IIMS College

ISMT

HUB Education

बिजनेस ग्रोथ रणनीति र करप्रणालीबारे बिएनसिसीको सेमिनार

  • बिहीबार, १ फागुन, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी) को आयोजनामा बिजनेस ग्रोथ स्ट्रयाटेजी र बेलायतको करप्रणालीसम्बन्धी विषयको एक सेमिनार बुधबार लण्डनमा सम्पन्न भएको छ ।

 

इलिंगस्थित डबल ट्री हिल्टनमा गरिएको 'बिजनेस ग्रोथ स्ट्रयाटेजी एण्ड बिजनेस हेल्थ चेक सेमिनार' मा सहभागी व्यवसायीहरुका लागि उनीहरुको बिजनेस ग्रोथ स्ट्रयाटेजी (व्यवसाय विकास रणनीति) र बेलायतको कर प्रणालीबारे जानकारी तथा परामर्श दिइएको थियो । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै बिएनसिसी अध्यक्ष डा कपिल रिजालले नेपालमा गरिने लगानी र व्यवसायका साथसाथै नेपाली व्यवसायीले बेलायतमा सञ्चालन गर्ने व्यवसायहरुका लागि समेत आफ्नो संस्थाले सहयोग प्रदान गर्ने बताए । 

 

बेलायत तथा नेपालबीचको व्यापार सम्बन्ध अभिवृद्धि गर्ने लक्ष्यसहित क्रियाशिल एक मात्र संस्थाका रुपमा बिएनसिसीले विभिन्न कामहरु गरिरहेको भन्दै अध्यक्ष डा रिजालले नेपालमा कायम दोहोरो कर प्रणाली हटाउने पक्षमा भइरहेको पहल निश्कर्षनजिक पुग्न लागेको जानकारी दिए । 

 

 

बिएनसिसी उपाध्यक्ष बिराज भट्टले सञ्चालन भइसकेका व्यवसायहरुलाई कसरी विकास र बिस्तार गर्ने भन्ने मात्र नभएर नयाँ स्टार्टअप कम्पनीहरुको लागि समेत उपयोगी हुने गरी कार्यक्रमको अवधारणा बनाइएको बताए । उपाध्यक्ष भट्टले बिएनसिसीको संक्षिप्त परिचय प्रस्तुत गर्दै संस्थाका कार्यक्रम तथा गतिविधिहरुबारे  जानकारी गराएका थिए । 

 

त्यसअवसरमा बेलायती बिजनेस कोच चार्ली  म्याकेलान्डले व्यवसायलाई विकास र विस्तार गर्दै जानको लागि अपनाउनुपर्ने रणनीतिबारे प्रिजेन्टेसन गरे ।त्यस्तै, ट्याक्स एड्भाइजर सरोज सापकोटाले बेलायतको करप्रणालीका विभिन्न पक्षबारे जानकारीमुलक प्रस्तुति दिए । 

 

 

बिएनसिसीका सिइओ रिचर्ड पेलीले सञ्चालन गरेको प्रश्नोत्तर राउण्डमा सहभागीका जिज्ञासाहरुमा बिएनसिसी पदाधिकारी र अतिथि वक्ताहरुले जवाफ दिएका थिए । 

 

त्यसक्रममा ब्रिटेन नेपाल एनजिओ नेटवर्क (ब्रान्गो) का अध्यक्ष डेभिड थोमस र सिईओ निक हिन्टनले नेपालमा ११ सय बढि बेलायती च्यारिटीहरु क्रियाशिल रहेको जानकारी दिंदै उनीहरुबीचको संयोजन र समन्वयको लक्ष्यसहित आउँदो मे महिनामा लण्डनस्थित नेपाली दूतावाससंग मिलेर एक विशेष कार्यक्रम आयोजना गर्न लागिउको बताए । 

 

कार्यक्रममा बेलायतस्थित नयाँ, पुराना नेपाली व्यवसायी तथा पत्रकारहरुसहित करिब ६० जनाको सहभागिता थियो । 

 

 

तस्विरहरु : नरेन्द्र बस्नेत र शिव भण्डारी 

 


थप समाचार

चोरीका गहनासहित बाबुछोरा पक्राउ

  • 31 seconds ago
चोरीका गहनासहित बाबुछोरा पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिका– १ स्थित विनोदकुमार वर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी पसलबाट चोरी गरेका सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

कोरोना भाइरसविरुद्ध यसरी लडिरहेको छ दक्षिण कोरिया

  • 3 minutes ago
कोरोना भाइरसविरुद्ध यसरी लडिरहेको छ दक्षिण कोरिया

काठमाडौँ । (विश्वभरमै मानव जाति कोभिड १९ को अकल्पनीय सङ्क्रमणबाट भयभीत र आक्रान्त रहेको वर्तमान समयमा दक्षिण कोरियाले यस महामारीलाई काबुमा लिन र आफ्ना नागरिकको जीवन रक्षा गर्न अख्तियार गरेका विधि र उप

वरिष्ठ नेता पौडेलद्वारा विज्ञसँग छलफल

  • 12 minutes ago
वरिष्ठ नेता पौडेलद्वारा विज्ञसँग छलफल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस सङ्क्रमणको सामाजिक तथा आर्थिक प्रभावसँगै अत्यावश्यक कृषिउपजको उत्पादन, बजारीकरण र व्यवस्थाबारे सहजीकरण कसरी गर्न सकिन्छ भनेर सम्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्याष्ट्रिकका बिरामीले यस्ता काम गर्दै नगर्नुहोस्

ग्याष्ट्रिकका बिरामीले यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । आजभोलि ग्याष्ट्रिकको समस्या सर्वत्र पिरोल्ने गरेको छ । यसका कयौं कारणहरु छन् । खानपिन र जीवनशैलीमा अनियमित हुनाले ग्याष्ट्रिकको समस्या उत्पन्न हुन्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।