त्यसपछि खित्का छोडेर हाँसिन्...

पानी रोकिएको थिएन । साँझ ढल्किसकेको थियो । तर मलाई भने उज्यालो हुँदैछ र अब बाँकी जीवन सुनाउन पाइन्छ, जसले गर्दा उनी र मबीच आत्मीयता बढोस् जस्तो महसुस भइरहेको थियो । मलाई लाग्थ्यो, मेरो जीवन नै एउटा उपन्यास हो र उसले मलाई पढिदियोस् । 

 

तर त्यो सम्भव थिएन । शायद मलाई एउटा कुराको याद आइरहेको थियो, छ र पो वास्ता नहोला तर गुमाएपछि मात्र थाहा हुन्छ कसको महत्व कति हुन्छ भनेर । तर हामीले कसैलाई पाएका थियौँ न त गुमाउनु पर्ने चिन्ता नै । त्यत्तिकैमा उनले सोधिन्, ‘तैले पत्रकारिता बिषय नै पढेको हो ?’ अब भने मलाई हाँस्नुको विकल्प थिएन । किनकि शायद पत्रकारिता नगरेको भए आज कसरी भेट हुन्थ्यो ? र, उपन्यासकी पात्र हुन्थ्यौ र ?

 

यति बोलिसकेपछि उनी रिसले चुर भइन् । लाग्थ्यो औँसीको कालो रातमा पनि मडारिएको कालो बादल अब झरीको रुपमा वर्षिदैँछ । उनको गोरो अनुहारका रिसले कालो भएको रङ्ग प्रष्ट देखिन्थ्यो । परिस्थितिलाई सामना गर्ने मसँग सामथ्र्य थिएन । 

 

किनकि उनको र मेरो लक्ष्य फरक छ । उद्देश्य फरक छ । सोच फरक छ, विचार फरक छ । तर समान छ त केवल मानवीयता मात्र । त्यत्तिकैमा उनले फेरि आफैँ भनिन्, ‘कस्तो ढक्कन रैछ ? नेपालका सञ्चारमाध्यममा पत्रकारिता विषय नपढेर पनि पत्रकारिता गरेको देखेको सुनेको छु । तलाई थाहा छ ? पत्रकारिता त्यो मान्छेले गर्ने पेशा हो जोसँग एक्युरिसी (ए) व्यालेन्स (बी) र क्रेडिबिलिटी (सि) हुन्छ । तर नेपालका मिडिया हाउसमा एबिसी त हुन्छ तर ए– आफ्नो, बि– बन्न सक्नेहरु, सि– चान्समा डान्स गर्न दिनेहरुमात्र पत्रकारितामा टिक्छन् । त्यही भएर तँ पनि त्यस्तै हो कि भनेर ।’

 

यति वाण प्रहार गरिसकेपछि उनी मुस्कुराईन । तर मलाई भने प्रहारले निकै सोच्न बाध्य बनायो मेरो पेशाप्रति । बाँकी कुरालाई तपशिलमा राख्दै मैले पत्रकारिता सूरु गर्नु भन्दा अगाडिको सत्य घटना सुनाए ।

 

त्यतिखेर म पत्रकारिता बिषय लगेर ११ पढ्दै थिएँ । सायद कोर्षको करिब करिब अन्तिमतिर आइपुगेका थियौँ । हामीले प्रयोगात्मकका लागि फिल्डमा जानुपर्ने भयो । हामी पत्रकारिता विषय लिएर पढ्ने पहिलो व्याजमा ५ जना थियौँ । जसमा ३ जना केटी साथी र २ जना केटा । मैले केटाकेटी किन भनेको भने त्यतिखेर ५ जनामध्य कसैले पनि बिहे गरेका थिएनौँ । 

 

प्रयोगात्मकका लागि विषय शिक्षकले फिल्डमा खटाउनुभयो । हाल उहाँ मध्यपश्चिम विश्वविद्यालयको रजिस्टार हुनुहुन्छ । उहाँले खटाउने क्रममा मैले ट्राफिक प्रहरी सम्बन्धी रिपोर्ट बनाउने जिम्मा पाएँ । म कलम र कापी बोकेर कलेजबाट ट्राफिक प्रहरी कार्यालयतिर प्रस्थान गरे । 

 

