यी ७ अवस्थामा तितेकरेला खाँदै नखानुहोस्

एजेन्सी । तरकारी वा अचारको रुपमा प्रयोग हुने तितेकरेलाबाट स्वास्थ्यका लागि आवश्यक पर्ने कुराहरु पाइन्छ । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । यहाँ हामीले कस्ता मानिसले तितेकरेला खानु हुँदैन भनेर जानकारी प्रस्तुत गरेका छौं ।

 

गर्भवती भएमा

 

करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो अवस्थामा करेला खाँदा ध्यान पुर्याउन जरुरी हुन्छ ।

 

फर्टिलिटी समस्या भएमा

 

यदि फर्टिलिटीसम्बन्धी औषधि लिइरहनुभएको छ भने करेला प्रयोग गर्दा ध्यान र्पुयाउन आवश्यक छ । करेलाको प्रयोगले फर्टिलिटीसम्बन्धी औषधिको प्रभावलाई कम गर्छ र रोगको मात्रा बढ्दै जान्छ । त्यसैले यस्तो समस्या भएको पुरुष र महिलाले करेला प्रयोग गर्नु हितकर हुँदैन ।

 

पायल्स भएमा

 

पायल्सको समस्या छ भने पनि तितेकरेलाबाट टाढै रहनुस् । किनकि, तितेकरेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउन मद्दत गर्छ ।

 

शल्यक्रियापछि

 

शल्यक्रिया गरेपछि पनि तितेकरेलाको प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । शल्यक्रिया भएको दुई हप्तापछि मात्र करेला प्रयोग गर्नु राम्रो हुन्छ ।

 

कलेजोको समस्या भएमा

 

तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ । त्यसैले कलेजोको रोगबाट ग्रसित मानिसले करेलाको प्रयोग गर्नु हुँदैन ।

 

महिनावारी समस्या

 

बढी करेला खानाले महिनावारीको समयमा अत्यधिक रक्तश्राव हुन सक्छ । त्यसैले महिनावारीको समस्या हुनेहरू करेलाबाट टाढा रहन जरुरी छ ।

 

कम सुगर भएमा

 

करेलाको प्रयोगले मानिसमा सुगरको मात्रा सामान्यभन्दा पनि तल झर्न सक्छ । सुगरको मात्रा कम हुनेहरूले भने कहिल्यै पनि करेला खानु हुँदैन ।


थप समाचार

सुन र चाँदीको मूल्य स्थिर

  • 33 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

  • 41 minutes ago
चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

दमौली । चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।

राेजगारीकाे लागि मलेसिया पुगेका धामी मृतअवस्थामा भेटिए

  • 45 minutes ago
राेजगारीकाे लागि मलेसिया पुगेका धामी मृतअवस्थामा भेटिए

दार्चुला । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।