पाठककाे पहिलाे राेजाइमा 'नेपाली बृहत् शब्दकाेष'

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा ‘नेपाली बृहत् शब्दकोष’ पाठकको मुख्य रोजाइमा परेको छ ।

 

यही पुस १५ गतेदेखि शुरु भएको प्रदर्शनीमा ३५० लेखकका ५०० पुस्तक राखिएको भए पनि पाठकले बढी मन पराएका र बढी बिक्री भएको पुस्तक नेपाली शब्दकोष हो । 

 

प्रदर्शनीमा रु. दुईदेखि एक हजार ४०० सम्म मूल्य पर्ने पुस्तक प्रदर्शनीमा राखे पनि रु. एक हजार ३५० को उक्त पुस्तक रोजाइमा परेको हो । 

 

उक्त पुस्तक गत साउनमा दशौँ संस्करण निकालिएको थियो । अहिलेसम्ममा सो पुस्तक दुई हजार प्रति बिक्री भएको मेलाका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए । 

 

त्यसैगरी ‘विश्वका प्रमुख धर्म’ नामक पुस्तक पनि पाठकको रोजाइमा परेको छ । उक्त पुस्तक पनि ६०० प्रति बिक्री भएको छ । यस पुस्तकमा विश्वमा मानिँदै आएको मुख्य धर्म र त्यसको उत्पत्तिका बारेमा प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । 

 

प्रतिष्ठानको कार्यालय परिसरमा जारी प्रदर्शनी यही पुस २९ गतेसम्म चल्ने छ । मेलामा भाषा, साहित्य, दर्शन, समाजशास्त्रबारे लेखिएको पुस्तक राखिएको छ । मैथिली, भोजपुरी, गुरुङ र लिम्बू जातिका भाषाको शब्दकोषसँगै मानिसको जन्मदेखि मृत्युसम्मको जातीय संस्कारबारे जानकारी दिने पुस्तक पनि बिक्रीका लागि राखिएका छन् । 

 

वि.सं. २०६८ देखि ०७५ सम्ममा प्रकाशित पुस्तकमा १५ र त्यसअघिका पुस्तकमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

 

प्रदर्शनीमा पुराना लेखकहरु सिद्धिचरण श्रेष्ठ, बिपी कोइराला, लीलबहादुर क्षेत्रीलगायत र पछिल्ला समयका जीवेन्द्रदेव गिरी, वीणा पौडेल, हरिप्रसाद पौडेल, गोविन्दराज भट्टराईले लेख्नुभएको पुस्तक रहेको छ । दैनिक सय पाठक प्रदर्शनीमा आउने गरेको बताइएको छ । 


थप समाचार

'लोभी र स्वार्थी सलाह'

  • 6 minutes ago
'लोभी र स्वार्थी सलाह'

एजेन्सी । लिभरपुलका स्टार खेलाडी मोहमम्द सलाहलाई पुर्व लिभरपुल खेलाडी जेम्मी कारागारले लोभी र स्वार्थी खेलाडी भएको बताएका छन् ।

मड्रिडमा अर्जेन्टिनाको प्रशिक्षण, मेसी पनि सहभागी

  • 10 minutes ago
मड्रिडमा अर्जेन्टिनाको प्रशिक्षण, मेसी पनि सहभागी

एजेन्सी । मैत्रिपूर्ण खेलको तयारीमा रहेको अर्जेन्टिनाको राष्ट्रिय टिमले स्पेनको राजधानी मड्रिडमा अभ्यास गरेको छ । यसै हप्ता हुने भेनेजुयलासँगको मैत्रिपूर्ण खेलको लागि अर्जेन्टिनाले तयारी गरेको हो ।

मोजाम्बिकमा डरलाग्दो सामुद्रीक आँधी, एक हजारभन्दा बढीको मृत्यु भएको आङ्शका

  • 25 minutes ago
मोजाम्बिकमा डरलाग्दो सामुद्रीक आँधी, एक हजारभन्दा बढीको मृत्यु भएको आङ्शका

बेयरा, मोजाम्बिक । मोजाम्बिकमा यसै हप्ता आएका ‘इडाई’ नामक सामूद्रिक आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

के तपाईलाई खतरनाक रोग ‘ब्लड क्यान्सर’बारे यी कुरा थाहा छ ?

के तपाईलाई खतरनाक रोग ‘ब्लड क्यान्सर’बारे यी कुरा थाहा छ ?

खतरनाक रोग क्यान्सरका विभिन्न रूप हुन्छन् । जस्तै, ब्रेस्ट क्यान्सर, ब्रेन ट्युमर, ब्लड क्यान्सर, लंग क्यान्सर या शरीरका विभिन्न अंगको क्यान्सर । विज्ञानले क्यान्सरको पूर्ण निराकरण सम्भव भएको बताए पनि यसको कुनै ग्यारेन्टी भने हुँदैन ।

विचित्र विश्व

धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

एजेन्सी । मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीले इरिक्सनलाई तय गरिएको समय सिमाभित्र ७.७ करोड डलर भुक्तानी गर्नुपर्ने थियो । नत्र उनी जेल जाने निश्चित थियो ।