Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा थप जना सांसद निलम्बनमा परे

भारतमा थप जना सांसद निलम्बनमा परे


एजेन्सी । भारतको लोकसभाबाट आज थप ४९ जना सांसद निलम्बनमा परेका छन् । गत १३ तारिखमा संसदमा चार जना युवा प्रवेश गरेर धुँवा फैलाएको विषयमा विपक्षी सांसदले नाराबाजी गरेपछि उनीहरू निलम्बनमा परेका हुन् ।

आज निलम्बनमा पर्नेहरूमा फारुक अब्दुल्लाह, शशि थरुर, मनिष तिवारीसमेत रहेका छन् । संसद्को सुरक्षा लोकसभा अध्यक्षको अधिकारको विषय भएको तर विपक्षीले गृहमन्त्रीको जवाफ किन मागिरहेका छन् भन्ने प्रश्नमा अब्दुल्लाहले भन्नुभएको छ, ‘प्रहरी गृह मन्त्रालय मातहत छ, गृहमन्त्री पाँच मिनेटका लागि सदनमा आएर गल्ती स्वीकार गर्दा के जान्छ ?’

नरेन्द्र मोदी नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप लगाउँदै विपक्षीहरूले संसदमा एक जना पनि विपक्षी सांसद रहेसम्म गृहमन्त्रीको जवाफ मागिरहने चेतावनी दिएका छन् ।

पछिल्लो एक हप्तामा लोकसभा र राज्यसभाका गरेर एक सय ४१ जना सांसद निलम्बनमा परेका छन् । हिजो सोमवारमात्रै ७८ जना सांसद निलम्बनमा परेका थिए । सरकारले संसदमा केही विधेयक पेस गर्ने तयारी गरेको छ, ती विधेयकमा विपक्षीले असहमति जनाउने देखेर धमाधम विपक्षी सांसदहरू निलम्बनमा परेका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना घाइते भएका

भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको

आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चित

लण्डन । आयरल्याण्डमा ३७ वर्षीय युवा नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो

काठमाडौँ । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको

दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सीः घोटाला प्रकरणमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । उनी

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

काठमाडौँ । भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआन कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा

Techie IT