दीपिकाले रुदैँ भनिन्, जब म डिप्रेसनको शिकार भए...

एजेन्सी । बलिउड चलचित्रमा निकै रुचाइएकी अभिनेत्री हुन् दीपिका पादुकोण । ‘ओम शान्ति ओम’ फिल्ममा शाहरुखसँग पहिलो पटक बलिउडमा पाइला टेकेकी दीपिकाले ‘पद्मावती’ सम्म आइपुग्दा आफूलाई निकै उचाईमा पुर्याइसकेकी छिन् ।

 

तर यहाँसम्म आइपुग्दा उनले जीवनमा निकै संघर्षका उकालीहरु पार गरेकी छिन् जसका कारण उनी डिप्रेसनको शिकार समेत भइसकेको छिन् ।

 

जब उनी बलिउडमा सबैभन्दा धेरै मागमा रहेकी नायिकाको रूपमा आफूलाई स्थापित गर्दै थिइन्, त्यतिबेला उनी चिन्ता र डिप्रेसनसँग जुधिरहेकी थिइन्।

 

उनले भारतीय म्यागजिन भगलाई दिएको अन्तवार्तामा आफूले जीवनमा निकै अप्ठेरो समयको सामाना गर्नुपरेको बताएकी छिन् ।

 

३२ वर्षीया हटकेक नायिका दीपिकाले भनिन्, ‘म डिप्रेसनसँग जुध्न सकिरहेकी थिइनँ, किनभने मैले यो कुरा कसैलाई सुनाउन सकिरहेकी थिइनँ । ज्वरो आएका बेला बरु मानिसलाई आफूलाई के भइरहेको छ भनेर भन्न सकिन्छ तर डिप्रेसनसँग जुध्दा आफूभित्र के भइरहेछ भनेर अरुलाई बुझाउन सकिँदैन।’

 

उनले अगाडि भनिन्, ‘विभिन्न कारण मानसिक रोगसँग सम्बन्धित भेदभाव हामीकहाँ छन्, जसबारे मान्छेहरू बोल्न चाहँदैनन् । मैले यसबारे कुराकानी गर्न चाहनुको पछाडि धेरै कारण छन् । एक, यसले मेरो जीवनलाई थुप्रै तरिकाले रूपान्तरण गरेको छ । यो मेरो जीवनको सबैभन्दा कठिन क्षण थियो तर मैले यसलाई सामना गरेँ । मलाई डिप्रेसनले आफ्नो जीवनबारे बुझ्न सघायो,’ दीपिकाले भनेकी छन्, ‘म डिप्रेसनसँग जुध्न सकिरहेकी थिइनँ, किनभने मैले यो कुरा कसैलाई सुनाउन सकिरहेकी थिइनँ । ज्वरो आएका बेला बरु मानिसलाई आफूलाई के भइरहेको छ भनेर भन्न सकिन्छ तर डिप्रेसनसँग जुध्दा आफूभित्र के भइरहेछ भनेर अरुलाई बुझाउन सकिँदैन । म काममा जान्थेँ तर मैले अरुलाई भन्न सक्दिनथेँ। कहिलेकाहीँ मलाई सञ्चो छैन भनिदिन्थेँ । मेरा लागि डिप्रेसनको ठूलो अंश भनेको मेरो आफ्नै अनुभव थियो।’

 

उनी आफूले भोगको डिप्रेसनको पीडा अरुलाई सुनाएर अरुलाई सजग गराउन सहयोग पुग्ने बताउँदै उनले भनिन्, ‘जब म डिप्रेसनबाट बाहिर आउँदै थिएँ, मैले चाहेको पहिलो कुरा भनेको सास फेर्न सकुँ भन्ने थियो । संसारलाई आफ्नो अनुभव सुनाउनु पनि थियो।’

 

 दीपिकाले ‘थ्रु दी लिभ लभ लाफ फाउन्डेसन’ नामक गैरसरकारी संस्था सञ्चालन गर्छिन्, जसले डिप्रेसनसँग जुधिरहेका व्यक्तिलाई सहयोग गर्छ।

 

‘मलाई अहिले लाग्छ, म संसारको जुन कुनामा गए पनि मानिसहरूले मलाई कुनै समयमा डिप्रेसन भएको व्यक्ति भनेर चिन्छन् । म स्वतन्त्र महसुस गर्न सक्छु । मैले केही लुकाइरहेको जस्तो मलाई लाग्दैन,’ उनले अन्तर्वार्तामा भनेकी छन्।

 

 

 

 


थप समाचार

एटीपी फाइनल्सको उपाधि एलेक्जेन्डर जेभेरेभलाई

  • 6 minutes ago
एटीपी फाइनल्सको उपाधि एलेक्जेन्डर जेभेरेभलाई

काठमाडौं । विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचलाई पराजित गर्दै एलेक्जेन्डर जेभेरेभले एटीपी फाइनल्स टेनिसको उपाधि जितेका छन् । उनले जोकोभिचलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरेका हुन् । पहिलो

सरकारले गर्यो बद्नामहरुको नियुक्ति, पार्टीको काँधमा अपजसको भारी

  • 26 minutes ago
सरकारले गर्यो बद्नामहरुको नियुक्ति, पार्टीको काँधमा अपजसको भारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राजनीतिक नियुक्तिहरु एकपछि अर्को विवादमा पर्दै गएका छन् । प्रधानमन्त्री ओलीले पार्टीबाट निर्णय गर्नु त कता हो कता सामान्य छलफल नै नगरी फुत्तफुत्त राजदूत

आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गर्दै मनाइदै

  • 45 minutes ago
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गर्दै मनाइदै

काठमाडौं । प्रत्येक वर्ष शुक्ल एकादशीका दिन मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । यो पर्वमा भगवान विष्णुको प्रतिकको रपमा तुलसीको विवाह र विशेष पूजाआजा गर्ने प्रचलन छ । घरघरमा तथा देशैभरक



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।