विदेशी लगानीप्रति प्रधानमन्त्री ओली सकारात्मक

  • मंगलबार, २८ जेष्ठ, २०७६
  • 5 days ago
  • युके
Education Park

 

 

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी) का प्रतिनिधिबीच मंगलबार भेटवार्ता भएको छ । 

 

मंगलबारलण्डनस्थित नेपाली दूतावासमा भएको भेटमा बेलायती, भारतीय मुलका बेलायती र नेपाली डायस्पोराका गरी बिएनसिसी आबद्ध  २० प्रतिनिधि सहभागी थिए । 

 

त्यसअवसरमा बिएनसिसीको तर्फबाट अध्यक्ष राजन कंडेलले आफुहरु नेपालमा विदेशी लगानी प्रबर्द्धनका  लागि नेपाल सरकरसंग सहकार्य गर्न तयार रहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए । 

 

नेपालमा प्रशस्तै अवसर देखेर आफुहरुले काम गर्न  खोजिरहेको भन्दै उनले आवश्यक वातावरण निर्माणका लागि सहयोग गर्न आफुहरु तयार रहेको बताएका थिए । 

 

बिएनसिसीले बेलायत र नेपालबीच निकट भविष्यमा हुन लागेको दोहोरो कर हटाउनेसम्बन्धी सन्धीलाई छिटो निश्कर्षमा पुर्याउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए । 

नेपाललाई शिक्षा तथा स्वास्थ्य पर्यटनको हबका रुपमा विकास गर्न सकिने सुझाव उनीहरुले दिएका थिए । 

 

त्यसअवसरमा बिएनसिसीले नेपालमा काम गर्ने क्रममा के कस्ता समस्याहरु छन् भन्ने विषयमा जानकारी गराउन प्रधानमन्त्रीलाई एक पत्र दिएका थिए ।

 

त्यसअवसरमा प्रधानमन्त्रीले आफ्नो सरकार विदेशी लगानीप्रति सकारात्मक रहेको बताएका थिए । लगानीलाई प्रोत्साहन गर्न विद्यमान समस्याहरु हटाउन आफुहरु प्रतिबद्ध रहेको उनको भनाइ थियो । 

 


थप समाचार

हेटौँडामा बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

  • 58 seconds ago
हेटौँडामा बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

हेटौँडा । चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना ह

बाख्रापालनबाट मनग्य आम्दानी

  • 4 minutes ago
बाख्रापालनबाट मनग्य आम्दानी

पोखरा । पोखरा महानगरपालिका वडा नं २० मौजास्थित कृषक दुर्गाबहादुर गुरुङको बाख्रा फर्म । फर्ममा रहेका १२५ वटा बाख्राबाट वार्षिक रु १० लाख आम्दानी हुने गुरुङ बताउँछन् ।

लिवियालीको सङ्कट निकासका लागि निर्वाचन !

  • 8 minutes ago
लिवियालीको सङ्कट निकासका लागि निर्वाचन !

त्रिपोली । संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त लिवियाली प्रधानमन्त्री फायज सेराजले आइतबार निर्वाचनको प्रस्ताव गरेका छन् । प्रधानमन्त्री सेराजले लिवियाली राजनीतिक सङ्कट समाधानका लागि सन् २०१९ क



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

गाजरमा हिराको औँठी !

गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।