Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलदोलखाका खेलाडीहरुका लागि नेतृ संगीता पाख्रिनले स्थापना गरिन अक्षय कोष

दोलखाका खेलाडीहरुका लागि नेतृ संगीता पाख्रिनले स्थापना गरिन अक्षय कोष


दोलखा। नेकपा एकीकृत समाजवादीकी नेतृ संगीता पाख्रिनले दोलखाको खेलाडीहरुका लागि अक्षय कोष स्थापना गरेकी छन्। भीमेश्वर नगरपालिका ९ ले आयोजना गरिएको अध्यक्ष कप उद्घाटन समारोहमा सम्बोधन गर्दै पाख्रिनले अक्षय कोष स्थापनाको घोषणा गरेकी हुन्।

अक्षय कोष घोषणा गरेकी पाख्रिनले औपचारिक समारोहमा १० हजार घोषणा गरिन। १० वर्षसम्म दोलखाको खेलाडीको लागि अक्षय कोषमा सहयोग गर्ने प्रतिबद्धता समेत गरेकी थिइन्। उनले अक्षय कोषमा जम्मा भएको रकमले खेलाडीहरु दुर्घटनामा पर्दा आर्थिक अभावका कारण छटपटिनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरिन्।

‘म कुनै समय भलिबल खेलाडी थिए। यसकारण खेल क्षेत्र मेरो अभिरुचिको विषय हो। खेल र खेलाडीको आत्माविश्वास जगाउनुपर्छ,’ नेकपा एस दोलखाको उप सचिव समेत रहेकी पाख्रिनले भनिन्,‘दोलखा जिल्लाको खेलाडीको लागि अक्षय कोष स्थापना गर्छु।’

अन्तराष्ट्रिय जगतमा कुटनीतिक सम्बन्ध नभएको अवस्थामा समेत खेल क्षेत्रले नेपाल चिनाउने भएकाले खेलाडीको सम्मानका लागि अक्षय कोष स्थापना गरिएको बताइन्। ०७९ को स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरपालिकाको उप मेयरको उम्मेदवार रहेकी पाख्रिनले भीमेश्वरको खेलाडी सदैब सक्षम र अब्बल हुनुपर्नेमा जोड दिइन्। यसका लागि आफुले सक्ने सहयोग गर्ने धारणा राखिन्। पाचौं र छैटौंको छेत्रीय भलिबल खेलाडी रहेकी पाख्रिन दोलखामा सक्रिय राजनीति गर्छिन्।

भीमेश्वर नगरको वडा–९ को वडा अध्यक्ष हिमाल श्रेष्ठको सभाध्यक्षतमा कार्यक्रम भएको थियो। करिब ३५ सय मिटर उचाइमा भएका अध्यक्ष कप कार्तिक १९ गतेसम्म हुने छ। उद्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद भरत बहादुर केसी, यस्तै, एनफाका उपाध्य दावा लामा, नेकपा एमालेका उपाध्यक्ष राजेन्द्र मानन्धर लगाएको सहभागीता रहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

Techie IT