शिव वस्यालको उपन्यास बिस्मिता पढ्दा

 

पाल्पा  जिल्लाको तानसेन नगरपालिका ,१३ केरवादीमा जन्मिनुभएका उपन्यासकार शिव बस्यालको विस्मिता पढ्ने सौभाग्य प्राप्‍त भयो। माता स्व। ईश्‍वरी बस्याल र पिता यम प्रसाद बस्यालको जेठो सुपुत्रका रुपमा मिति २०३८ साल जेठ २८ गते साविकको बौधागुम्बा गा.वि.स। मा जन्मिनुभएका बस्यालले वि।स।

२०५५ सालमा सर्वोदय मा।वि। बाट एस.एल.सी उतीर्ण गरी वैदेशिक रोजगारीको सिलसिलामा भारत वस्नुभएको थियो। पारिवारिक समस्या र जिम्मेवारीले उहाँलाई भारत पुर्‍याए पनि भारतकै विभिन्‍न संघ(संस्थामा आबद्ध भएर सामाजिक क्रियाकलापमा आफूलाई सक्रिय गराइराख्‍नु भयो।वि.स.२०७० सालमा जन्मदिने आमाको देहान्त भएपछि यस दुखान्त परिवशलाई समेट्दै उहाँ लेखन कार्यमा अगाडि बढ्नुभयो। वि।स। २०६२ सालमा चम्पा बस्यालसँग विवाह बन्धनमा बाँधिन पुग्नुभएका बस्यालका एक छोरा र एक छोरी छन् ।

 

प्रवासमा रहेर सूचना र सञ्‍चारसँग नजिकिदै साहित्यका क्षेत्रमा क्रियाशिल रहनुभएका बस्यालको प्रस्तुत विस्मिता उपन्यास पहिलो उपन्यास हो।साइवर प्रेमको प्रयोग गरिएको यस उपन्यासको प्रेमकथा अहिलेको नयाँ पुस्ताका युवायुवतीलाई मिल्दोजुल्दो देखिन्छ।पात्रहरुका रुपमा शुभम्,युटेन र विस्मितालाई उभ्याइएको छ ।

शुभम् पात्र शुरुदेखि अन्त्यसम्म क्रियाशिल अवस्थामा छ भने युटेन बीचमै शुरु भएर बीचमै अन्त्य भएकी छे । त्यसैगरी विस्मिता पछिल्लो चरणमा देखापरेर अन्त्यसम्म रहिरहेकी छे ।सुरुमा उपन्यास पढ्दै जादा यात्रा संस्मरण जस्तो लाग्छ। त्रिभुवन अन्तराष्ट्रिय   विमानस्थलको गेटबाट सुरु भएको यात्रामा शिशिर निरौंलाको सहयात्री शुभम् शर्माले बताएको प्रेमकले उपन्यासको सिर्जना भएको छ।

 

आफूबाट टाढा भएकी प्रेमिका विस्मिताको तस्विर बोकेर उसलाई भेट्ने चाहनाले भौतारिइरहेको शुभम् शर्माले अन्त्यसम्म आफनो प्रेमकथा बताइरहेको छ। म पात्रले शुभम् शर्मा  बम्बैमा चलाएको फेसबुक लाइभ कार्यक्रमबाट प्रभावित बनेकी युटेनसँगको मात्र २८ दिनको अदृश्य प्रेम छ।अनलाइनबाट सुरु भएको यो प्रेम म्यासेन्जर अनि फोनमा मात्र सिमित छ।युटेनसँगको प्रेमप्रसङ्ग छुटेपछि पूनस् केहि समयपछि शुभम् शर्माको यही म्यासेन्जर अनि फेसबुक मार्फत विस्मिता सँगको प्रेमलाप सुरु हुन्छ र अन्त्यमा म पात्र मन्दिर गएको मौकामा एकाएक विना सूचना रात बसेको होटलबाट विस्मिता हराएपछि उपन्यासको अन्त्य भएको छ।

 

 यसरी हेर्दा यस उपन्यासमा हराएकी विस्मिताको खोजी गर्दै हिडेको म पात्रले शिशिर निरौलालाई बताएको आफनो प्रेम कथा नै यस उपन्यासको कथावस्तु हो। प्रेम हुनका लागि प्रत्यक्ष रुपमा भेटघाट नै हुनुपर्छ भन्‍ने छैन संचार माध्यमबाट विचार आदान प्रदान भएर मन मिलेपछि दूरीले टाढा बनाउदैन ,प्रेम आफै हुन्छ भन्‍नेकुरा पनि  यस उपन्यासमा देखाइएको छ।

कतै हिन्दि र कतै अंग्रेजी शब्दशरुको संयोजन गरिएको पाइन्छ भने कतै ठेट नेपाली शब्दहरुको  कोदाको भूस भरेर मजेत्रोले बेरेको भकुन्डो े प्रयोग गरिएको पाइन्छ। कठिन बम्बै रेल यात्राका प्रसङ्गलाई यहाँ जोडिएको छ भने हवाइजहाज र ट्रेनका पहिलो यात्राका अनुभवलाई पनि यहाँ सशक्त ढंगले प्रस्तुत गरिएको पाइन्छ। खासगरी हिजो आजका फेसबुके प्रेम प्रसङ्ग,बीचमै सुरु हुने र हराउने प्रसङ्गलाई पनि यहाँ देखाइएको पाइन्छ। वास्तवमा प्रेम विना मान्छे बाँच्नै सक्दैन।

कसैको माया र साथ बिना आफूलाई एक्लो असक्त र अपाङ्गजस्तो महसुस गर्छ अनि प्रेमको अभाममा मान्छेले आत्महत्या समेत गर्नसक्छ भन्‍ने जस्ता प्रसङ्गलाई युटेनको क्रियाकलाप र मनोदशा मार्फत प्रस्तुत गरिएको छ।भने अदृश्य रुपमै फेसबुकबाटै गरिएको प्रेम पनि सच्चा र पवित्र हुन्छ भन्‍नेकुरा विस्मिता मार्फत देखाइएको छ।

मुहार पुस्तिका बाटै सुरु र मुहारपुस्तिकाबाटै अन्त्य हुने आजकलका युवा युवतीको प्रेम प्रसङ्गलाई उपन्यासले छर्लङ्ग पारेको छ। अन्त्यमा यस उपन्यासकी प्रेमिका विस्मिता एकाएक हराउनुले पाठकका मनमा अनेकौ शंका उपशंकाहरु सिर्जना गरेको छ। कतै यही हराएकी विस्मिताको खोजीमा लेखकले अर्को उपन्यासको सिर्जना गर्न खोजेको त हैन रु भन्‍ने अनुमान पनि लगाउन सकिन्छ।जेहोस प्रेमकथामा आधारित यस उपन्यास हिजोआजका युवायुवतीका माझमा रोचक र चाखलाग्दो हुने देखिन्छ।

 

भावना खनाल

पाल्पा


थप समाचार

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 1 hour ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।

विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

  • 1 hour ago
विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

विराटनगर । ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा आजदेखि अन्त्य भएको छ ।

माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

  • 1 hour ago
माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइल सहित पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।