तर म एक्लै जान नसकेर तीनजनालाई साथमा लगेर गएको थिएँ । किनकि मलाई मेरो पत्रकारिताको पहिलो स्टोरी बनाउनुथियो । जुन मलाई ज्ञान त थियो व्यवहारमा लागु भएको थिएन । मेरो सहयोगीका रुपमा मैले दाइ, भाइ र जेठान (हाल) पर्नेलाई लगेर गए ।

 

करीब आधा घण्टा हिँडेर पुगियो । म पुग्दा सबै आआफ्नो काममा व्यस्त हुनुहुन्थ्यो । कसलाई के भन्नेसम्म पनि मलाई थाहा थिएन । मनमा डर बाहेक अरु केही थिएन । मुटुको धड्कनको कुरा गर्ने हो भने अहिले पनि पसिना छुट्छ मलाई त्यो धड्काई सम्झिँदा । सबैले आफ्नो काम सकाएर हामी भएतिर आउनुभयो । 

 

सद्दबिस्तार व्याख्या भएपछि गोल घेरा बनाएर बेञ्चमा राखियो । लाग्दैछ, म कुनै मेरो हुम्लामा बर्षौदेखि चल्दै आएको परम्परा जारीको बिषयमा उजुरी गर्न प्रहरीकहाँ आएको छु र अब कचहरी सुरु हुँदैछ । यति भएपछि सामान्य परिचय भयो । अब के सोध्नुछ, सोध्नुहोस, हामी बताऔंला भन्ने आदेशात्मक स्वीकृति आयो । 

 

मैले सुरु गरें, ‘अहिले अध्यक्ष को हुनुहुन्छ ?’ जब मैले यो प्रश्न गरें, तब करिब १० जना प्रहरी सापहरु एकै आवाजमा बोल्नुभयो, ‘हाम्रोमा अध्यक्ष उपाध्यक्ष हुन्न सर । इन्स्पेक्टर साप हुनुहुन्छ । त्यो भन्दा तल्लो पोस्ट सई साप, त्यसपछि असई साप अनि हवल्दार साप भन्ने हुन्छ । यति बोलिसक्दा मलाई पहिलो गाँसमै ढुंगा लागेको महसुस भयो र म पसिना पसिना भएँ । लाग्यो कि घामले म बाहेक अरु कसैलाई देखेन र भएजतिको प्रकाश मलाई नै फोकस गरेको छ । त्यतिखेर इन्स्पेक्टर सापले नेतृत्व गर्नुभएको रहेछ ।’

 

उहाँले भन्नुभयो, ‘तपाईलाई धेरै पसिना आयो । असहज महसुस नगर्नुस । ए भाइ, पानी ल्याइदे त सरलाई । एकजनालाई आदेश दिइसकेपछि पानी पिएँ मैले । अनि लाग्यो नेपाल प्रहरीमा यतिको इमान्दारिता राष्ट्रसेवकहरु छन् र पो राष्ट्रको शिर झुक्न दिएका रैनछन् । तर राष्ट्रको शिर जति निहुराए पनि सबै राजनैतिक व्यत्तिहरुको देन रैछ । मैले सोध्न त सोधें तर‘। त्यसपछि खित्का छोडेर हाँसिन् उनी ।


थप समाचार

यी हुन् माओवादीको भागमा परेका जिल्लामा नेतृत्व गर्ने जिल्ला अध्यक्षहरु

  • 1 minute ago
यी हुन् माओवादीको भागमा परेका जिल्लामा नेतृत्व गर्ने जिल्ला अध्यक्षहरु

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रको एकतामा जिल्ला नेतृत्वको भागबण्डापछि माओवादीतर्फबाट नेतृत्व गर्नेको सूची बाहिर आएको छ ।

एकपछि अर्को गर्दै अमेरिकाको घमण्ड तोडिदै, विश्वकै सबैभन्दा अग्ला भवनहरु एसियामा

  • 6 minutes ago
एकपछि अर्को गर्दै अमेरिकाको घमण्ड तोडिदै, विश्वकै सबैभन्दा अग्ला भवनहरु एसियामा

एजेन्सी । सन् २०१० यता विश्वकै सबैभन्दा ठुलो बिल्डिङ बुर्ज खलिफा हो । २० वर्ष अगाडि ७५ प्रतिशत विश्वकै अग्ला भवनहरु उत्तर अमेरिका रहेका थिए ।

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

  • 25 minutes ago
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।