Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनआज बलिउड अभिनेता सन्नी देओलको जन्मदिन, गदर २ मार्फत ऐतिहासिक कमव्याक गर्न सफल

आज बलिउड अभिनेता सन्नी देओलको जन्मदिन, गदर २ मार्फत ऐतिहासिक कमव्याक गर्न सफल


एजेन्सी । बलिउड अभिनेता सनी देओलले आफ्नो ६६ औं जन्मदिन मनाइरहेका छन् । अभिनेताले भर्खरै यस्तो शानदार कमब्याक गरेका छन् जुन इतिहासको सबैभन्दा शानदार कमब्याक मानिएको छ।

अभिनेताको फिल्म गदर २ ले बक्स अफिसमा हलचल मचाएको थियो । यसले सनी देओलको करियरलाई नयाँ जीवन दियो।

अभिनेताको उमेरका कयौं स्टार पनि बलिउड उद्योगको हिस्सा छन् ।

तर, सनी देओलले ६५ वर्षको उमेरमा जुन सफलता हासिल गरे, त्यो सफलता न अनिल कपुरले पाउन सके न सञ्जय दत्तले ।

सन्नी देओल केही समयदेखि धेरै फिल्ममा काम गरिरहेका थिएनन् । र, उनीसँग फिल्म गर्नेहरूले राम्रो प्रतिक्रिया पाइरहेका थिएनन् ।

तर सन्नीले पनि बलिउडको सिक्वेल ट्रेन्डलाई पछ्याउँदै सही समयमा सही फिल्मको सिक्वेल ल्याए ।

फिल्म गदर र यसका गीतहरूप्रति मानिसहरू पहिलेदेखि नै फ्यान थिए।

गदर २ ले त्यो ह्याङ्गओभरलाई अझ बढायो। यो फिल्म स्वदेशमा मात्र नभई विदेशमा पनि रिलिज भएको थियो र फिल्मले बक्स अफिसमा ५ सय करोडभन्दा बढीको कमाई गरेको थियो ।

यस फिल्ममा सनी देओल र अमिषा पटेलको जोडीलाई फ्यानले निकै मन पराए ।

योसँगै सनी देओलले यो फिल्ममार्फत धेरै कीर्तिमान पनि बनाएका छन् ।

अभिनेता ५०० करोडको आँकडा पार गर्ने फिल्मबाट सबैभन्दा जेठो अभिनेता बने।

सनी देओलले आफ्नो करियरको सुरुवातमा धेरै सुपरहिट फिल्म दिएका थिए । तर, केही समययता उनको फिल्म लगातार फ्लप हुँदै आइरहेका थिए ।

तर, यस फिल्मले उनको करिअरलाई नयाँ उचाई प्रदान गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

फिल्म ‘ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्वजनिक

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

Techie IT