'माइ नेम इज रागा'काे टीजरमा यस्ता देखिए राहुल गान्धी
- आइतबार, २७ माघ, २०७५
- 6 days ago
- कला र मनोरञ्जन

नयाँ दिल्ली । भारतमा लोकसभा चुनाव नजिँकिदै गर्दा ठूला पर्दाहरूमा राजनीतिक विषयवस्तुका चलचित्रहरू रिलिज हुन थालेका छन् ।
यहि सिलसिलामा काँग्रेस आईका अध्यक्ष राहुल गान्धीको जीवनमा आधारित बायोपिक बन्ने भएको छ । यस चलचित्रको नाम ‘माई नेम इज रागा’ राखिने तय भएको छ ।
राहुल गान्धीमाथि बन्ने यस चलचित्रको टीजर युट्युबमा रिलिज भएको छ । भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको हत्याको दृश्यबाट टीजरको सुरुवात हुन्छ । उक्त दृश्यमा इन्दिरा गान्धीमाथि गोलीको वर्षात गराइएको देखाइएको छ ।
यस चलचित्रमा राहुल गान्धीको बाल्यकाल देखि काँग्रेस अध्यक्ष बन्दासम्मको कहानी देखाइने बताइएको छ । चलचित्रमा राहुलको जीवनका महत्वपूर्ण पाटाहरू देखाइनेछ ।
‘माइ नेम इज रागा’मा राहुल गान्धीसँग सम्बन्धित राजनीतिक विवादहरूलाई समेत देखाइने प्रयास गरिएको टीजर हेर्दा थाहा हुन्छ ।
रुपेश पालको स्क्रिप्ट र निर्देशन रहेको चलचित्रमा अश्विनी कुमारले राहुल गान्धीको भूमिका निभाएका छन् । त्यस्तै चलचित्रमा नरेन्द्र मोदीको भूमिकामा हिम्मत कपाडिया देखिएका छन् ।
टीजरमा पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई समेत समेटिएको छ । पूर्वप्रधानमन्त्री सिंह टीजरको एक दृश्यमा राहुलको समय आएको बताउँदै उसलाई जिम्मेवारी सम्हाल्न भन्छन् ।
चलचित्रमा राहुल गान्धीलाई प्रेस कन्फरेन्समा पत्रकारहरूका कडा सवालहरूको जवाफ दिदैँ गरेको देखाइएको छ । राहुल गान्धीका अलावा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक पनि बनिरहेको छ, जसमा विवेक ओबराय मोदीको भूमिकामा देखिनेछन् ।
गान्धी र मोदीभन्दा पहिले पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित बायोपिक ‘द एक्सिडेन्टल प्राइममिनिष्टर’ रिलिज भएको थियो । यसमा अभिनेता अनुपम खेर सिंहको भूमिकामा देखिएका थिए ।
थप समाचार
खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी
- 1 hour ago

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतै रोकिएकी छन् ।
नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद
- 1 hour ago

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरबाट ३ थान बन्दुक बरामद गरिएको छ ।
पाँच कम्पनीकाे शेयर सूचिकृत
- 1 hour ago

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।
विचित्र विश्व
शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।