम्झिएँ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा र पोखराबाट दोहा उडान गर्न कतारी अमिरलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कतार सरकारलाई भैरहवा नी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् । बुधबार

पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया अघि नबढाउन उच्च अदालतको अन्तरिम…

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ती सिफारिश प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अन्तरिम आदेश

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ: मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै

काठमाडाैँ । धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव अर्थात् फुड फेस्टिभल शुरु हुँदैछ । पर्यटन

सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिर्ने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा शुक्रबार प्रधानमन्त्री

Techie IT