Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलएसीसी इमर्जिङ कपः समूह ‘ए’ बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा

एसीसी इमर्जिङ कपः समूह ‘ए’ बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा


काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत श्रीलङ्का ‘ए’ ले ओमान ‘ए’ लाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

श्रीलङ्काले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर १ बलमा ४२ रनमै अलआउट भएको हो । ओमानका कश्यप प्रजापतिले १८ र सुरज कुमारले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ चमिका करुनारत्नेले ३ तथा दुनिथ वेलालेगे, प्रमोद मदुशन र लाहिरु समाराकूनले २र२ विकेट लिए ।

यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन बनायो । श्रीलङ्काका पसिन्दु सूरियबन्दराले सर्वाधिक ६० रन बनाए । यस्तै शहन अर्चचिगेले ४८ र लसिथ क्रूरपुलेले ४२ रन जोडे ।

यो जितसँगै श्रीलङ्काले ३ खेलमा ४ अङ्कसहित समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । ३ खेलमा १ अङ्क पनि जोड्न नसकेको ओमान यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो ।

यस्तै मंगलबार नै भएको अर्को खेलमा बङ्गलादेश ‘ए’ले अफगानिस्तान‘ए’लाई २१ रनले हरायो ।

बङ्गलादेशले दिएको ३ सय ९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८७ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका लागि रियाज हसनले ७८ र बहिर शाहले नटआउट ५३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका तन्जिम हसन सकिबले ३ तथा रकिबुल हसन र सौम्य सरकारले २/२ विकेट लिए ।

यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन बनायो । बङ्गलादेशका महमुदुल हसन जोएले शतकीय इनिङ्स खेले । उनी १ सय १४ बलमा सय रन बनाएर आउट भए । यस्तै जाकिर हसनले ६२ रन बनाए । बलिङतर्फ अफगानिस्तानका सलीम सफीले ४ विकेट लिए ।

यो जितसँगै बङ्गलादेश ३ खेलमा ४ अङ्कसहित समूह ‘ए’को दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । अफगानिस्तान ३ खेलमा ४ अङ्क नै भए पनि नेट रनरेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

उता, समूह ‘बी’बाट भारत ‘ए’ र पाकिस्तानको ए’ टोली सेमिफाइनलमा पुगेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

Techie IT