अमेरिकी दूतावास अगाडि बिस्फोट

बेइजिङ । बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनीया नागरिकले आज अपराह्न बिस्फोटक पदार्थ पड्काएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ गरिएको छ । 

 

चिनीया प्रहरीका अनुसार, सामान्य क्षमताको उक्त बिस्फोटबाट अरु कसैलाई पनि क्षति पुगेको छैन । अमेरिकी भिसाका लागि आवेदन दिने व्यक्तिहरु अन्तर्वार्ताका लागि लाम लाग्ने स्थानमा यो बिस्फोट गराइएको छ । 

 

बिस्फोटमा संलग्न व्यक्ति चीनको मंगोलिया क्षेत्रका निवासी हुन् । प्रहरीका अनुसार जियाङ नामका ती व्यक्तिलाई लागेको चोट त्यति गम्भीर किसिमको भने छैन । 

 

बिस्फोट लगत्तै सामाजिक सञ्जालमा राखिएको भिडियोमा राजदूतावासको पर्खाल बाहिर धुँवा देखिएको छ, र त्यहाँ चिनीया सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । 

 

बेइजिङ नजिकैको बाहिरी इलाकामा यो घटना भएको छ, र यस क्षेत्रमा संयुक्तराज्य अमेरिका, भारत र इजरायल समेत धेरै मुलुकका दूतावासहरु रहेका छन् । 


थप समाचार

दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

  • 5 minutes ago
दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

काठमाडौँ । अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह केही समयअघि मात्र विवाह बन्धनमा बाँधिएका छन् । धूमधामका साथ विवाह गरेको यो जोडीलाई बलिउडको हट जोडी पनि मानिन्छ ।

यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

  • 19 minutes ago
यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

रोल्पा । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन् । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्

निराश आर्यनको कमेडी चाल

  • 32 minutes ago
निराश आर्यनको कमेडी चाल

काठमाडौँ । कुनै समय थियो, नायक आर्यन सिग्देलले खोके मात्रै पनि फिल्म हिट हुन्थ्यो । फिल्म निर्माताहरु उनलाई लिन तँछाडमछाड गर्ने तर अहिले समय उनको साथमा छैन । न निर्माण गरेको फिल्म चल्यो न पछ्याउने नि



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।