बेलायतको बर्मिङहममा घन्किए मौलिक तीजका भाकाहरु

  • मंगलबार, १९ भदौ, २०७५
  • 2 months ago
  • युके

 

लण्डन । 

 

अर्को सालको तीजमा त जान्छु मेरै देशमा

लाली गुरांस फूल टिपेर लाउंछु केशमा....

 

सोमबार बर्मिङहममा आयोजना भएको तीज विशेष कार्यक्रम बेलायतका अन्य ठाउंमा भइरहने कार्यक्रम भन्दा विल्कुलै भिन्न बन्यो । रेकर्डेड गीतहरु बजाएर डिजे डान्स गर्ने र नेपालबाट आएका कलाकारले प्रत्यक्ष गाएर नचाउने आम ट्रेण्ड भन्दा फरक मौलिक तीजका भाकाहरु समेत कार्यक्रममा घन्किए । 

 

शान्ति नेपाली समाज बेलायतले आयोजना गरेको कार्यक्रममा नेपालबाट आएका झण्डै आधा दर्जन राष्ट्रिय कलाकारले  बेजोड प्रस्तुति गरेका थिए । सोहि अवसरमा आयोजित तीजगीत प्रतियोगितामा मिडल्यान्डका विभिन्न ठाउंबाट आएका ६ टोलीले सहभागिता जनाए । 

 

 

प्रतियोगी टोलीहरुले नेपालका गाउंघरमा गाइने तीजका मौलिक भाकाहरु आकर्षक रुपमा प्रस्तुत गरे । अधिकांश भाकाहरुमा परदेशका व्यथाहरु बोलेका थिए । नारीका वेदनादेखि नेपालको राजनीति र पार्टीहरुप्रतिका गुनासोहरु समेत गीतमा पोखिए ।

 

घरका जहान भेट हुन महिना कुर्नुपर्दछ

चाडवाडमा नि घरमा एक्लै आंशु झर्दछ....

 

प्रतिस्पर्धामा सिर्जनशिल लेस्टर नेपालको टोली प्रथम तथा मनकामना महिला समुह, वेस्ट बर्मिचको टोली  दोस्रो र हाम्रो नेपाली समाज, वुल्भरह्याम्पटनको टोली तेस्रो बने । 

 

विजयी टोलीहरुलाई क्रमश ३ सय, २ सय र १ सय पाउण्ड नगदसति प्रमाणपत्रबाट पुरस्कृत गरियो । आयोजक शान्ति नेपाली समाजका अध्यक्ष कृष्ण ढकाल, आइएमई लण्डनका निर्देशक कमल पौडेल लगायतले विजेताहरुलाई पुरस्कार वितरण गरे । 

 

कार्यक्रममा प्रस्तुतिका लागि आएका लोकदोहोरीका राष्ट्रिय कलाकारहरु विमलराज क्षेत्री, रमेशराज भट्टराई, कला पंगेनी, कला लम्साल र सिर्जु अधिकरीका साथै पत्रकार, सर्जक फडिन्द्र भट्टराई र मञ्जु भण्डारी खरेलले निर्णायकको भुमिका गरे । 

 

 

बर्मिङहमको ह्याग्ली रोडमा अवस्थित रिजेनी ब्यांकेटिङ हलमा संस्थाका अध्यक्ष कृष्ण ढकालको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो चरणमा स्थानीय १ दर्जन बढि कलाकारहरुले तीजका गीतहरुमा आकर्षक नृत्य देखाएका थिए । 

अशोक भट्टराईले गायन प्रस्तुत गरे । समाजकी सक्रिय सदस्य सिता घिमिरे पौडेलले गजल वाचन गरिन् । त्यस्तै, नारायण बुढाथोकीको संयोजनमा प्रस्तुत गरिएको लाखे नाचले कार्यक्रममा रौनकता थप गरिदियो । 

 

 

कार्यक्रमा प्रमुख अतिथी चिरञ्जिवी ढकाल र विशेष अतिथी एनआरएन आइसिसी सदस्य रामशरण सिंखडाले शुभकामना मन्तव्य राखेका थिए । संस्थाकी उपाध्यक्ष सिता खरेलले स्वागत मन्तव्य दिइन् । कार्यक्रमको सञ्चालन सुनिता तिवारी र जानुका गैरेले गरेका थिए । 

 

कार्यक्रममा आयोजकले अपेक्षा गरेभन्दा पनि बढि झण्डै ८ सय जनाको सहभागिता थियो । मिडल्याण्डका लेस्टर, नटिङहम, वुल्भरह्याम्पटन लगायतका क्षेत्रका साथै लण्डनबाट समेत दर्जनौं दर्शकहरु कार्यक्रम हेर्न उपस्थित थिए । 

 

कार्यक्रमका प्रस्तुतिहरुबाहेक व्यवस्थापन र सञ्चालनको पक्षबाट पनि शान्ति नेपाली समाज बेलायतका अन्य नेपाली संघसंस्थाहरुमाझ उदाहरणीय र फरक देख्न सकिन्थ्यो । कार्यक्रमका त्यति धेरै सहभागीहरुको लागि समेत संस्थाका  सदस्य स्वयमसेवकहरुले कार्यक्रमस्थलमै आफै खाना पकाएर टेबल, टेबलमै सर्भ गरेका थिए । अरु कार्यक्रमहरुमा जस्तो धेरै भाषण पनि नरहेको कारण कार्यक्रम थप मनोरञ्जनात्मक बनेको थियो । 

 

 

(तस्बिरहरु : राजेन्द्र पौडेल र टिका अधिकारी )


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 11 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 12 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 12 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर