IIMS College

ISMT

HUB Education

ब्लड प्रेसर लो भएमा...

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ। रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाह नहुन सक्छ। तपाई वा तपाईको कोही आफन्तजन न्यून छ भने तपाईले निम्न उल्लेखित तरिका अप्नाउन सक्नुहुन्छ।

 

मदिरा त्याग्ने र बढी पानी पिउनेः मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ। हरेक १० ग्राम रक्सि पिउदा तपाईको प्रेस १ एमएमएचजीले बृद्धि हुन्छ। तर न्यून रक्तचाप छ भन्दैमा कहिल्यै पनि मदिरा पिउने भूल नगर्नुहोस। अत्यधिक अल्कोहलको मात्राले डिहाइड्रेसन ल्याउछ र झन् रक्तचापको मात्रा घट्छ। बरु प्रर्याप्त मात्रामा पानी पिउनुहोस जसले रक्त प्रबाह सशक्त र तीब्र हुन्छ। शरिरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट थोरै मात्रामा भएमा जोगिन सकिन्छ।

 

नूनको मात्रालाई अनुगमन गर्नुहोसः रक्तचाप बढी भएको अवस्थामा निश्चय नै नुनको मात्रा घटाउनु बुद्धिमानी हुनेछ। तर रक्तचाप कमि भयो भन्दैमा नुनको मात्रा बढाउनु कदापी राम्रो होइन। नुनको मात्रा बृद्धि गर्दा उच्च रक्तचापको खतरामा बढाउछ, अंगहरुलाई असर गर्छ र स्वास्थ्यसम्बन्धी अन्य जटिलता ल्याउछ। चिकित्सकले सुझाब दिएको दैनिक २ देखि ३ एमजी नुनमात्र प्रयोग गर्नुपर्छ।

 

आकस्मिक शारिरिक गतिविधि त्याग्नुहोसः आँखा धमिलो देखिनु र टाउको हल्का दुख्नु न्युन रक्तचापका लक्षणहरु भएकोले शरिरको पोजिसन परिवर्तन गर्दा विशेष सावधानी पुयाउनुहोस्। बेडबाट उठ्दा वा बसिरहेको कुनै स्थानबाट उठ्दा यस्तो ख्याल गर्नुपर्छ। झटपट उठ्दा रक्तचाप न्यून भएको बेला आँखा धमिलो हुने वा दुर्घटना निम्तिन सक्छ। तसर्थ उभिनु भन्दा अगाडि पैतला र खुट्टालाई हल्का दबाउनुहोस। ओछ्यानबाट उठ्नुअघि पनि ओछ्यानमा केही सेकेन्ड बसेर मात्र उभिनुहोस्।

 

उच्च कार्बोहाइड्रेडयुक्त खानाको मात्रा कम खानुहोसः न्यून रक्तचाप भएका मानिसलाई सामान्यतया उच्च कार्बोहाइड्रेडयुक्त खानेकुरा खान सुझाब दिइदैन। कार्बोहाइडे«डयुक्त खानेकुरा घटाउदा सिस्टोलिक ब्लड प्रेसर घट्ने र खाना खाएपछि हुने हाइपरटेन्सन ९पोस्टपेन्डियल० घट्छ।  

 

तातो पानी र स्टिम नलिनुहोसः लामो समयसम्म तातो पानीले नुहाउदा वा वाफ लिदा आँखा धमिलो हुने र हल्का टाउको दुख्छ। तसर्थ आरामदायी वाथ ट्युबमा सुतेर तातो पानीले ननुहाउनुहोस। बरु यसको सट्टा कुर्चीमा बस्नुहोस। सकभर कुर्चीमा बसेर नहुाउनुहोस्। कुर्चीबाट उठ्दा पैतला तथा खुट्टालाई एक पटक हल्का दबाएर मात्र उठ्नुहोस्।  

 

बारम्बार खाना खानुहोसः रक्तचाप न्यून भएका मानिसहरुमा खानापछि हाइपरटेन्सन वा आँखा धमिलो हुने समस्या हुने भएकोले एकै पटक धेरै खाना नखानुोस। बरु हरेक दुई दुई घन्टामा थोरै थोरै खानुहोस्।


थप समाचार

भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

  • 28 minutes ago
भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

काठमाडौँ । सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । कोरोनाको प्रभावका कारण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष खारेज भएको जानकारी दिएको हो । यसअघि फागुन १८ गते उपप्रधानमन्त्

पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

  • 48 minutes ago
पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 1 hour ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले लकडाउनको समयमा पनि आफ्नो शरीरलाई चलायमान बनाउन आग्रह गरेको छ । कुनै पनि गतिविधि नगरी घरमै बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै कसरत गर्न आग्रह गरेको हो । लकडाउनको समयमा घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने,

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।