राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना

  • शुक्रबार, २८ चैत, २०७६
  • 1 month ago
  • युके
file photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसन शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । उक्त सन्देशमा बेलायतमा रहने समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गरेकी छन् । 

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बेग्लै सन्देश पठाई प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी कोरोनाविरुद्धको लडाइँमा बेलायतको नेतृत्व गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन् । 

गत बिहीबार बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन संवाद गरी नेपालमा रहेका बेलायती नागरिकको सुरक्षा तथा फिर्तीसम्बन्धी विषयमा कुरा गरेका थिए । उक्त अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले बेलायतमा रहेका नेपालीको सुरक्षा तथा विद्यार्थीको समस्याबारेमा अवगत गराएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा बिदामा रहेका भूतपूर्व गोर्खा र तिनका परिवारका विषयमा समेत कुरा उठाएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । 

यसैबीच, पर्वतको महाशिला गाउँपालिकास्थित भोक्सिङ देउराली घर भई हाल बेलायतको नटिटन शहरमा रहेका ५६ वर्षीय मेखबहादुर गुरुङको कोरोना भाइरसका बुधबार कारण मृत्यु भएको छ । उनी भूपु गोर्खा सैनिक थिए ।

थप समाचार

रसियामा कति पुगे कोरोना संक्रमित ?

  • 7 minutes ago
रसियामा कति पुगे कोरोना संक्रमित ?

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

युकेमा कोरोना भाइरसको पछिल्लो अपडेट यस्तो

  • 13 minutes ago

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो

  • 20 minutes ago

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।