नेपालमा लगानी र व्यापारका अवसरहरुबारे लण्डन दूतावासमा चर्चा

  • बुधबार, २८ कार्तिक, २०७५
  • 4 weeks ago
  • युके

तस्विरहरु : शिव भण्डारी 

 

लण्डन । लण्डनस्थित नेपाली दूतावासमा मंगलबार सांझ नेपालमा लगानी तथा व्यापारका लागि रहेका विभिन्न अवसरहरुका सम्बन्धमा चर्चा भयो ।

 

दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी) मिलेर आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले नेपालमा विदेशी लगानी तथा व्यापारको लागि अहिले अनुकुल समय रहेको धारणा राखे ।

 

मुलुकमा अहिले स्थापित भएको राजनीतिक स्थिरता, बहुमतप्राप्त स्थायी सरकार तथा सरकारले आर्थिक समृद्धिको मुलमन्त्र आत्मसात गरेको जस्ता सन्दर्भहरुमा नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको ठहर उनीहरुको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले नेपाल लगानीको लागि 'भर्जिन ल्याण्ड' रहेको उल्लेख गर्दै प्रतिस्पर्धा शुन्यप्राय रहेकाले विदेशी लगानीको लागि नाफा ग्यारेन्टीसहितको अवसर रहेको बताए । 

 

विदेशी लगानीलाई आकर्षित गर्न तथा लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको जनाउंदै उनले सोहिअनुसार थप सहज नीति तथा व्यवस्था निर्माणको लागि प्रक्रिया अघि बढेको जानकारी पनि दिए । 

बेलायत र नेपालीचको दुई शताब्दी लामो सम्बन्ध सदैव उत्तम अवस्थामा रहेको तथा आगामी दिनमा दुवै पक्षलाई हित हुने गरी यो सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध रहेको उनको भनाइ थियो । 

 

परराष्ट्र सचिव शंकरदास वैरागी

 

नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले नेपालमा पछिल्लो समय लगानीको लागि थप सहज वातावरण निर्माण भएको बताए । 

 

'स्थायी सरकारले सरकारका नीति तथा कार्यक्रमहरुमा पनि स्थायीत्व सुनिश्चित गर्छ', राजदूत मोरिसले भने, 'लगानीकर्ताहरुको चाहनाअनुसार सरकारले गरेका प्रतिबद्धता र निर्माण गरेका नीतिहरु कार्यान्वयनका लागि पर्याप्त समय रहन्छ ।'

 

नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र तथा आर्थिक विकासको एक महत्वपुर्ण साझेदार मुलुकका रुपमा बेलायतले नेपालमा लगानी तथा व्यापारका क्षेत्रमा भएका सकारात्मक परिवर्तनहरुलाई स्वागत गर्ने र सोहिअनुसार आवश्यक सहयोगको लागि तयार रहने उनले बताए । 

 

नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिस

 

 

स्वागत मन्तव्य राख्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालको वर्तमान सरकारले आर्थिक विकासलाई आफ्नो प्राथमिक लक्ष्य बनाएको तथा व्यापार र लगानीलाई उत्साहित गर्न उदार आर्थिक नीतिहरु ल्याएको जानकारी गराए । 

 

देशमा विदेशी लगानी बढाउने उद्धेश्यले नीतिहरु तथा वातावरण निर्माण भइरहेको उल्लेख गर्दै राजदूत डा सुवेदीले हाइड्रो, पर्यटन, शिक्षा, स्वास्थ्य, सुचना तथा प्रविधि लगायतका विभिन्न क्षेत्रमा लगानीलाई प्रोत्साहित गरिएको बताए । 

 

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी

 

कार्यक्रममा नेपालको लागि बेलायतको सर्वदलीय संसदीय समितिका उपप्रमुख लर्ड शेख, बिएनसिसी सल्लाहकार लर्ड अर्ल अफ स्याण्डविच,  बेलायती राजनीतिज्ञ किसन देवानी लगायतले मन्तव्य राख्दै नेपालमा लगानी र व्यापारको लागि असंख्य अवसरहरु रहेको चर्चा गरे ।  उनीहरुले बेलायत र नेपालबीचको व्यापार सम्बन्धलाई थप बिस्तार गर्नुपर्नेमा जोड दिए । 

 

कार्यक्रममा ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कंडेलले नेपालमा व्यापार तथा लगानीका लागि रहेका अवसरहरुबारे एक प्रिजेन्टेसन गरेका थिए । नेपालमा सफलतापूर्वक विभिन्न व्यापार तथा लगानी गरिरहेका विदेशी कम्पनीहरुको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष कंडेलले नेपालमा हाईड्रो र पर्यटनका अलावा शिक्षा, स्वास्थ्य, सुचना तथा प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा पनि लगानीको लागि प्रशस्त अवसरहरु रहेको उल्लेख गरे । 

 

ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कंडेल

 

बेलायती दातृ निकाय डिएफआईडिले गरिरहेका कार्यहरुबारे भेरिटी म्याकक्रमले प्रिजेन्टेसन गरेकी थिइन्  । त्यस्तै, पूर्वी नेपालमा विद्युतिकरणका लागि समुदायले व्यवस्थापन गरेका इन्टरप्राइजेज तथा फाइबर प्रोडक्टको मार्केटिंग तथा प्रोसेसिङका बारेमा गरिएको केस स्टडीबारे ट्रान्ज रुरल ट्रस्टका ट्रेभर लुसीले तथा नेपालमा हाईड्रोपावरको क्षेत्रमा रहेका अवसरहरुबारे ईञ्जिनियर रामहरि पौडेलले छुट्टाछुट्टै प्रिजेन्टेसन गरेका थिए । नेपालमा बेलायती लगानीलाई प्रोत्साहन गर्न बिएनसिसीले गरिरहेका कार्यहरुबारे रिचर्ड पेलीले बताएका थिए । 

 

कार्यक्रममा बेलायत तथा नेपाल सरकारका अधिकारीहरुको साथै नेपालमा विभिन्न लगानी तथा व्यापारमा संलग्न बेलायती तथा नेपाली समुदायका लगानीकर्ता, व्यवसायी , ईच्छुक लगानीकर्ता , बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधी लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन लण्डन दूतावासका उपप्रमुख शरदराज आरनले गरेका थिए ।

 

 

कार्यक्रमको अन्त्यमा प्रसुना कंडेल, सुस्मिता थापा, बिनु लामिछाने, जुनु श्रेष्ठ सहितका कलाकारले  सांस्कृतिक प्रस्तुति देखाएका थिए । 

 

लण्डनस्थित नेपाली दूतावासमा नेपाल डेभलपमेन्ट कन्फरेन्सको चौंथो श्रृंखलाका रुपमा  लगानी तथा व्यापारसम्बन्धी यो कार्यक्रम आयोजना गरिएको हो । 

 

 


थप समाचार

बेलायती प्रधानमन्त्रीले जितिन् पार्टीमा विश्वासको मत

  • 15 minutes ago
बेलायती प्रधानमन्त्रीले जितिन् पार्टीमा विश्वासको मत

लण्डन । बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टीमा प्रधानमन्त्री टेरेसा मेले विश्वासको मत सुरक्षित गरेकी छन् । भर्खरै सार्वजनिक नतिजाअनुसार कञ्जरभेटिभ पार्टीका कुल ३ सय १७ सांसदमध्ये २ सय जना सांसदको मत प्

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 8 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन ९एन ए ए ० को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 9 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए ) को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।