जब यी सेलिब्रिटीहरु डरलाग्दो घटनाको शिकार भए ...

बलिउडमा आफ्नो स्टारडम बचाइ राख्न अभिनेता तथा अभिनेत्रीहरु निकै मिहेनत गर्छन् । उनीहरुको उत्कृष्ट भुमिका, कला तथा कौशलका कारण उनीहरु फ्यानहरुको प्रिय पात्र बन्न सफल रहेका छन् । तर, उनीहरुले फिल्म सुटिङका दौरान ठुलो जोखिम समेत लिने गरेका छन् । 

 

दर्शकलाई मनोरञ्जन दिन कलाकारहरु जस्तोसुकै स्टण्ट दिन तयार रहन्छन् । यसैका कारण विभिन्न दुर्घटनामा परी केही बलिउड सेलिब्रिटीहरुलाई गम्भिर चोट पनि लागेको छ । उनीहरु मृत्युको मुखमा समेत पुगेका थिए । तर, भाग्यवस उनीहरु बाँच्न सफल रहे ।

सुटिङका दौरान गम्भिर घटनाको शिकार भएका केही बलिउड सेलिब्रिटीहरु यस्ता रहेका छन् । 

 

१. सन्नी लियोन

 

फिल्म ‘वन नाइट स्टाण्ड’ को सुटिङका दौरान सन्नी लियोन एक घटनाको शिकार भइन् । एक रोमान्टिक गीतको सुटिङका क्रममा एक्टर विरमानी तनुजसँग बीचमा सुटिङ गर्नु थियो । मौसब निकै खराब रहेको थियो । समुन्द्रका छालहरु उर्लिएर आउन थालेका थिए । यसै क्रममा सन्नी लियोन र तनुज दुवैलाई पानीको छालले बगाएर लगेको थियो । फिल्मको सुटिङ स्थलमा रहेका रेस्क्यु टोलीले उनीहरुलाई पानीबाट बाहिर निकाल्न सफल भएको थियो । यस घटना पश्चात सन्नी लियोनको स्वास्थ्य स्थिति निकै बिग्रिएको थियो । 

 

२. ऐश्वर्या राय

बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री ऐश्वर्या राय पनि यस्तै एक घटनाको शिकार भइन् । सन् २००४ मा उनले खेलेको फिल्म ‘खाकी’ मा एक अनियन्त्रित जीपले उनलाई टक्कर हानेको थियो । गाडीले टक्कर दिएपछि उनी झाडीमा पुगेकी थिइन् । उनलाई तुरुन्त हस्पिटल लगिएको थियो । 

 

३. सलमान खान

 

बलिउड अभिनेता सलमान खान आफ्नो जीवनका घटनाबारे बेलाबेलामा शेयर गर्न रुचाउँछन् । सन् २००३ मा आएको फिल्म ‘तेरे नाम’ मा रहेको एक दृश्यमा सलमान खानलाई ट्रेनको नजिकबाट हिड्नुथियो । अचानक उनको नजिक ट्रेन आएको थियो । उनको को–एक्टरले उनलाई धकेल्न पुगे जसका कारण उनको ज्यान जाेगिन पुग्यो । 

 

४. अमिताभ बच्चन

सन् १९८३ मा आएको फिल्म ‘कुली’ मा अमिताभ बच्चनको एक्शन सुटिङ चलेको थियो । उनको फाइट पुनीत इस्सरसँग रहेको थियो । तर, उक्त एक्शनमा अमिताभ गम्भिर घाइते हुन पुगे । उनी ५९ दिनसम्म हस्पिटलमा भर्ना भएका थिए । मिडियामा उनको मृत्यु भएको हल्ला समेत चलेको थियो । बिग बीको स्वास्थ्य लाभका लागि उनका फ्यानहरुल प्रार्थना समेत गरेका थिए । एक अन्तर्वार्तामा अमिताभले भनेका थिए,‘मलाई चिकित्सकहरुले मेडिकल्ली डेड घोषित गरेका थिए ।जया आइसियु रुम बाहिर बसेकी थिइन् । डाक्टरले कोशिस गर्न बन्द गरेका थिए । जया कराउने काम गरिन् । मेरो औला चलेको जयाले महसुस गरिन् । तब डाक्टरलाई उनले कराउँदै मदत गर्न आग्रह गरिन् । डाक्टरले बिस्तारै मेरो खुट्टामा मालिस गरे । नयाँ जीवन पाए ।’

 

५. ऋतिक रोशन

 

बलिउड स्टार ऋतिक रोशन सन् २००६ मा आएको फिल्म ‘क्रिस’ को सुटिङको दौरान उनी गम्भिर घाइते भएका थिए । एक बिल्डिङ चढ्ने क्रममा उनी अचानक खसेका थिए । उनी ५० फिट माथिबाट खसेका थिए । यस्तै घटना फिल्म ‘व्याङ व्याङ’ मा पनि भएको थियो । यस क्रममा उनको ब्लड क्लट भएको थियो । जसका कारण उनलाई ब्रेन इन्जुरी समेत भएको थियो । 

 

६. सैफ अली खान

 

सन् २००० मा आएको फिल्म ‘क्या कहना है’ को सुटिङको क्रममा उनको बाइक दुर्घटना भएको थियो । यस घटनामा सैफको शरिरमा १०० वटा टाका लगाइएको थियो । 

 

७. जोन अब्राहम

 

सन् २०१६ मा आएको फिल्म ‘फोर्स–२’ का क्रममा जोन नराम्रोसँग घाइते भएका थिए । उनले घुडाँमा नराम्रोसँग चोट लागेको थियो । घुडाँको चोट लागेपछि उनको अप्रेशन गरिएको थियो । 

 


थप समाचार

ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

  • 5 hours ago
ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

यो हप्ता दुई पक्षबीच भएका गहन छलफलहरुको श्रृंखलापछि दुवै तर्फका अधिकारीहरुको प्राविधिक तहमा सम्झौताको ड्राफ्टमा सहमति जुटेको छ ।

तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

  • 8 hours ago
तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खान

'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

  • 9 hours ago
'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

ब्रेक्जिट डिलको विषयमा बेलायतभित्रै तथा प्रधानमन्त्री टेरेसा मेको आफ्नै दल र क्याबिनेटमा समेत एकमत बन्न नसकिरहेको अवस्थामा दबाब बढिरहेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

जाडो होस या गर्मी बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरैलाई फाईदा हुन्छ। अनुहारको छाला राम्रो बनाउन, शरीरको तौल घटाउने भनेर कागती पानी पिउने गरिन्छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।