थाहा पाउनुस् ब्ल्याक टी'को फाइदा, किन पिउने ?

संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

 

संसारभर नै हिजोआज धेरै जसो स्वास्थ्यमा हेक्का राख्नेहरु कालो चिया अर्थात् ‘ब्ल्याक टी’ सेवनमा लागेका छन् । कुनै देशमा चिनीजन्य गुलियो पदार्थ हालेर पिउने चलन छ भने कतै केही पनि नहाली सादा रुपमै पिइन्छ । चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउँछन्।

 

भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ । केहीले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउँछन्।

 

कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढी मात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि पाइन्छ । तर, यी तत्व न्यून मात्रामा पाइन्छन् ।

 

अमेरिकास्थित बोस्टन स्कुल अफ मेडिसिनका अनुसार ब्ल्याक टीले रक्तनलीमा हुने अवरोधलाई सामान्य बनाउँछ, जसका कारण स्ट्रोक हुने खतरा पनि कम हुन्छ ।

 

मुटु जोगाउँछ– मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ । यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा मुटुजन्य रोग लाग्ने सम्भावना कम हुन्छ ।

 

डाइरिया रोक्छ – कालो चियामा भएको क्षारीय गुणले पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ । त्यसैले डाइरिया पीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ।

 

दम – तातो झोलपदार्थले दमका रोगीहरुलाई आराम दिन्छ । यसले उनीहरुलाई श्वासप्रश्वास राम्रोसँग गर्न सहयोग गर्छ ।

 

पाचन समस्या हटाउँछ – यसमा पाइने विभिन्न रसायनहरुले पाचन प्रणालीमा सकारात्मक असर गर्छन् । यसले पाचन प्रणालीमा भएका समस्या हटाउँन मद्दत गर्छन् ।

 

कोलेस्टेरोल घटाउँन मद्दत गर्छ – अमेरिकन हर्ट एशोसियसनले गरेको अनुसन्धानमा नियमित रुपमा कालो चिया सेवन गर्नेमा खराब कोलेस्टेरोल घटेको पाइएको थियो । यो खराब कोलेस्टेरोल हृदयाघातको मुख्य कारण मानिन्छ।

 

स्तन क्यान्सर हुन दिँदैँन – ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि स्तन क्यान्सर हुनबाट बचाउँछ । चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ । यस्तै, कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ।

 

मुख स्वास्थ्यमा सहयोगी – टी ट्रेड हेल्थ रिसर्च एशोसियसनको सहयोगमा गरिएको एक अध्ययनले ब्ल्याक टीले दाँतमा फोहोर निर्माण हुन दिँदैन र ब्याक्टेरिया उत्पादन रोक्छ । कालो चियामा पाइने पोलिफेनाइल तत्वले सडन हुन जिम्मेवार मानिएको ब्याक्टेरिया मार्छ । यसका साथै ब्ल्याक टीले मधुमेहको खतरा कम गर्छ, रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र तनाव कम गर्न मद्दत गर्छ।


थप समाचार

प्रकाश दाहाल निधनकाे एक वर्ष, स्मृतिमा विभिन्न कार्यक्रम गरिदैँ

  • 30 minutes ago
प्रकाश दाहाल निधनकाे एक वर्ष, स्मृतिमा विभिन्न कार्यक्रम गरिदैँ

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको निधन भएको एक वर्ष पुगेको छ ।

मन्त्री हुस्सु बन्दा सचिव सरुवामा किचलो

  • 43 minutes ago
मन्त्री हुस्सु बन्दा सचिव सरुवामा किचलो

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै सरकार कानूनी झैझमेलामा फस्दै आइरहेको छ । यो सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गरे पनि त्यो पनि न्यायपालिकाको उ

हरिबाेधनी एकादशी मेला भर्न शेषनारायण मन्दिरमा दर्शनार्थीकाे भीड

  • 51 minutes ago
हरिबाेधनी एकादशी मेला भर्न शेषनारायण मन्दिरमा दर्शनार्थीकाे भीड

काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।