यी बलिउड अभिनेत्रीहरु जसले रियलमा नै दर्दनाक दिनहरु देखे

एजेन्सी । रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटनाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् ।

 

केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जसले आफ्नो कालो बिगतको पर्दाफास गरेका छन् । बलिउडमा काम गर्ने सबै मानिसहरुको नियत सफा हुदैन भन्ने धेरैको भनाइ पनि यहाँ चरितार्थ हुन्छ ।

 

फिल्मका लागि काम दिलाइदिन्छु भन्दै सेक्सको प्रस्ताव राख्नेहरुको संख्या पनि उस्तै रहेको छ । केही बलिउड अभिनेत्रीहरुको बालअवस्था निकै दुखद रहेको छ ।

 

उनीहरु चायल्ड अब्युजको शिकार भएका छन् । उनीहरु आफ्नै नजिकका नातेदारहरुबाट शारिरीक तथा मानसिक रुपमा शोषणमा परेका छन् ।

 

केही अभिनेत्रीहरु त शिक्षकहरुबाट यौन शोषणमा परेका छन् । केही अभिनेत्रीलाई त शोषण भनेको के हो समेत थाहा नहुने अवस्थामा समेत यस्तो दर्दनाक अवस्थाबाट गुज्रिएका छन् ।

 

१. सोम अली

 

पाकिस्तानमा जन्मिएकी यी भारतीय अभिनेत्रीको एक समयमा सलमान खानसँग सम्बन्ध रहेको भन्दै ठुलो चर्चा भएको थियो । तर उनी बाल अवस्थामा रहँदा निकै एक व्यक्तिको घिनलाग्दो कार्यबाट गुज्रिएकी छिन् । यो कुरा सोमीले अमेरिकाको एक विश्वविद्यालयमा बताएकी थिइन् । त्यो घटना अझै पनि उनी भुल्न सकिरहेकी छैनन् ।

 

२. कल्कि कोचिन

 

उत्कृष्ट अभिनयका कारण चर्चामा रहने कल्कि बलिउडमा उनको स्थान महत्वपुर्णका साथ हेर्ने गरिन्छ । उनले एक अन्तर्वार्तामा भनेकी थिइन्,‘ म सानो छदाँ मेरो रेप भएको थियो । म यो कुरा भुल्न खोज्छु तर सकिरहेको छैन । तर्साइरहेको छ ।’

 

३. सोफिया हायत

 

बलिउडमा हट एण्ड सेक्सी अभिनेत्रीको रुपमा परिचीत मानिने सोफिया हायातले एक अन्तर्वार्तामा आफु बलात्कार भएको रहस्य खोलेकी थिइन् । उनको बाल्यकाल निकै दर्दनाक रहेको बताएकी थिइन् । सोफियाको घरमा आउने एक अंकलले उनलाई सेक्स अब्युज गरेको थिए । उनी डिप्रेशनमा पनि गएकी थिइन् ।

 

४. अनुष्का शंकर

 

सितार बादक रबिशंकरकी छोरी तथा स्वयम पनि सितार बादक रहेकी अनुष्का शंकर समेत यौन शोषणको शिकार भएकी थिइन् । अनुष्काले दिएको जानकारी अनुसार उनको एक परिवारको एक साथीले उनको बारम्बार सेक्स अब्युज गरेका थिए । त्यो घटना सम्झिदा पनि उनी डरले काम्ने गर्छिन् ।

 

५. निकिता गोखले

 

कक्षा ११ मा पढ्दा निकितालाई उनकै शिक्षकले बारम्बार मानसिक तथा यौन शोषण गरेको थिए । हट एण्ड सेक्सी मोडल तथा अभिनेत्रीमा परिचीत निकिताले शिक्षकको त्यो व्यवहारले हालसम्म पनि पिछा नछोडेको बताउँछिन् ।  

 


थप समाचार

मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

  • 14 minutes ago
मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।

काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

  • 24 minutes ago
काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी । अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ ।

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

  • 28 minutes ago
भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।