IIMS College

ISMT

HUB Education

बिहे अगाडि नै गर्भवती भएका चर्चित अभिनेत्रीहरु...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

एजेन्सी । बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहेअघि नै गर्भवती भएका छन् ।

 

श्रीदेवी

 

फिल्म निर्माता बोनी कपुरले श्रीदेवीको दिल तब जिते, जब श्रीदेवी अमेरिकामा बिरामी आमाको उपचार गरिरहेकी थिइन् । यो समयमा बोनीले उनलाई धेरै सहयोग गरे । १९९६ मा अचानक श्रीदेवीले बोनीसँग बिहे गरेर सबैलाई चकित तुल्याइन् । 

 

खासमा श्रीदेवी गर्भवती भएका कारण हतारमा बिहे गरेकी थिइन् । श्रीदेवी स्वयंले यो कुरालाई स्वीकार गरिसकेकी छिन् ।

 

सेलिना जेटली

 

सेलिना जेटलीको जीवनमा पनि बिहेअघि नै गर्भवती हुनुपरेको घटना निम्तियो । तर, उनले पनि त्यो समस्यालाई हतारमा ‘सेटल’ गरिन् । गर्भवती भएपछि उनले तत्काल ब्वायफ्रेन्ड पिटर हगसँग बिहे गरिन् । उनले नसोचेको समयमा पिटर हगसँग बिहे गर्नुको कारण तब पुष्टि भयो, जब केही महिनामै जुम्ल्याहा बच्चालाई जन्म दिइन् ।

 

अमृता अरोरा

 

मलाइका अरोराकी बहिनी हुन् अमृता । व्यापारी सकिल लदकसँग अफेयरमा रहेकी अमृताले पनि हतारमा बिहे गरिन् । त्यतिखेर बलिउडमा हल्ला चल्यो कि बिहेको समयमा अमृता गर्भवती थिइन् । नभन्दै बिहेको केही दिनमै उनले पुष्टि हुने अभिव्यक्ति दिइन्, ‘म आमा बन्दै छु ।’

 

सारिका ठाकुर

 

फिल्म राजतिलकको सुटिङका दौरान सारिका र कमल हसनबीचको अफेयर पर्दाफास भयो । त्यसलगत्तै उनीहरूले सम्बन्धलाई बिहेमा बदले । सारिका गर्भवती भएका कारण बिहे भएको कुरा केही समयमै यो जोडीले स्विकार्‍यो ।

 

नीना गुप्ता

 

‘म गर्भवती छु,’ भन्दै अभिनेत्री नीना गुप्ताले पनि अचानक दुनियाँ चकित पर्ने खबर सुनाइन् । उनले आफ्नो पेटमा रहेको बच्चाको पिताको नाम पनि खुलाइदिइन् । क्रिकेटर विवियन रिचर्डस् उनको पेटको बच्चाका पिता थिए । यो साहसिक फैसलापछि उनले बच्चालाई जन्म पनि दिइन् ।

 

महिमा चौधरी

 

अभिनेत्री महिमा चौधरीले सुभाष घईको फिल्म ‘परदेश’बाट आफ्नो करिअर सुरु गरेकी थिइन् । उनको वास्तविक नाम ऋतु चौधरी हो । उनले २००६ मा अचानक बाबी मुखर्जीसँग बिहे गरिन् । त्यतिखेर उनको हातमा केही फिल्म पनि थिए । तर, सबै काम छाडेर उनले मुखर्जीसँग लगनगाँठो कसिन् । उनको पनि हतारको बिहे तब पुष्टि भयो, जब बिहेको केही महिनामै छोरीलाई जन्म दिइन् ।


थप समाचार

कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन

  • 3 minutes ago
कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन

सर्लाही । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तरक

कपाल झर्नबाट बच्न...

  • 9 minutes ago
कपाल झर्नबाट बच्न...

काठमाडौं । कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने बेवास्ता गर्नुहुँदैन । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले, सबैभन्दा पहिले कपाललाई छोटो बनाउनुपर्छ । कपाल छोटो बनाउँदा झर्नबाट

१० तस्बिरमा चकलेटी अभिनेत्री बिपासा

  • 24 minutes ago
१० तस्बिरमा चकलेटी अभिनेत्री बिपासा

एजेन्सी । बलिउड फिल्मी दुनियाँको सुन्दर अभिनेत्रीमा बिपासा बासुको नाम अगाडि आउँछ । सन् १९७९ जनवरी ७ मा दिल्लीमा जन्मिएकी हुन् बिपासा । उनले सन् २००१ मा ‘अज्नबी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कपाल झर्नबाट बच्न...

कपाल झर्नबाट बच्न...

काठमाडौं । कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने बेवास्ता गर्नुहुँदैन । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले, सबैभन्दा पहिले कपाललाई छोटो बनाउनुपर्छ । कपाल छोटो बनाउँदा झर्नबाट केही हदसम्म बच्न सक्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।