IIMS College

ISMT

HUB Education

बिपीवाद खोज्दै सुन्दरीजलदेखि काेइराला निवाससम्म यात्रा हुने

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । बिपी सङ्ग्रहालय समितिले बिपीवादको खोजी गर्दै जेठ ३० देखि ३२ सम्म सुन्दरीजलबाट विराटनगरस्थित कोइराला निवाससम्म यात्रा गर्ने भएको छ ।

 

लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउन बिपीवादको खोजी गर्न दोस्रो चरणको यात्रा गर्न लागिएको समितिका संस्थापक अध्यक्ष परशुराम पोखरेलले जानकारी दिए । यात्राका क्रममा सङ्ग्रहालयको माटो चाँदीको कचौरा एवं सिसाको फ्रेममा राखी लगिनेछ ।

 

यसैगरी सङ्ग्रहालयका तस्वीर पनि साथै लैजाने कार्यक्रम छ । यसअघि पहिलो चरणमा फागुन ११ गते कोइरालाहरुको उद्गमस्थल दुम्जाबाट यात्रा प्रारम्भ भएको थियो । दुई वर्षससम्म देशका ७७ वटै जिल्लामा बिपीवादको खोजी गरी यात्रा गरिनेछ । 

 

तेस्रो चरणमा काङ्ग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गृहनगर नेपालगञ्जबाट पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लासम्म यात्रा गरिने सङ्ग्रहालय समितिले जनाएको छ । 

 

चौंथो चरणमा शहीदहरु दुर्गानन्द झा, सरोज कोइराला, रामनारायण मिश्र, काङ्ग्रेस नेता महेन्द्रनारायण निधि, आजीवन कारावासको सजाय भोग्नुभएका अरविन्द ठाकुर, नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवको जन्मभूमि सांस्कृतिक शहर जनकपुरमा बिपीवादको खोजी गरिने कार्यक्रम रहेको छ । 

 

यात्राका क्रममा बिपी विचारलाई जनताको तहसम्म लैजाने कार्यक्रम रहेको छ । पाँचौँ चरणमा प्रजातन्त्र पुनःस्थापनाका लागि प्राण आहूति दिनुहुने शहीद राम, लक्ष्मण, लीला, ठगी आदिको भूमि ओखलढुङ्गा, भीमनारायण श्रेष्ठको भूमि धनकुटालगायत स्थानमा यात्रा गरिनेछ । 

 

देशभरको यात्रा सकेपछि समापन कार्यक्रम सर्वोच्च नेता गणेशमान सिंहको निवास चाक्सीबारीमा गरिने अध्यक्ष पोखरेलले बताए । वि.सं. २०१७ पुस १ गतेको घटनापछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो । (रासस)


थप समाचार

पिरुङ्ग स्पोर्टस् क्लबलाई चौँथो भोरकोट भलिबल कपको उपाधि

  • 8 hours ago
पिरुङ्ग स्पोर्टस् क्लबलाई चौँथो भोरकोट भलिबल कपको उपाधि

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका स्थित भोरकोटमा आयोजना भएको चौँथो भोरकोट भलिबल कपको उपाधि पिरुङ्ग स्पोर्टस् क्लबले हात पारेको छ ।

सुन्दर यातायातकाे विद्युतीय बस नाफामा, पच्चीस वटा नयाँ बस थपिने

  • 9 hours ago
सुन्दर यातायातकाे विद्युतीय बस नाफामा, पच्चीस वटा नयाँ बस थपिने

काठमाडौँ । चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभित्रै थप २५ बस थप गर्ने भएको छ । गत महिना सुरु भएको बस नाफामा गएकाले बस थप्ने योजना बनाइएको हो ।

किसमिस सेवन गर्नुकाे अतुलनीय फाइदा, चिकित्सकहरू दिन्छन् यस्ताे सुझाव

  • 9 hours ago
किसमिस सेवन गर्नुकाे अतुलनीय फाइदा, चिकित्सकहरू दिन्छन् यस्ताे सुझाव

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एजेन्सी । निता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । निता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । निता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् ।