जब अजयले अक्षय कुमारको कारण देखाउँदै शिल्पालाई फिल्मबाट निकाले

एजेन्सी । केही समय पहिले मात्र रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक भएको थियो । जुन फिल्ममा अक्षय कुमार मूख्य भूमिकामा रहेका छन् भने फिल्ममा अजय देवगनको पनि भूमिका रहेको छ ।

 

यी दुईलाई एकै फिल्मको पर्दामा देख्दा दर्शकहरुमा निकै उत्साह मिल्छ । तर कुनै समय यस्तो पनि थियो जतिबेला अक्षय कुमारको कारणले अजय देवगनले फिल्मबाट शिल्पा शेट्टीलाई निकालेका थिए ।

 

जब शिल्पा शेट्टी आफ्नो करिअरमा राम्रो गर्दै थिइन् तर आफ्नो व्यक्तिगत जीवनमा भने निकै चर्चित बनेकी थिइन् । उनी अक्षय कुमारसँग डेट गर्दै थिइन् । त्यसैबेला शिल्पा शेट्टीलाई एक फिल्मको अफर आयो ।

 

अनिल शर्माले फिल्म निर्माण गर्दै थिए । फिल्ममा अजय देवगन, अशरद वारसी, र यसका अलावा फिल्ममा मयुरी कंगो पनि मुख्य भूमिकामा थिइन् । मुख्य भूमिकामा थिइन् शिल्पा शेट्टी । शिल्पाले यस फिल्मको स्क्रिप्ट पढिन् र फिल्ममा साइन गर्दै डेट पनि दिएकी थिइन् । जब अजय देवगनलाई यो कुरा थाहा भयो कि फिल्ममा शिल्पा शेट्टी पनि छिन् तब उनले निर्मातासँग शिल्पालाई हटाउन भने ।

 

किनभने त्यसबेला अक्षय कुमार शिल्पा शेट्टीको अफेयरको बारेमा अजयलाई थाहा थियो र उनीहरुले छिटै बिहे गर्ने पनि हल्ला चलेको थियो । त्यसबेला कुनै कलाकारहरु विवाह बन्धनमा बाँधिदा त्यसको असर फ्यानहरुलाई पर्ने र बक्स अफिसमा नराम्रो धक्का पुग्ने गर्दथ्यो ।

 

यही कारणले गर्दा अजयले फिल्मलाई असर पुग्ने भन्दै निर्माता अनील शर्मालाई फिल्मबाट शिल्पा शेट्टीलाई हटाउन भनेका थिए । उक्त फिल्म थियो सन् १९९९ को ‘होगी प्यार कि जीत’ । फिल्ममा पछि शिल्पा शेट्टीको ठाउँमा नेहालाई राखियो । तर फिल्ममा अजयले शिल्पालाई त हटाए तर त्यसबाट अजयलाई फाइदा पुगेन । किनभने फिल्म बक्स अफिसमा फ्लप हुन पुग्यो ।


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 8 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 8 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 8 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।