बलिउड नायिका काजोलका जीवनका २५ रहस्य !

Education Park

१. ५ अगष्ट सन् १९७४ जन्मिएकी काजल आफ्नो पहिलो फिल्म ‘बेखुदी’मा अनुबन्ध हुँदा १६ वर्षकी थिइन । उनी त्यतिबेला स्कुल पढिरहेकी थिइन । उनले फिल्ममा करिअर बनाउन पढाइ छाडिदिइन । 

 

२. काजलले आफ्नो स्कुल शिक्षा पञ्चगनीको सेन्ट जोसेफ कन्सटेबल स्कुलबाट लिएकी हुन् । उनको डान्समा रुची थियो । 

 

३. काजललाई कविता लेख्ने र विज्ञानमा आधारित डर लाग्ने उपन्यास पढ्ने सौख छ । सेटमा अक्सर उनको हातमा किताब देख्न सकिन्छ । 

 

४. काजल भगवान शिवलाई मान्छिन् ।

 

५. उनी एक ओम लेखेको हिराको औठी सदैव पहिरिन्छिन् । 

 

६. काजलको पहिलो सफल फिल्म बाजीगर थियो । पहिले श्रीदेवी फिल्ममा बहिनीको भूमिका देखिने थिइन तर पछि काजल र शिल्पा सेठ्ठीले निभाए । 

 

७. काजल र शाहरुख खानको जोडी सबैभन्दा सफल जोडी हो । यी दुईले सँगै गरेका कुनै पनि फिल्म फलप भएका छैनन् । ‘बाजीगर’, ‘करण अर्जुन’, ‘दिल्वाले दुल्हनिया लेजाएगे’, ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’, ‘माइ नेम इज खान’ र ‘दिलवाले’ सबै हिट भए । 

 

८. कालोजको परिवाद नै फिल्म छ । उनका पिता शोमु मुखर्जी निर्माता÷निर्देशक थिए । शोमुका अन्य भाइ पनि फिल्मसँग जोडिएका छन् । उनकी आमा तनुजा, सानीमा नुतन, हजुरआमा शोभना समर्थ र जीआमा रतन पनि प्रसिद्ध अभिनेत्री थिए । 

 

९. काजल, रानी मुखर्जी, मोहनीस बहल, सरबनी मुखर्जी र अयान मुखर्जी सबै नातेदार भाई बहिनी हुन् । 

 

१०. फिल्म दिलवाले दुल्हनियाले जाएगेको टाइटललाई सबैले मन पराए तर काजलले यसलाई ‘टपोरी’ घोषणा गरिन् । यो शीर्षक अनुपम खेरकी पत्नी किरण खेरले सुझाएकी थिइन । 

 

११. ‘गुण्डाराज’को सेटबाट काजल र अजय देवगनको रोमान्स सुरु भएको थियो । 

 

१२. आफ्नो करिअरको शिखरमा रहेका बेला काजलले अजय देवगनसँग विवाह गरेपछि उनको कयौं मानिसहरुले आलोचना गरेका थिए । 

 

१३. अजय देवगन र काजलको रहन सहन र जीवनशैली एक दोस्रोसँग निकै भिन्न थियो । यसलाई देखेर केहीले यी दुईको विवाह लामो समयसम्म नटिक्ने सोचेका थिए । तर, अहिलेसम्म दुवैको लाइफ एकदमै समधुर छ । 

 

१४. काजल—अजयको एक छोरी न्यासा र छोरा युग छन् । 

 

१५. काजललाई करण जौहर आफ्नो फिल्मका लागि लक्की मान्छन् । यही कारण करण जौहरको हरेक फिल्ममा काजल देखिन्छिन् । 

 

१६. फिल्म ‘कुछ कुछ होता है’को सुटिङमो समय काजलको साइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । जसमा उनी केहीबेर बेहोस भएकी थिइन । 

 

१७. फिल्म दिलवाले दुल्हनिया ले जाएगेको ‘रुक जा ओ दि दिवाने’ गीतमा शाहरुख, काजलको खसालिदिन्छन् । यो गीतको सुटिङको दौरान शाहरुखलाई काजललाई आफूले खसाल्नुपर्नेछ भन्ने थाहा थियो । परन्तु काजलबाट यो कुरा लुकाइएको थियो । आदित्य चोपडा काजलको अनुहारमा आउने वास्तविक भावलाई क्यामरामा कैद गर्न चाहन्थे । 

 

१८. काजल बलिउडकी प्रसिद्ध हस्ती रेखा थापासँग एक म्याग्जिनका लागि स्वेटरमा पोज दिएर कन्ट्रोभसी खडा गरिन् । 

 

१९. उनका पति अजय देवगत र यशराज फिल्मसकाबीच पैदा भएको विवादपछि काजलले आदिल्य कुनै बेला आफ्नो राम्रो साथी भएको बताएकी थिइन । 

 

२०. वीर जरा, मोहब्बते, चलते—चलते, दिल तो पागल है, थ्री इडियट, कभी अलविदा ना कहना र दिल सेमा काजललाई अफर गरिएको थियो । तर, उनले त्यसलाई अस्वीकार गरिन् । 

 

२१. काजल शिक्षा र बच्चासँग सम्बन्धित संस्थामा क्रियाशील रहेर सामाजिक सेवामा पनि संलग्न छन् । 

 

२२. सन् १९९८ मा काजल, जुही चावला, अक्षय कुमार र शाहरुख खानका साथ एक वल्र्ड टुरमा सहभागी भएकी थिइन । अमेरिका, क्यानडा र बेलायतमा गएपछि उनले स्वयंम एकदमै स्ट्रेशफुल भएको भन्दैं टुरबाट आफूलाई अलग गरिन् । 

 

२३. सन् २०१० मा काजलले शाहरुख खानसँगै अमेरिकन स्टक एक्सचेन्ज सुरु गर्नका लागि आमन्त्रण गरिएको थियो । 

 

२४. आफ्नो लुकलाई काजल खासै परवाह गर्दिनन् । उनी कहिलेकाही सुटिङको दौरानमा पनि ऐना हेर्दिनन् । 

 

२५. पद्यश्रीबाट सम्मानित काजल ६ फिल्मफेयर अवार्ड जितिसकेकी छिन् ।

 

 

 

 

 


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 7 hours ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 8 hours ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 8 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।