Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थमहालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संघसंस्थाले उपलब्ध गराउने सेवामा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संघसंस्थाले उपलब्ध गराउने सेवामा विशेष छुट


काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले विभिन्न संघसंस्थाहरुले प्रदान गर्ने सेवामा विशेष छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउनका लागि स्वास्थ्य, होटल, रेष्टुरेन्ट लगायत कला क्षेत्रका संघसंस्थासँग सम्झौता गरेको छ।

सम्झौता अनुसार काठमाडौँको विशालनगरस्थित अरोजिन हेल्थ केयरले उपलब्ध गराउने सेवामा बैंकका ग्राहकहरूले ५ प्रतिशतदेखि अधिकतम ४५ प्रतिशत (हेयर ट्रान्स्प्लान्ट एन्ड हेयर फल ट्रिटमेन्ट)सम्म छुट पाउने छन्।

यसैगरी सुनसरीको इटहरीस्थित होटल पाथिभरा इन्टरनेसनलको सेवामा १० प्रतिशत, काठमाडौँको मैतिदेवीस्थित बुइङ्‍गल लज एन्ड बारको सेवामा १५ प्रतिशत, लाजिम्पाटमास्थित एल्लो हात्तीले उपलब्ध गराउने सेवामा अधिकतम १० प्रतिशत छुट पाउने छन्।

यसैगरी सुनसरीको इटहरी–६ स्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकन र काठमाडौँको मैतिदेवीमास्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकनले उपलब्ध गराउने सेवामा १०÷१० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार छुट प्राप्त गर्नका लागि ती संघसंस्थाहरूबाट सेवा लिए वापतको भुक्तानी महालक्ष्मी विकास बैंकको डेबिट÷क्रेडिट कार्ड एवम् मोबाइल बैंकिङमार्फत गर्नुपर्ने छ।

विभिन्न संघसंस्थासँगको यस्तो सहकार्यबाट बैंकको डेबिट÷क्रेडिट कार्ड एवम् मोबाइल बैंकिङ प्रयोगकर्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT