Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजलहरी विवादबारे छानबिन गर्न समिति गठन गर्नुपर्छः ज्ञानेन्द्र शाही

जलहरी विवादबारे छानबिन गर्न समिति गठन गर्नुपर्छः ज्ञानेन्द्र शाही


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन्। शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्दै शाहीले सो माग गरेका हुन्।

शाहीले आजै छानबिन समिति गठन गर्नुपर्ने माग गरे। उनले भने, ‘त्यो सुन हो कि पित्तल हो भन्नेकुरा सरकारले छानबिन समिति गठन गर्नुपर्छ। र सरकारले आजै जवाफ दिनुपर्छ। हाम्रो धारणा के हो भने समिति गठन हुनुपर्‍यो। यो विषयवस्तु टुंगिएको छैन, यो विषयवस्तु तबमात्र टुंगिन्छ वास्तवमा सुन हो कि पित्तल हो त्यो सरकारले जवाफ दिनुपर्छ।’

उनले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा संसदमा प्रश्न उठाएर धार्मिक आस्था माथि प्रहार भएको पनि बताए।

नेकपा मा‌ओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी हालेको बताएपछि एमालेले संसद अवरुद्ध गरेको छ। सभामुखले २० मिनेट बैठक स्थगित भने पनि बैठक सुचारु हुन सकेको छैन।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

निवर्तमान श्रममन्त्री भण्डारीका विवादास्पद निर्णय खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो शंसोधन खारेज गरेको छ।

मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्‍यालीलगायतमा रोक

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको

शेयर बजार साढे १९ अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको दाबी पेस

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन् । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख

Techie IT