Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रकाश पुरी र सुनिता दुलालले ल्याए गरिबको दशैं गीत

प्रकाश पुरी र सुनिता दुलालले ल्याए गरिबको दशैं गीत


काठमाडौँ। तिज सकिए लगत्तै नेपाली गायक गायिकाहरु दशैं तिहार गीतको सृजनामा व्यस्त छन्। यसै क्रममा यही छेकोमा गायक प्रकाश पुरीले यो दशैंलाई लक्षित गरेर नयाँ लोक दोहोरी दशैं गीत ‘गरिबको दशैं…’ बजारमा आएका छन्। उनले यो गीतको भिडियो शुभसाईत म्युजिक युट्युव च्यानलबाट रिलिज गरेका छन्।

यो गीतमा गायक प्रकाश पुरीलाई गायिका सुनिता दुलालले स्वरमा साथ दिएकी छिन्। प्रकाश र सुनिताको स्वरमा यो गीत निकै कर्णप्रिय बनेको छ। गीतमा गरिवहरुको दशैं कस्तो हुन्छ भन्ने व्याथा व्यक्त गरिएको छ।
दशैं पर्व गरिबहरुका लागि दशा बन्ने गरेकोले सो पीडालाई यो गीतमा उतारेको गायक प्रकाश पुरीले बताएका छन्। गीतमा प्रकाशकै शब्द, रेशम थापाको थेगो तथा संगीत रहेको छ।

गीतलाई आरके मिलनले संगीत संयोजन, खड्ग बाजुरालीको मिक्सिङ र मास्टरिङ रहेको छ।
यो दशैं गीतको भिडियो निरेन श्रेष्ठले निर्देशन गरेका हुन्। आर्थिक अभावका कारण दशैंमा एक दम्पत्तिले भोग्नु परेको पीडालाई निरेनले यो गीतको भिडियोमा दर्शाएका छन्। यो गीतको भिडियोमा जुना गुरुङ, राजन पुरी, रमेश श्रेष्ठ, राज गिरी, अनुषा गिरी, शर्मिला श्रेष्ठ बलामी र देवकी गिरीको अभिनय रहेको छ।

विष्णु खड्काले सम्पादन गरेको यो गीतको भिडियोमा राम केसीको छायाँकन, कविन्द्र खड्काको सृँगार रहेको छ। भिडियोलाई रोयल मुभिज प्रा.लि.ले उत्पादन गरेको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT