IIMS College

ISMT

HUB Education

करिब ८ सय महिला गर्भवती रहेकाे सिंगै गाउँपालिका प्रसूतिगृहविहीन

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

महोत्तरी । महोत्तरी जिल्लाको एउटा सिङ्गो गाउँपालिकामा प्रसूतिगृह (बर्थिङ सेन्टर) नहुँदा बिरामीलाई अन्यत्र लैजान कठिन भएको छ । जिल्लाको महोत्तरी गाउँपालिका प्रसूतिगृहविहीन भएकाले त्यहाँका गर्भवती महिलालाई सुरक्षितरुपमा बच्चा पाउन समस्या भएको हो ।

 

तीस हजार हजारभन्दा बढी जनसङ्ख्या रहेको त्यस गाउँपालिकामा अहिले करीब ८०० महिला गर्भवती छन् तर गाउँपालिकाभरि एउटा पनि प्रसूतिगृह नरहेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक सरोजकुमार झाले बताए । उनका अनुसार एउटा पनि प्रसूतिगृह नहुँदा त्यहाँका महिला जोखिमपूर्ण अवस्थामा बच्चा जन्माउन बाध्य छन् । 

 

पहिलेका तीन गाविस महोत्तरी, गोनरपुरा र डाम्हीमडै मिलेर नयाँ बनेको उक्त गाउँपालिकामा मात्र तीन स्वास्थ्य चौकी भए पनि प्रसूति गराउने व्यवस्था नभएकाले गर्भवती महिलालाई सदरमुकामस्थित जिल्ला अस्पताल वा जनकपुर अञ्चल अस्पताल जानुपर्ने बाध्यता रहेको वडा नं. ५ का महिला स्वास्थ्य स्वयंसेविका बेदनीदेवी महतोले बताइन् ।

 

उनका अनुसार दिउँसो ब्यथा लागेर प्रसूति हुने महिला समयमै सुविधा सम्पन्न अस्पतालमा जान सक्ने तर बेलुका र रातिको समयमा ब्यथा लाग्ने महिलाका लागि भने समस्या छ । उक्त गाउँपालिकाका अध्यक्ष सुनिलकुमार रायले चाँडै सुविधा सम्पन्न प्रसूतिगृह निर्माण गर्ने र त्यसका लागि सम्बन्धित निकायबाट पहल भइरहेको बताए ।

 

उनले आफ्नो क्षेत्रभित्रका गर्भवती महिलालाई सुरक्षितरुपमा प्रसूति गराउन स्वास्थ्य चौकीका महिला स्वास्थ्यकर्मीलाई तालीमसमेत दिन थालिएको जानकारी दिए । (रासस) 


थप समाचार

लगातार वर्षा हुँदा अन्नपूर्ण गाउँपालिकामा बाढिपहिरो

  • 7 minutes ago
लगातार वर्षा हुँदा अन्नपूर्ण गाउँपालिकामा बाढिपहिरो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनयता लगातार परेको पानीका कारण ठूलो क्षति पुगेको छ । गाउँपालिकाअन्तर्गत वडा नं १ को भारतीथर, २ को डाँडागाउँ, ३ कोे पाउँदुर, ६ को लुम्लेका साथै वडा नं १०,

पुस्तक आयातमा लगाइएको भ्याट फिर्ता लिन माग

  • 34 minutes ago
पुस्तक आयातमा लगाइएको भ्याट फिर्ता लिन माग

काठमाडौँ । विदेशी पुस्तक आयातकर्ताहरुले पुस्तक आयातमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)प्रति आपत्ति जनाउँदै कर फिर्ता लिन पुनः अर्थमन्त्रालयसित माग गरेका छन् । मन्त्रालयले साउन १ गतेदेखि आया

बलात्कार गरी हत्या गर्ने दुई जनालाई आजीवन कारावास !

  • 36 minutes ago
बलात्कार गरी हत्या गर्ने दुई जनालाई आजीवन कारावास !

धनुषा । एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ । सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्ण बताउँछन्, यी ६ कुराहरुलाई कहिल्यै अपमान नगर्नु नत्र मनुष्यको नाश हुनेछ

श्रीकृष्ण बताउँछन्, यी ६ कुराहरुलाई कहिल्यै अपमान नगर्नु नत्र मनुष्यको नाश हुनेछ

काठमाडौं । श्रीमद् भागवतमा कैयौं पौराणिक कथाहरु रहेका छन् । यसका साथै जीवनका कैयौं नीति तथा रीतिरीवाजहरु यसमा समावेश गरिएको छ । भगवान कृष्णले आफ्नो उपदेशमा यस्तै एक नीति बताएका छन् । कृष्णले यस्ता ६ कुराहरुको बारेमा बताएका छन्, जसको बारेमा नराम्रो सोचेमा मानवलाई हानी पुग्न जान्छ । उक्त ६ कुराहरुको अपमान गरेमा मानिसले स्वयं यसको दुष्परिणाम झेल्नुपर्छ ।

विचित्र विश्व

विश्वकै कहालीलाग्दा १० पुलहरु

विश्वकै कहालीलाग्दा १० पुलहरु

एजेन्सी । विश्वमा विभिन्न ठाउँहरु रहेका छन् जसलाई पुलको माध्यमबाट जोड्ने गरिन्छ । आधुनिक युगको विकास सँगै यस्ता विभिन्न पुलहरु पनि निर्माण भएका छन् जुन मानवको कल्पना भन्दा बाहिर रहेका छन् । यसै सन्दर्भमा विश्वमा रहेका १० पुलहरुबारे जानकारी लिऔं जसमा यात्रा गर्न एकदमै डरलाग्दो हुन्छ ।