सैनिक विमानस्थलमा बिस्फोटन

बेरुत । सिरियाको राजधानी दमास्कस नजिकको सिरियाली सैनिक विमानस्थलमा शनिबार राति ठूलो विस्फोटन भएको छ । दमास्कसस्थित एक गैससले “इजरायली आक्रमणको सम्भावना” औंल्याए पनि सरकारी सञ्चार माध्यमले प्राविधिक त्रुटीका कारण हतियार भण्डारमा आगलागी भएको जनाएको छ । 

 

दमास्कसको पश्चिमी इलाकामा रहेको माज सैनिक विमानस्थललाई लक्षित गरी “इजरायलले प्रहार गरेको क्षेप्यास्त्रबाट हतियार भण्डारमा क्षति पुगेको” सिरियाली अब्जर्भेटरी फर ह्यूमन राइट्सका प्रमुख रामी आब्देल रहमानले बताए । 

 

यो विमानस्थलमा सिरियाली हवाई सैन्यको जासुसी संयन्त्र रहेको छ । सन् २०१७ को प्रारम्भमा पनि यस्तै आक्रमण हुँदा सिरिया सरकारले छिमेकी मुलुक इजरायलमाथि आरोप लगाएको थियो । 

 

सिरियाली सैनिक स्रोतहरुले माज हवाई अखडा इजरायलीहरुको निशानामा नरहेको बताएका छन् । सरकारी समाचार संस्था सानाले सेनाको भनाइ उद्धृत गर्दै लेखेको छ, “हतियार भण्डारमा विस्फोट भएको तर त्यो विद्युतीय गडबडीका कारण भएको हो ।” 

 

इजरायलले सिरिया द्वन्द्वमा प्रत्यक्ष सहभागिता जनाएको छैन, तर सिरियाभित्र रहेर इजरायल बिरोधी गतिविधिमा संलग्न हेजबोल्लाह समेतका लडाकू समूहलाई केन्द्रित गरी दर्जनौं हवाई हमला गरेको इजरायलले बताउँदै आएको छ । 

 

यही साताको सुरुमा पनि इजरायलले सिरियाभित्र सक्रिय इरानी सैनिक अखडामाथि आक्रमण गर्ने चेतावनी दिएको थियो । “सिरियाभित्र लडाका र विकसित हतियार प्रणाली स्थापना गर्ने इरानको प्रयत्नलाई ध्वस्त बनाउन इजरायली सेना प्रतिबद्ध छ,” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताए । 

 

जुलाईमा, उत्तरी अलेप्पोको एउटा सैनिक जाँच चौकीमा इजरायलले बम आक्रमण गरेको सिरियाले आरोप लगाएको छ । अब्जर्भेटरीका अनुसार उक्त आक्रमणबाट कम्तीमा नौजना सिरियाली सैनिक मारिएका थिए । 

 

सिरियाको द्वन्द्व आरम्भ भएको सात वर्षपछि मात्र सिरियाली सेनाले बिद्रोही र जिहादीको कब्जामा रहेको सम्पूर्ण मुलुकको करिब दुई तिहाई क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सफल भएको छ । 

 

सिरियाली सैनिकलाई रसिया र इरानी सेनाले मद्दत गरेका छन् । साथै, लेबनानी हेज्बोल्लाह लडाकु तथा इराकी, इरानी र अफगान मिलिसियाले पनि सिरियाली सरकारी फौजलाई सहयोग गरिरहेका छन् । 


थप समाचार

आज म्यान्चेस्टर डर्बी, दुबै क्बलको लागि ‘डु अर डाई’ खेल (प्रिभ्यू)

  • 6 minutes ago
आज म्यान्चेस्टर डर्बी, दुबै क्बलको लागि ‘डु अर डाई’ खेल (प्रिभ्यू)

काठमाडौँ । आज इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले घरेलु प्रतिद्धन्द्धी म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोडमा हुने खेल नेपाली

राष्ट्रपतिबाट हुने कार्यसम्पादन उपराष्ट्रपतिले गर्ने

  • 16 minutes ago
राष्ट्रपतिबाट हुने कार्यसम्पादन उपराष्ट्रपतिले गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिने गरी तोकेकी छन् । राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी स

पराकम्पकाे ह्याट्रिक, नाैबिसे केन्द्रविन्दु भएर दियाे तेस्राे धक्का

  • 34 minutes ago
पराकम्पकाे ह्याट्रिक, नाैबिसे केन्द्रविन्दु भएर दियाे तेस्राे धक्का

काठमाण्डौ । विनाशकारी भूकम्प गएको ४ वर्ष पुग्नु एकदिन अघि धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्रो परकम्प गएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।