चितवनमा आगन्तुक चराकाे संख्यामा वृद्धि

फाइल फाेटाे
Education Park

भरतपुर । गर्मीयाममा बच्चा कोरल्न नेपाल आउने चराको सङ्ख्या वृद्धि भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका सामुदायिक वनमा गरिएको गणना र अवलोकनबाट चराको सङ्ख्या बढेको पाइएको हो ।

 

चैतदेखि नेपालमा भारत, श्रीलङका र दक्षिण पूर्वी एशियाका देशबाट चरा अण्डा पार्न र बच्चा कोरल्न नेपाल आउने गरेको वर्ड एजुकेशन सोसाइटीका पूर्व अध्यक्ष वासु बिडारीले जानकारी दिए । 

 

‘चैतदेखि भदौभित्रको अवधिमा चरा यहाँ आउँछन्’, बिडारीले भने, ‘बच्चा जन्माइसकेपछि पुरानै बासस्थानमा फर्कन्छन् ।’ चराले बच्चा कोरल्ने र हुर्काउने अवधि डेढदेखि दुई महीनासम्मको हुन्छ । अहिले आउने चराले घाँसेमैदान र रुखमा गुँड पार्ने गरेको बिडारीले जानकारी दिए । 

 

चराले गतवर्ष जुन ठाउँमा गुँड लगाएका थिए यस वर्षपनि सोही ठाउँमा गुँड लगाउने गरेको उहाँले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा चराको गुँड बढी देखिएको छ । 

 

‘यो याममा चितवनसहित पर्सा र बर्दिया राष्ट्रिय निकुञ्जका साथै तराईका वनमा चरा गुँड पार्न आउने गरेका छन्’, उनले भने, ‘नेपालमा सबैभन्दा धेरै चरा चितवन राष्ट्रिय निकुञ्जमा आउने गर्छन् ।’ 

 

यो याममा आउने चराको गणना चितवनमा मात्रै गरिन्छ । वर्ड एजुकेशन सोसाइटी, हिमालयन नेचर, नेपाल पक्षीविद् सङ्घ र चितवन राष्ट्रिय निकुञ्जको सहयोगमा विगत पाँच वर्षदेखि चरा गणना गर्न थालिएको उनले बताए ।

 

‘नेपालमा चराको सङ्ख्या कहिले बढ्ने र कहिले घट्ने हुन्छ’, चराविद् डा. हेमसागर बरालले भने, ‘चराको बासस्थान र आहारामा ध्यान पुर्‍याउनुपर्ने आवश्यकता छ ।’ 

 

कोइली, पिट्टा, लालठुँडे, ठेउवा, मुरली, सुनचरी लगायत प्रजातिका चरा यो याममा नेपाल आउने गरेको उनले बताए । ‘हिउँदमा गुँड र आहारा खुम्चिएको क्षेत्र गर्मी याममा बढ्छ’, उनले भने, ‘आफ्नो सन्तान हुर्काउन उचित स्थान खोज्दा चराबीच द्वन्द्व हुने समय पनि हो ।’ 

 

प्रायः चरा वनमा आश्रित हुने भएका कारण कीरा फट्याङ्ग्रा र फलफूल खाएर बाँच्छन् । पछिल्लो समय जलवायु परिवर्तन, बढ्दो विषादीको प्रयोगका कारण पनि कीरा फट्याङग्राको सङ्ख्या कम हुँदा चरालाई आहराको समस्या हुने गरेको बरालको भनाइ छ ।

 

जथाभावी विषादी प्रयोगले चराको वासस्थान सङ्कटमा पर्दै गएको हो । ‘विषादी प्रयोग बढेसँगै चराको वासस्थान सङ्कटमा पर्दै गएको छ’, बरालले भने, ‘त्यसैले बासस्थान जोगाउन ध्यान दिनुपर्छ ।’ विषादी प्रयोगले अण्डा चाँडै फुट्ने र प्रजननमा समस्या हुने गरेको छ ।

 

विभिन्न देशका पर्यटकहरु चरा हेर्नकै लागि समय छुट्याएर नेपाल आउने गर्छन् । नेपालमा अहिलेसम्म अभिलेख भएका ८ सय ८७ प्रजातिका चरा छन् । त्यसमध्ये ८ प्रचातिका चरा लोप भएको चरा विज्ञको अनुमान छ । नेपालमा मात्रै पाइने प्रजातिको चरा काँडेभ्याकुर हो । (रासस)


थप समाचार

उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

  • 1 hour ago
उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

काठमाडौं । बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारी विमला तामाङ अस्पताल परिसरमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि अस्पतालका सञ्चालक उत्तम सञ्जेल पक्राउ परेका छन् ।

कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

  • 1 hour ago
कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या १० पुगेको छ ।

लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

  • 1 hour ago
लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।