क्यानडास्थित भारतीय रेष्टुरेण्टमा विष्पोट हुँदा १५ जना घाइते

अमेरिका । क्यानडाको टोरन्टो नजिकै रहेको एउटा भारतीय रेष्टुरेण्टमा बिहीबार राति गराइएको विष्पोटका कारण कम्तीमा १५ जना घाइते भएका क्यानाडाको प्रहरीले जनाएको छ ।

 

 

टोरन्टोदेखि पश्चिममा रहेको मिसिसाउगा शहरी क्षेत्रमा रहेको रेष्टुरेण्टमा भएको विष्फोटमा परी घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको क्यानडाली अधिकारीले बताएका छन् । 

 

 

“दुईजना नकावधारी पुरुष बम्बई भेल रेष्टुरेण्टमा प्रबेश गरी विष्फोटक पदार्थ राखेर भागेका प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ,” पिल क्षेत्रका सर्जेन्ट माट बेट्रामले बताए । विष्फोटक पदार्थ राखिएको केही समयमै विष्फोट भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उहाँले सञ्चारकर्मीलाई बताए । 

 

 

“हामीसँग घटना आतङ्कवादी आक्रमण वा वदलाको भावले गरिएको आपराधिक आक्रमण हो भन्ने जानकारी भैसकेको छैन,”बेट्रामलाई उद्धृत गर्दै क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसनले जनाएको छ । 

 

घटनाबारे छानविन भइरहेकोले यस विषयमा तत्काल अरू जानकारी दिन नसकिने उनले बताए । 

 

 

आक्रमणकारीले विष्फोटक पदार्थ छोडेर भाग्दा केही नभनेका पाइएकोे बेट्रामले बताए । “उनीहरू एकाएक ग्राहकको रूपमा रेष्टुरेण्ट प्रवेश गरी विष्फोटक पदार्थलाई भुँईमा राखी भागेका बताइएको छ,” उनले थपे । 

 


थप समाचार

बलिउड कलाकारका बाल्यकालका तस्बिर, चिन्नै मुश्किल !

  • 20 minutes ago
बलिउड कलाकारका बाल्यकालका तस्बिर, चिन्नै मुश्किल !

एजेन्सी । बलिउड स्टार सधै आफ्ना विलासी जीवनशैली र आफ्ना सुन्दर लुक्सका कारण चिनिएका छन् । जसको बारेमा धेरै कुरा जान्न फ्यानहरु सधै उत्सुक रहने गर्छन् ।

Natural disasters kill 454, damaging property worth Rs 4.5 billion in a year

  • 32 minutes ago
Natural disasters kill 454, damaging property worth Rs 4.5 billion in a year

Kathmandu: A total of 454 people lost their lives to several incidents of natural disasters last year in the country, the official data shows.

Unidentified gunmen kill 13 at Mexican party

  • 39 minutes ago
Unidentified gunmen kill 13 at Mexican party

MINATITLÁN, Mexico: Thirteen people, including a child, were killed Friday when a group of unidentified gunmen opened fire on a party in the violence-wracked eastern Mexican state of Veracruz, officia



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ ।

विचित्र विश्व

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

एजेन्सी । हिन्दु धर्ममा आफ्नो महत्वपूर्ण स्थान राख्ने स्थान कैलाश मानसरोवरमा कैयौँ रोचक तथ्यहरु छन् । जसमध्येको एक हो सुर्योदयका समयमा त्यहाँको अचम्म लाग्दो दृष्य । जसलाई शव्दमा वयान गर्न कठीन छ ।