Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकपः पहिलो जितको खोजीमा अफगानिस्तान, दिल्लीमा दमदार इंग्ल्याण्ड

एकदिवसीय विश्वकपः पहिलो जितको खोजीमा अफगानिस्तान, दिल्लीमा दमदार इंग्ल्याण्ड


एजेन्सी । एकदिवसीय विश्वकप २०२३ मा आज इङ्ल्यान्ड र अफगानिस्तानबीच खेल हुँदैछ । दुई टोलीबीचको खेल दिउँसो सवा २ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ । टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः४५ बजे हुनेछ ।

विश्वकपमा दुवै टोलीको यो तेस्रो खेल हुनेछ । साविक विजेता इंग्ल्याण्ड पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशलाई पराजित गरेको थियो । अर्कोतर्फ अफगानिस्तानले भने बंगलादेश र भारतसँगको दुवै खेलमा हार बेहोर्यो ।

हेड टु हेडः
समग्रमा हेड टु हेडको कुरा गर्ने हो भने इङ्ल्यान्ड र अफगानिस्तानबीच हालसम्म जम्मा २ ओडीआई खेलिएको छ । दुवै खेलमा इंग्ल्याण्डले जित हात पारेको थियो । दुवै खेल सन् २०१५ र २०१९ को विश्वकपमा खेलिएका थिए । यसबाहेक दुई टोलीबीच कुनै एकदिवसीय खेल भएको छैन ।

यो वर्षको विश्वकपमा इंग्ल्याण्डका लागि जो रुटले सर्वाधिक रन बनाएका छन् । उनको नाममा १५०ं रन छ । बलरहरु मध्ये रिस टोपलीले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले २ खेलमा ४ विकेट लिएका छन् ।

अफगानिस्तानका लागि राशिद खानले विश्वकपमा सर्वाधिक २ विकेट लिएका छन् । टोलीका कप्तान हशमतुल्लाह शाहिदीले सर्वाधिक ९८ रन बनाएका छन् ।

कस्तो छ पिच ?
यस मैदानमा अहिलेसम्म २८ ओडिआई खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले १३ खेल जितेको छ भने लक्ष्य पछ्याउने टोलीले १४ खेल जितेको छ । एक खेलको नतिजा भने टुंगो लाग्न सकेको छैन ।

यहाँ सर्वाधिक रन चेज गर्ने कीर्तिमान टीम इन्डियाको नाममा छ । सन् १९८२ मा भारतले श्रीलंकाविरुद्ध २७८ रन बनाएर जितेको थियो । यहाँ विकेट सुस्त छ, तर दक्षिण अफ्रिका र श्रीलंकाबीचको अन्तिम खेलमा दुवै टोलीले करिब ८०० रन बनाएका थिए । यसपटक पनि विकेटले ब्याटिङ मैत्री हुने र टस जित्ने टोलीले पहिले ब्याटिङलाई महत्व दिने विश्वास गरिएको छ ।

कस्तो छ मौसम ?
आज दिल्लीमा वर्षा हुने सम्भावना मात्र २५ प्रतिशत छ । तापमान २३ देखि ३५ डिग्री सेल्सियस सम्म हुन सक्छ ।

दुबै टोलीका सम्भावित सुरुवाती – ११
इंग्ल्याण्डः जोस बटलर (कप्तान र विकेटकीपर), जोनी बेयरस्टो, डेभिड मलान, जो रुट, ह्यारी ब्रुक, लियाम लिभिङ्स्टन, मोइन अली, साम कुरान, रीस टोपले, आदिल रशिद र मार्क वुड ।

अफगानिस्तानः हशमतुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकिपर), इब्राहिम जद्रान, रहमत शाह, मोहम्मद नाबी, नजिबुल्लाह जद्रान, अजमातुल्लाह ओमरजाई, राशिद खान, मुजीब उर रहमान, नवीन–उल(हक र फजलहक फारुकी ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

Techie IT