बलिउड ८ अभिनेत्रीः एउटा फिल्मको लागि निर्मातासँग एक रात

एजेन्सी । बलिउडमा अभिनेत्रीहरुलाई ब्रेक पाउन र टिकिरहनको लागि धेरै नै सर्घष गर्नुपर्छ । सबै अभिनेत्रीहरुले बलिउडमा सफल हुन भन्दा पहिले धेरै नै कठिन यात्रा गर्नुपर्छ ।

 

धेरैले बाहिरबाट हेरेरै यो सोच्ने गर्छन् कि बलिउडको अभिनेत्रीहरुको जिन्दगी धेरै नै विलासी रहेको छ र उनीहरुले सामान्य जनताले जस्तो मुश्किलको सामना गर्नु पर्दैन होला ।

 

तर, तपाई हाम्रो यस्तो सोच गलत हुन सक्छ किनभने यी सबै अभिनेता अभिनेत्रीहरुलाई बलिउडमा नाम र दाम कमाउनको लागि धेरै नै मेहनत गर्नुपर्छ ।

 

यस्तोमा केही बलिउडका अभिनेत्रीहरुले सार्वजनिक रुपमै स्विकार गरेका छन् कि उनीहरुले फिल्ममा ब्रेक पाउनको लागि केही प्रसिद्ध निर्माता र निर्देशकहरुले सेक्स गर्नुपर्ने प्रस्ताव गरेका थिए । 

 

कास्टिङ काउच भनिने यस्तो प्रचलन बलिउडमा अझै पनि रहेको तर, धेरैले यस्ता घटनालाई लुकाउने भएकाले यस्ता धेरै घटना बाहिर भने आँउदैनन् ।

 

हेरौं बलिउडका ती अभिनेत्रीहरुको सूची जो कास्टिङ काउचको शिकार भएका थिए

 

ममता कुलकर्णी

 

९० को दशककी बोल्ड र फरासिली अभिनेत्री ममता कुलकर्णीले सार्वजनिक रुपमै प्रसिद्ध निर्देशक राजकुमार सन्तोषीलाई उनीमाथि गलत कार्यहरु गरेको आरोप लगाएपछि त्यसले बलिउडमा आँधी नै ल्याएको थियो ।

 

कल्की कोचलिन

 

कल्कीले पनि खुल्ला रुपमै यो स्विकार गरेकी थिइन् किउनले पनि त्यस्ता परिस्थितीहरुको सामना गर्नुपर्यो तर त्यसको विरोध गर्नुको सट्टा उनले त्यसलाई अवसरको रुपमाउपयोग गरिन् । उनकाअनुसार कास्टिङ काउचको माध्यमले एकपटक बलिउड छिरेपछि भने उनले त्यस्तो काम छोडिन् ।

 

कंगना रनावत 

 

राष्ट्रिय अवार्ड जितिसकेकी यी चर्चित अभिनेत्रीले पनि यस्तो खुलासा गरेकी थिइन् कि उनी पनि कास्टिङ काउचको शिकार भएकी थिइन् ।

 

प्रिती जैन

 

प्रिती जैनले पनि निर्देशक मधुर भण्डारकरलाई फिल्ममा रोल दिने बहानामा अनुचित फाइदा उठाएको आरोप लगाएकी थिइन् ।

 

पायल रोहतगी

 

यी अभिनेत्रीले बलिउडमा एकपटक हंगामा नै मच्चाएकी थिइन् जब उनले प्रसिद्ध निर्देशक दिवाकर बनर्जीलाई यौन दुव्र्यवहार गरेको आरोप लगाइन् । तर,बेनर्जी र उनका साथी अनुराग कश्यपले यी सबै आरोपहरु गलत रहेको भन्दै अस्विकार गरेका थिए ।

 

टिस्का चोपडा

 

उनले पनि एक अन्तवार्तामा बलिउडमा प्रवेश पाउनको लागि कास्टिङ काउचको सहारा लिनुपरेको बताएकी थिइन् । उनले यो पनि भनेकी थिइन् कि बलिउडमा कास्टिङ काउच यथार्थ हो र यो निर्माता र अभिनेत्री बिचमा हुने गोप्य सम्झौता जस्तै हो जसको बारेमा कसैले पनि बाहिर कुरा खोल्दैनन् ।

 

शेर्लिन चोपडा

 

बलिउडकी यी कामुक नायिकाले सार्वजनिक रुपमै यो स्विकार गरेकी छिन् कि उनले कैयौंपटक निमार्ताहरुसँग फिल्ममा रोल र पैसाको लागि रात बिताएकी थिइन् ।

 

सनी लियोनी

 

पुर्व पोर्नस्टार तथा अहिलेकी बलिउडकी चर्चित नायिका सनी लियोनीले पनि हाल सालैको एक अन्तवार्तामा यो कुरा खोलेकी थिइन् कि उनलाई बलिउडका एक निमार्ताले एक एडल्ट फिल्म मालिने प्रस्ताव गरेका थिए जसमा निर्माता आफैले अभिनय गर्न चाहन्थे । तर, सनीले अस्विकार गरेपछि उनको सपना साकार हुन पाएनन् ।

 

 

 


थप समाचार

अनिल अम्बानीका कारण धन्नै जेल गएका थिए मुकेश अम्बानी

  • 10 minutes ago
अनिल अम्बानीका कारण धन्नै जेल गएका थिए मुकेश अम्बानी

एजेन्सी । १० वर्ष अगाडि अनिल अम्बानीले आफ्ना दाजु मुकेश अम्बानीविरुद्ध १० करोडको मानहानी मुद्धा दर्ता गरएका थिए ।

आज सुनको भाउ तोलाको ६० हजार २ सय

  • 10 minutes ago
आज सुनको भाउ तोलाको ६० हजार २ सय

काठमाडौँ । आज सुनको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आजको मूल्य शुक्रबारको भन्दा तोलामा ५ सय रुपैयाँले बढी हो ।

जनताको जलविद्युत् कार्यक्रम सुरु, प्रधानमन्त्रीले किने त्रिशूली ‘बी’को शेयर

  • 28 minutes ago
जनताको जलविद्युत् कार्यक्रम सुरु, प्रधानमन्त्रीले किने त्रिशूली ‘बी’को शेयर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्र



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अनिल अम्बानी कसरी टाट पल्टिए ?

अनिल अम्बानी कसरी टाट पल्टिए ?

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी ।