विप्लव भारतमा रहेकाे सुरक्षा संयन्त्रकाे निष्कर्ष, जहाँ देख्याे त्यहिँ समात्न 'सर्कुलर'

फाइल फाेटाे
Education Park

काठमाडौँ । सशस्त्र क्रान्तिको नारा दिएर अर्धभूमिगत राजनीति गरिरहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो समय भारतमा बसेर पार्टीका गतिविधि सञ्चालन गर्दै आइरहेको निष्कर्षमा सुरक्षा संयन्त्र पुगेको छ । 

 

संगठनमा विस्तारमा सक्रिय नेकपाका नेताहरू खड्गबहादुर विश्वकर्मा र उमा भुजेल लगायतका नेताहरू धमाधम पक्राउ पर्न थालेपछि विप्लव पछिल्लो समय भारतमा सेल्टर लिएर गतिविधि गर्न थालेको निष्कर्षमा सुरक्षा निकाय पुगेको हो ।

 

'विप्लवको अधिकांश बास भारतमा हुने गरेको पाइएको छ । कतिपय समयमा गोप्य बाटोबाट उनी नेपाल आएको पनि देखिन्छ’, सुरक्षा स्रोतले भन्यो ।

 

भोजपुर जिल्ला अदालतले बम विष्फोट प्रकरणमा विप्लवलाई पक्राउ गरेर अदालत उपस्थित गराउन आदेश दिएपछि विप्लव प्रहरीको खोजी सूचीमा छन् । त्यसयता विप्लव कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

 

नेपाल प्रहरीले देशभर ‘सर्कुलर’ जारी गर्दै विप्लवलाई जहाँ देख्यो, त्यही समात्न आदेश जारी गरेको छ । विप्लवलगायत नेकपाका सबै नेताहरुले प्रयोग गर्ने टेलिफोन नम्बर पनि अफ छ ।


थप समाचार

इच्छाकामना गाउँपालिकाले अनुदान दिन थालेपछि कृषक उत्साहित

  • 1 minute ago
इच्छाकामना गाउँपालिकाले अनुदान दिन थालेपछि कृषक उत्साहित

मुग्लिन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ ।

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

  • 10 minutes ago
गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

रामपुर नहर भत्कियाे, करिब ८० मिटर पर्खालमा क्षति

  • 20 minutes ago
रामपुर नहर भत्कियाे, करिब ८० मिटर पर्खालमा क्षति

पाल्पा । जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर भत्किएको छ



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।