बलिउडका चर्चित पागलप्रेमीहरु, यस्तोसम्म गरेका थिए हर्कत

एजेन्सी । बलिउडमा अफयेरको कुरा चल्नु कुनै नौलो कुरा होइन । तर केही सम्बन्धहरु यस्ता छन् जसले सबै  फ्यानहरुलाई अचम्ममा पारेका छन् ।

 

बलिउड सेलिब्रिटीहरु कोही यस्ता रहेका छन् जो आफ्नो प्रेमका लागि धेरै नै पोजेसिभ हुने गरेका छन् । बलिउडमा पागलप्रेमीहरुको संख्या उत्तिकै उच्च रहेको छ ।

 

जसका कारण उनीहरु बेलाबेलमा चर्चामा आइनै रहनछन् । पागलपनकै कारण केही बलिउड सेलिब्रिटीहरुले आफ्नो प्रेम समेत गुमाएका छन् । केही यस्ता बलिउडका पागलप्रेमीहरु  रहेका छन् जसको पागलपनको चर्चा उत्तिकै हुने गरेको छ । 

 

१. सलमान खान

बलिउडका दंवग नायक सलमान खान आफ्नो पोजेसिभनेसका कारण मिडियामा निकै लोकप्रिय रहेका छन् । सलमानको पोजेसिभ नेचरका कारण उनकी गलफ्रेण्डले उनलाई छोडेर गइन् ।

 

ऐश्वर्या रायसँगको प्रेम सम्बन्धका बारेमा धेरैलाई थाहा भएकै कुरा हो । उनको पोजेसिभ नेचरका कारण उनीहरुको त्यो सम्बन्ध टिक्न सकेन । जब सलमान खानले विवेक अब्रोराय ऐश्वर्यासँग डेट गरेको कुरा थाहा पाए सलमानले विवेकलाई रातभर फोन गरेर धम्काएका थिए । 

 

२. शाहरुख खान र गौरी खान

 

शाहरुख खान र गौरी खानको लब स्टोरी कुनै परीको कथाभन्दा कम छैन । फिल्मी क्षेत्रमा आउनुभन्दा पहिलादेखिनै गौरी र शाहरुख खान एकअर्कालाई डेटिङ गरेका गर्थे । गौरीलाई लिएर शाहरुख खान एकदमै पोजेसिभ रहेका थिए ।

 

गौरीलाई कपाल खुल्ला छोडेर शाहरुखले हिड्न दिदैनथे । गौरी यति राम्राी थिइन कि जो कोही उनलाई हेरर लठ्ठ पर्थे । शाहरुखलाई एउटै डर थियो कतै गौरीले कतै छोडेर जाने त होइन ।

 

३. बिपाशा बासु

 

बिपाशा बासु  विवाह गरेर सेटल भइसकेकी छिन् । तर जोन अब्राहमसँग लब अफयेर हुदाँ उनी निकै पोजेसिभ रहेकी थिइन् । जोन अ्रबाहमसँग सम्बन्ध टुटेपछि उनी हर्मनसँग रिलेसनसिपमा रहेकी थिइन् । हर्मनले खेलेका फिल्ममा आफुलाई पनि खेलाउन उनले निर्देशकहरुसँग समेत अनुरोध गरेकी थिइन् । उनले एउटा फिल्ममा हर्मनको गरेको लव मेकिङ सिन पनि डिलेट गराउन लगाएकी थिइन् । 

 

४. सैफ अली खान र करिना कपुर 

 

सैफ अली खान र करिना कपुर हाल बलिउडका क्विउट जोडीमा गनिन्छन् । तर सेफ करिनाका लागि निकै पोजेसिभ रहेका छन् । सैफले एक अन्तर्वातामा भनेका थिए,‘करिनासँग कोही अरु एक्टर देखे भने म होस सम्हान सक्दिन, त्यो एक्टरलाई के गर्छु मलाई पनि थाहा छैन ।’

 

५. रणवीर सिंह र दिपिका पादुकोण

 

अनुष्का शर्मासँगको सम्बन्ध त्यति राम्रो नभएपछि एक्लिएका रणवीरको जीवनमा दिपिकाको आगमन भएको थियो । दिपिकालाई हरेक सफलतासँग रणबीर जोड्ने काम गर्छन् ।

 

उनी दिपिकालाई सरपराइज दिन दिपिकालाई भेट्न उनी विभिन्न ठाउँ जाने गर्छन् । क्यानडामा सुटिङमा व्यस्त रहेकी दिपिकासँग रणवीरले सरपराइज भेट गरेका थिए । 

 

६. टुइंकल खन्ना र अक्षय कुमार

 

टुइंकल खन्ना बलिउडकी कुनै जमानाकी चर्चीत नायिका थिइन् । तर अक्षयसँग विवाह गरेपछि उनले फिल्मी लाइनलाई बाइबाइ नै गरिदिइन् । अक्षय कुमार र प्रियंकाको अफयेरका बारेमा हल्ला चल्न थालेपछि उनले प्रिंयकासँग फिल्म खेलेमात्रै पनि आफुलाई छोड्न भनेकी थिइन् । त्यसपछि अक्षयले प्रियंकासँग फिल्म खेलेका छैनन् । 

 


थप समाचार

रजिष्ट्रार र अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको अाराेपमा नौजना विद्यार्थी पक्राउ

  • 44 minutes ago
रजिष्ट्रार र अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको अाराेपमा  नौजना विद्यार्थी पक्राउ

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ ।

‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

  • 1 hour ago
‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

पोखरा । मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ ।

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

  • 1 hour ago
प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

काठमाडौँ, । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को यही मङ्सिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७औँ महासभामा सहभागी हुन शुक्रबार राति त्यसतर्



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।