सैनिक कारबाहीमा २८० बोको हराम मारिए

नियामी । नाइजेरियामा बोको हराम विद्रोहीका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यस हप्तामात्र २८० जना बोको हरामका लडाकू मारिएका छन् । 

 

बोको हरामका विरुद्धमा यहाँको सेनाले गत डिसेम्बर २८ यता गरेको कारबाहीमा परी ती लडाकू मारिएका समाचारमा जनाइएको छ । यसरी मारिएकामध्ये अधिकांश हवाई कारबाहीमा परेका हुन् । 

 

नाइजेरियाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार ती लडाकूहरु सैनिकले गरेको हवाई कारबाहीका क्रममा परेका हुन् । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार २०० जना भन्दा केही बढी लडाकू हवाई कारबाहीका क्रममा र ८७ जना स्थल सेनाले गरेको कारबाहीमा परी मारिएका हुन् । 

 

पश्चिमी अफ्रिकी नेताहरुले गएको नोभेम्बर महिनामा नाइजेरियाली इस्लामिस्ट समूहले लेक चाड क्षेत्रमा गरेको हिंसात्मक हमला र हत्यका विषयमा छलफल गरेका थिए । सो क्षेत्र नाइजेरिया, चाड, क्यामरुन र नाइजरको सीमा क्षेत्रमा पर्दछ । 

 

त्यसको केही समयपछि नाइजेरियामा यति धेरै संख्यामा बोको हरामका लडाकूहरु मारिएको समाचार आएको छ । यस पटकको यो कारबाही उक्त लेक चाड क्षेत्रमा नै बढी मात्रामा केन्द्रित भएको बताइएको छ । 

 

यो कारबाही रक्षात्मक रुपमा भएको नाइजेरियाली सेनाले जनाएको छ । नाइजेरियाली सेनाका अनुुसार उक्त क्षेत्रमा भएको यस कारबाहीमा यहाँको कुनै पनि सैन्य सदस्यले ज्यान गुमाएका छैनन् । 

 

नाइजेरियामा यहाँका बोको हरामले सन् २००९ देखि नै हिंसात्मक हमला शुरु गरेका थिए । त्यसयता यहाँका करिब २७ हजार नागरिकले ज्यान गुमाई सकेका छन् । 

 

यस हिंसामा परेकाहरुलाई उद्वार गर्दै शान्ति वार्ता गर्नुपर्ने बताएको भए पनि बारम्बारका यस्ता प्रयासहरु सफल हुन सकेका छैनन् । 


थप समाचार

अभिनेत्री दिशाले आफूलाई आलु ठानिन्

  • 3 minutes ago
अभिनेत्री दिशाले आफूलाई आलु ठानिन्

बलिउड अभिनेत्री दिशा पटानीको सुन्दर फिगरको राम्रो चर्चा हुने गरेको छ । कतिपयले उनको मेन्टिनेन्सको समेत तारिफ गर्ने गर्छन् । तर, उनी आफूले भने आलु जस्तो देखिने गरेकी बताउने गरेकी छन् ।

अन्यायमा पशुपतिनाथः १७ हजार रोपनीको आम्दानी ७४ लाख

  • 13 minutes ago
अन्यायमा पशुपतिनाथः १७ हजार रोपनीको आम्दानी ७४ लाख

काठमाडौं । पशुपतिनाथका नाममा काठमाडौँ उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ । तर, १७ हजार रोपनीबाट भाडा उठ्छ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ ।

९ वर्षदेखिको घर बनाउने साझाको सपना पूरा भएन

  • 16 minutes ago
९ वर्षदेखिको घर बनाउने साझाको सपना पूरा भएन

काठमाडौं । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०६७ सालमा शिलान्यास भएको भवन अहिलेसम्म लथालिङ्ग छाडेर साझा प्रकाशनले १३ करोड रुपियाँ लागतमा नयाँ भवन बनाउने तयारी गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

ल्वाङ चियाका फाइदा

ल्वाङ चियाका फाइदा

– अदुवा र अलैंची चिया भन्दा पनि ल्वाङवाला चिया फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वास्थ्यमा लाभ हुन्छ ।