के हो मोतिविन्दु ? यस्तो छ रोकथाम र उपचार विधि

Education Park

आँखाको पारदर्शीतामा धमिलोपन आई हेर्ने क्षमतामा कमी आउनुलाई मोतिविन्दु भएको भनिन्छ । नेपालमा अन्धोपन तथा न्यून दृष्टि गराउने आँखाको समस्यामध्ये मोतिविन्दु प्रमुख कारण हो । प्राय उमेर बढ्दै गएपछि अधिकांश मानिसमा यो देखिने गर्छ । 

 

कारणः

– बुढेसकालमा प्रोटिनको कमीका कारण आँखाको लेन्स क्षमतामा कमी आउँछ । फलस्वरुप आँखाले धमिलो देख्न थाल्छ । 

 

– मधुमेह र हाइपरटेन्सन जस्ता रोगका कारणसमेत मोतिविन्दु हुने गरेको पाइन्छ । शरीरका विषाक्त पदार्थको मात्रा बढ्नु, विकिरण, सूर्यको परावैजनी किरण, सूर्तीजन्य पदार्थको सेवन आदी बाह्य कारणले आँखामा असर गर्छ । 

 

रोकथाम तथा उपचार

– मोतिविन्दु भइसकेपछि सबैभन्दा बढी प्रभावकारी उपचार शल्यक्रियानै हो । यो रोग औषधिले ठीक हुँदैन । शल्यक्रिया भनेको पूरानो लेन्स निकालेर कृतिम लेन्स राख्ने हो । आँखामा रहेको लेन्सलाई ढाक्ने झिल्लीमा सानो प्वाल पारेर लेन्स निकालिन्छ । यो सानो तर सुरक्षित शल्यक्रिया हो । 

 

– मोतिविन्दुका कारण आँखाको दृष्टिमा समस्या भएमा शल्यक्रियाबाट पूर्ण रुपमा ठीक गर्न सकिन्छ । यो जानकारी आजको नयाँ पत्रिका दैनिकबाट ।


थप समाचार

भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

  • 7 minutes ago
भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

खार्तूम । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उनीमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ ।

कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

  • 13 minutes ago
कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

काठमाडौँ । उरुग्वेले इक्वेडरलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न कोपा अमेरिका अन्तर्गतको खेलमा उरुग्वेले इक्वेडरमाथि ४–० गोलको जित निकालेको हो ।

हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

  • 23 minutes ago
हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत हाई भोल्टेज गेममा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गरेको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

गाजरमा हिराको औँठी !

गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।