विवाहको २५ वर्ष पछि सम्बन्धबिच्छेद गर्दै बोरिस जोनसोन दम्पति

  • शुक्रबार, २२ भदौ, २०७५
  • 2 months ago
  • युके
सन् १९९३ मा वैवाहिक बन्धनमा बाधिएका बोरिस र मारिनाका ४ सन्तान छन्

 

लण्डन । लण्डनका पूर्व मेयर तथा बेलायतका निवर्तमान परराष्ट्रमन्त्री बोरिस जोनसोनले पत्नी मरिना विलरसंग सम्बन्धविच्छेद गर्ने भएका छन् । वैवाहिक सम्बन्ध गांसिएको २५ वर्षपछि उनीहरु अलग हुन लागेका हुन् । 

 

बोरिस र पत्नी मरिनाले एक संयुक्त वक्तव्यमार्फत आफुहरुले अलग हुने निर्णय गरेको सार्वजनिक गरेका छन् । औपचारिक रुपमा सम्बन्धविच्छेदको प्रक्रिया समेत अघि बढाइएको उनीहरुले जनाएका छन् । 

 

विवाहपछिका २५ वर्ष साथमै बिताएको यो जोडीले केहि महिना अघि नै सम्बन्धबिच्छेदको निर्णय लिएको थियो । बोरिस र ब्यारिस्टर मरिनाको विवाह सन् १९९ ३ मा भएको थियो । उनीहरुका ४ सन्तान छन् । 

 

संयुक्त वक्तव्यमा उनीहरुले भनेका छन्, 'केहि महिना पहिला हामी यो निर्णयमा पुग्यौं कि हामीहरु दुवैको लागि अब अलग हुनु नै उत्तम छ ।'  'साथीका रुपमा हामी दुवैले हाम्रा ४ सन्तानलाई रेखदेख गर्न निरन्तरता दिनेछौं', वक्तव्यमा भनिएको छ । 

 

बोरिसको यो दोस्रो विवाह थियो । मरिनाभन्दा पहिला उनले अक्सफोर्डमा सहपाठी युवतिसंग विवाह गरेका थिए । 

 

मरिनासंग हुन लागेको सम्बन्धबिच्छेदको निश्चित कारण नखुलाइएको भएपनि केहि बेलायती मिडियाहरुले बोरिसको अन्य स्त्रीसंगको सम्बन्धका कारण वैवाहिक सम्बन्ध टुंिगएको उल्लेख गरेका छन् । 

 

बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टीको भावी नेतृत्वकर्ताको रुपमा बोरिसको चर्चा लामो समयदेखि हुंदै आएको छ । ब्रेक्जिटसम्बन्धी विषयमा प्रधानमन्त्री टेरेसा मेसंग कुरा नमिलेपछि उनले केहि साता पहिले मात्रै बेलायतको परराष्ट्र मन्त्रीको जिममेवारीबाट राजिनामा गरेका थिए ।

 

लण्डनको मेयरका रुपमा ८ वर्ष जिम्मेवारी सम्हालेका बोरिसले सांसदका रुपमा कुल १० वर्षभन्दा बढि काम गरिसकेका छन् । 

 


थप समाचार

बेल्जियम जाने भएपछि विमल घर्तीमगरले 'ए' डिभिजन लिगका बाँकी खेल नखेल्ने

  • 3 minutes ago
बेल्जियम जाने भएपछि विमल घर्तीमगरले 'ए' डिभिजन लिगका बाँकी खेल नखेल्ने

काठमाडौँ । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् ।

फलफुल बाेकेकाे मिनिट्रक दुर्घटना, चालक गम्भीर घाइते

  • 23 minutes ago
फलफुल बाेकेकाे मिनिट्रक दुर्घटना, चालक गम्भीर घाइते

प्यूठान । बडडाँडा–दर्भान सडकखण्ड अन्तर्गत पाकुरी खोलामा फलफुल बोकेको मिनिट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

अन्ततः प्रहरीको फन्दामा परे साइको किलर सुनिल

  • 35 minutes ago
अन्ततः प्रहरीको फन्दामा परे साइको किलर सुनिल

एजेन्सी । हाम्रो छिमेकी राष्ट्र भारतमा पनि बलात्कार र हत्या लगाएतका जघन्य अपराधहरुले सीमा नाघिसकेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।