बलिउड सेलिब्रिटीहरु जसले डिभोर्स गरेर बसेका अभिनेत्रीहरुसँग लगनगाँठो कसे

बलिउडमा केही यस्ता घटनाहरु भए जसले गर्दा एउटा ट्रेड बस्न गयो । केही सेलिब्रिटीहरुले डिभोर्स गरेर बसेका अभिनेत्रीहरुसँग लगनगाँठो कसे ।

 

उनीहरुले अरुको कुराहरुलाई प्रवाह नगरी उक्त निर्णय लिएका थिए । धेरैलाई यसबारे कमै थाहा छ । जब कुनै अभिनेताले डिभोर्स गरेकी अभिनेत्रीसँग विवाह गर्न तब विभिन्न कुराहरु उठ्ने गर्छन् ।

 

तर, उनीहरुले गरेको यस उदाहरणिय कामले समाजमा केही परिवर्तन ल्याउने प्रयास गर्यो । 

 

१. संजय दत्त

संजय दत्तकी श्रीमती मान्यताका पहिलो श्रीमान मिराज–उर–रेहमान शेख हुन् । संजय दत्त र मान्यताको विवाह भएपछि उनले दुवैजनालाई अदालतमा तानेका थिए । उनीहरुको विवाह गैरकानुनी भन्दै मिराजले अरोप लगाएका थिए । तर, संजय दत्तले मिराजसँग डिभोर्स भएपछि आफु विवाह गर्न पुन तयार रहेको बताएका थिए । अदालतले मिराजको अपिल खारेज गर्दै संजय र मान्यताको विवाहलाई मान्यता दिएको थियो । 

 

२. मिथुन चक्रवर्ती

बलिउडका डिस्को डान्सर मिथुन चक्रवर्तीले योगिता बालीसँग विवाह गरेका थिए । योगिता किशोर कुमारीकी तेस्री पत्नी रहेकी थिइन् । योगिता र किशोरको विवाह सन् १९७६ मा भएको थियो । तर उनीहरुको सम्बन्ध १९७८ मा टुटेको थियो । सन् १९७९ मा मिथुनले योगितासँग विवाह गरेका थिए । उनीहरुको चार बच्चाहरु रहेका छन् । 

 

३. अनुपम खेर

अनुपम खेर र किरन खेरको पनि उस्तै कथा रहेको छ । मुम्बइको व्यापारी गौतम बेरीसँग किरनको विवाह भएको थियो । तर, सन् १९८५ मा उनीहरुको वैवाहिक सम्बन्ध टुट्यो । त्यस घटनाको एक वर्षपछि अनुपमसँग किरनको विवाह भयो । पहिलो विवाहबाट किरनको एउटा बच्चा भएको थियो । किरनको छोरा शिंकन्दरलाई पनि अनुपमले अपनाएका थिए । 

 

४.गुल्जार

गुल्जारले अभिनेत्री राखीसँग विवाह गरेका थिए । राखीले सानै उमेरमा बेगोली निर्देशक अजय विश्वाससँग विवाह गरेकी थिइन् । तर, विवाह भएको एक वर्ष नबित्दै राखी र गुल्जारको सम्बन्ध पनि टिकेन । तर, उनीहरुले डिभोर्स भने गरेनन् । राखी फिल्लमा फर्किन चाहान्थिइन् । तर, गुल्जारले असहमति भएपछि उनीहरु छुट्टिने निर्णय गरेका थिए । 

 

५. समिर सोनी

समिर सोनीले भारतीय मोडल राजलक्ष्मी खानभिल्कारसँग गरेका थिए । तर, उनीहरुको सम्बन्ध ६ महिनामा नै टुटेको थियो । त्यसपछि समिरले निलम कोथरीसँग विवाह गरेका थिए । निलम ऋषि सेथाइकी पुर्व पत्नी हुन् । विवाह गरेको दुई वर्षपछि उनीहरुले एउटा छोरीलाई एडोप्ट गरेका थिए । 

 

६. राहुल रोय

समिर सोनीसँग सम्बन्ध तोडेपछि राज्यलक्ष्मी खानभिल्करले आशिकी बोइ राहुल रोएलाई डेट गरिन् । सन् २००० मा उनीहरुले विवाह गरे । तर, २०१४ मा उनीहरुले डिभोर्स गरे । 

 

७. लिण्डर पाइस

संजय दत्तकी पुर्व पत्नी रिया पिल्लाईसँग टेनिस प्लेयर लिण्डरले विवाह गरेका थिए । तर, यिनीहरुको सम्बन्ध पनि धेरै टिकेन । उनीहरुको एक छोरी अजन्या रहेकी छिन् ।    

 


थप समाचार

सुन र चाँदीको मूल्य स्थिर

  • 32 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

  • 40 minutes ago
चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

दमौली । चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।

राेजगारीकाे लागि मलेसिया पुगेका धामी मृतअवस्थामा भेटिए

  • 44 minutes ago
राेजगारीकाे लागि मलेसिया पुगेका धामी मृतअवस्थामा भेटिए

दार्चुला । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।